उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सोमबार राति अज्ञात समूहद्वारा सिसा फुटाएका छन् । अज्ञात समूहद्वारा स्कूल अगाडी स्टेनमा राखेको ना. ३ ख ३५१९ नम्बरको बसको अगाडीको सिसा फुटाई दिएका हुन् ।
विद्यालय शान्ति क्षेत्र हुन र विद्यालय बसमाथिको आक्रमण निन्दनीय रहेको नेशनल प्याब्सनका पूर्व अध्यक्ष तथा स्कूल संचालक उत्तम रिजालले बताए । उनले भने, ‘यसरी लुकी लुकी बसको सिसा फुटाउनु भन्दा उनीको विद्यालय प्रति के गुनासो थियो भने विद्यालय प्रशासनमा आएर प्रष्ट राख्दा स्पष्ट हुन्थ्यो । यसरी बसको सिसा फुटाउने जो कोही अपराधि समूहका भएकाले प्रशासनले अपराधिको यथासिघ्र पहिचान गरी पक्राउ गर्न अनुरोध गर्दछु ।’
बसमाथि भएको आक्रमणको नेशनल प्याब्सन त्रियुगा नगर कमिटी सचिव सुमन चौधरीले घोर भत्र्सना गरेको छ । उनले विद्यालय शान्ति क्षेत्र भएकोले अपराधिक समूहले विद्यालयको बसमाथि गरेको आक्रमण निन्दनीय रहेको बताए । उनले भने, ‘विद्यालय बसमाथि आक्रमण गर्नु भनेको निज मनिस्थीका व्यक्ती भएकाले यथासिघ्र अपराधि पहिचान गरी कारबाही गर्न अनुरोध गर्दछौं ।’
ढुंगा लागेर बसको अगाडीको सिसा फुटाएको प्रहरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकेपनि चाँडै अपराधि पत्ता लाग्ने बताएका छन् । प्रहरीका अनुसार बसको सिसा फुटाउनेको खोजी भैरहेको जनाएको छ ।
यस्तै गत वर्ष त्रियुगा नगरपालिका ४ बगहा स्थित क्रिमसन एकेडेमीको बस अज्ञात समूहले जलाएका थिए ।











