काठमाडौं । सरकारले मुलुकमा जारी रहेको लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकमा लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरिएको हो ।
यसअघि जारी गरेको लकडाउन बैशाख २५ गते (भोलि) राति १२ बजेसम्म कायम रहनेछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।









