नेकपाले गर्‍याे कार्यदल विघटन

 काठमाडाै‌‌,  नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले कार्यदल विघटन गरेको छ। सचिवालयको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिन...

सांसद ओलीको निधन

काठमाडौं । प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । २४ माघमा सवारी दुर्घटनामा परेका सांसद वलीको काठमाडौंमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको बताइएको छ । उनी दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित भएका थिए । नेकपाका नेता तथा सांसद ओली चढेको गाडी दाङमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ओलीलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लगिएको थियो । त्यहाँ उपचार ...

डा. भट्टराई ज्यू, नयाँ पोशाक नयाँ पार्टीको पूर्वाभ्यास त होइन ?

डा. भट्टराई ज्यू, नयाँ पोशाक नयाँ पार्टीको पूर्वाभ्यास त होइन ?
काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई डौडधुप छ। उनी एक महिने जनसंवाद यात्राका क्रममा देशभरका जिल्लामा पुगेका छन्। मध्यपहाडी लोकमार्गको उद्गमथलो नेपाल भारतको सिमाक्षेत्र चिवाभञ्ज्याङबाट सुरु भएको यात्रा फागुन १५ गते बैतडिको झुलाघाटमा पुगेर टुंगिने बताइएको छ। डा. भट्टराई दाैरा, सुरूवाल, काेट र टाेपी अनि एडिडाज जुत्ताकाे पाेशाकमा ठाँटिएर ...

उदयपुरमा युवा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न, भुवन दाहाल सहित ४ जना पुरस्कृत (तस्विर सहित)

उदयपुरमा युवा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न, भुवन दाहाल सहित ४ जना पुरस्कृत (तस्विर सहित)
उदयपुर, त्रियुगा नगरपालिका उदयपुरको युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत उद्यम परियोजना प्रस्ताव लेखन तथा प्रस्तुतिकरण प्रतियोगितामा त्रियुगा नगरपालिका १६ का भुवन दाहाल प्रथम भएका छन । जिल्ला युवा समिति उदयपुरको आयोजनाामा बिहिबार त्रियुगा नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नतिजा सार्वजनिक गरिएको हो । यस्तै दोस्रो चौदण्डीगडी नगरपालिका ७ का बिकास बन्जरा , तेस्रो त्रि...

नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगियाे

नेकपा सचिवालय बैठक बिना निष्कर्ष टुंगियाे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को संगठनात्मक एकीकरण टुंग्याउन गठित कार्यदलको म्याद थप्नेबारे सचिवालयमा विवाद उत्पन्न भएको छ । बिहीबार कार्यदल र सचिवालयको संयुक्त बैठक बसेको थियो । बैठकमा कार्यदलले एकीकरणको खाका (जिल्ला तहको नेतृत्वको सिफारिससमेत) बुझाउन सात दिनको समय माग गरेको थियो । तर, कार्यदललाई समयावधि थप्ने कि सचिवालयले नै टुंग्याउने भन्ने विषयमा शीर्ष तहका नेताको मत बाझ...

चौदण्डीगढी नगरपालिकामा वडा भवन बनाउनेमा विवादै विवाद, स्थानीयद्वारा नगरपालिका घेराउ

उदयपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका ३ मा वडा कार्यलय निर्माणमा विवाद भएको छ । स्थानीय तह पुनर्संरचना आयोगले गरेको निर्णय भन्दा बाहिर वडा कार्यालय बनाउन लागेको भन्दै वडाबासीहरुले उदयपुरको चौदण्डीगढी नगरपालिकाको कार्यालय घेराउ समेत गरेका छन । चौदण्डीगढी वडा नं. ३ को भवन बनाउने स्थान परिवर्तन गरेको भन्दै सथनीयले नगरपालिकाको कार्यालय घेराउ गर्नुको साथै नगर प्रमुलाई वडा नसार्ने दवाव दिन हस्थाक्षर बु...

उदयपुरबाट २ सय ४५ महिला र ४१ बालिका कहाँ बेपत्ता ? किन हराउँछन महिला बढी

उदयपुरबाट २ सय ४५ महिला र ४१ बालिका कहाँ बेपत्ता ? किन हराउँछन महिला बढी
सुखिलाल चौधरी, उदयपुर, उदयपुरमा महिला तथा बालबालिका हराउनेको संख्या डर लाग्दो देखिएको छ । दुई वर्ष नौ महिनाको तथ्याङ्क अनुसार अहिलेसम्म २ सय ४५ जना महिला, ४१ जना बालिका र १२ जना बालक गरी २ सय ९८ जना हराएको देखिन्छ । आर्थिक वर्ष ०७३÷०७४ मा एक सय ३० जना महिला, ३९ जना बालिका र १६ जना बालक गरी एक सय ८५ जना हराएको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकमा छ । जसमध्ये महिला २२, बालिका ५ र बालक १२ गरी ३...

अज्ञात समूहद्वारा स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सिसा फुटाए (फोटो सहित)

अज्ञात समूहद्वारा स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सिसा फुटाए (फोटो सहित)
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सोमबार राति अज्ञात समूहद्वारा सिसा फुटाएका छन् । अज्ञात समूहद्वारा स्कूल अगाडी स्टेनमा राखेको ना. ३ ख ३५१९ नम्बरको बसको अगाडीको सिसा फुटाई दिएका हुन् । विद्यालय शान्ति क्षेत्र हुन र विद्यालय बसमाथिको आक्रमण निन्दनीय रहेको नेशनल प्याब्सनका पूर्व अध्यक्ष तथा स्कूल संचालक उत्तम रिजालले बताए । उनले भने, ‘यसरी लुकी लुकी...

आज प्रजातन्त्र दिवस

आज प्रजातन्त्र दिवस
उदयपुर, आज ६९ औं प्रजातन्त्र दिवस् । गत माघमा हामीले शहीद दिवस मनायौं अनि फाल्गुनको आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ । स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरकासामू राणा शासकहरुको केही जोर चलेन, जनताको बोल...

‘देशमा प्रजातन्त्रको अनुभूति भएन’ : पूर्वराजा ज्ञानेन्द्र शाह

‘देशमा प्रजातन्त्रको अनुभूति भएन’ : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं-पूर्व राजा ज्ञानेन्द्र शाहले आम नागरिकमा लामो समयदेखि राज्यका बिभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता रहेको भन्दै प्रजातन्त्रको अनुभूति अझै आम नेपालीले गर्न नपाएको जिकिर गर्नु भएको छ । ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा सोमबार साँझ एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रप्रतिको निष्ठामा आएको ह«ास, प्रत्येक युवामा देश छाड्ने आतुरता, नागरिकको मनमा उत...