भारतले नक्सा सच्याउने मात्र होइन, कालापानीको सेना पनि फिर्ता लैजानु पर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा क्षेत्रमा अतिक्रमित भूमि फिर्ता ल्याउने बताएका छन्। कालापानी, लिपुलेक, लिम्पियाधुराबाट फौज फिर्ता लैजान प्रधानमन्त्री ओलीले छिमेकी देश भारतलाई आग्रह गरे।
‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन,’ आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं । कतिपयले नक्...













