उदयपुरमा दुई पालिका प्रमुख सहित १७ जना जनप्रतिनिधिले छोडे एमाले
उदयपुर । उदयपुरमा दुई पालिका प्रमुख सहित १७ जना जनप्रतिनिधिले नेकपा एमाले छोडेर नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) मा सनाखत गरेका छन् । सोमबार उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगर सहित ११ जनाले नेकपा एमाले छोडेका छन् ।
एमाले छोडेर नेकपा एस रोज्नेमा उदयपुरगढी गाउँपालिका ७ का वडाध्यक्ष कर्णमाया मगर, उदयपुरगढी गाउँपालिका कार्य समिति सदस्य तथा प्रवक्ता थमान विश्वकर्माले पनि रह...












