उदयपुरको लिम्चुङबुङमा हिमपात

उदयपुरको लिम्चुङबुङमा हिमपात
उदयपुर । लिम्चुङबुङ गाउँपालिका उदयपुरमा शुक्रबार हिमापात भएको छ । गाउँपालिकाको वडा नं. ३ नगरे, एभरेष्ट भ्यू–टप (दोबाटे) र माझखर्कमा हिउ परेको हो । हिउ परेपछि पालिका भरिनै अत्याधिक चिसो बढ्नुका साथै जनजीवन अस्तव्यस्त समेत बनेको गाउँपालिका अध्यक्ष मेजर कुमार राई बताए । तर, हिउ पर्नु प्राकृतिक प्रक्रिया र पर्यटनसँग प्रत्यक्ष जोडिने माध्यम पनि भएकाले पर्यटकले थप अतिरिक्त मनोरञ्जन लिने राईले विश...

थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइयो

थारु समुदायमा हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइयो
अन्धन लक्ष्मी घर ढुक दलिदर भूत बहार हो अर्थात धनकी देवी लक्ष्मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ लक्ष्मी पूजाको साँझमा पूर्वीय थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का)बाट बनाइएको हुक्के–हुक्का खेलेर लक्ष्मी भित्राइएका छन् । पूर्वी जिल्लाका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस भनेर नकारात्मक पक्षलाई पन्छाउन हु...

पर्यटकको आकर्षण केन्द्र बन्दै चौदण्डीगढी दरबार

पर्यटकको आकर्षण केन्द्र बन्दै चौदण्डीगढी दरबार
उदयपुर । उदयपुरको ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र चौदण्डीगढी घुम्न आउने पर्यटकको संख्या बढेको छ । कोरोनाको कहरले सुनसान जस्तै बनेको चौदण्डीगढी दरबार क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । ऐतिहासिक चौदण्डीगढी दरबार क्षेत्रमा पनि दसैँको टिकाको दिनदेखि दैनिक ५०० भन्दाबढीको संख्यामा पर्यटक घुम्न आउन थालेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङले बताए । मौसम ...

दशैं तिहारमा घुम्नै पर्ने उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु

दशैं तिहारमा घुम्नै पर्ने उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु
उदयपुर । उदयपुर जिल्ला आफैमा प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपुर्ण भएको ठाँउ हो । भित्री मधेस अन्तर्गत पर्ने जिल्लामा उच्च गर्मी हुने तराईको महाभारत पर्वत शृङ्खलादेखि बाह्रै महिना चिसो हुने अग्ला–अग्ला टाकुरा रहेका विविध ठाउँहरु छन् । जिल्लाका ८ वटै स्थानीय तहहरुमा पर्यटकलाई आकर्षित गर्ने फरक–फरक किसिमका गन्तब्यहरु रहेका छन । जिल्लाका सबै स्थानीय सरकारहरु भ्रमण वर्ष २०२० सफल पार्न आ...

यस्तो छ सिंहेश्वर गुप्ताको मैथिली गीत ‘‘दिल हमार दिवाना’’ युटुवमा (भिडियो सहित)

यस्तो छ सिंहेश्वर गुप्ताको मैथिली गीत ‘‘दिल हमार दिवाना’’ युटुवमा (भिडियो सहित)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट कर्मथलो बनाउँदै आइरहेका सिंहेश्वर गुप्ताले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् ।मैथिली गीतका चर्चित गायक मनोज भोलेको स्वरमा ‘दिल हमार दिवान’ बोलको गीत युटुवमा हेर्न सकिन्छ । गीतमा शब्द गुप्ताकै रहेको छ । म्युजिक भिडियोमा अभिनय लजिना सुवेदी र गुप्ता आफैले गरेका छन् । म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरीले गरेका छन् । म्युजिक रोहित र प्रमोदको रहेको छ भने क...

आज भ्यालेन्टाइन्स डे

आज भ्यालेन्टाइन्स डे
काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल...

कटारीमा १५ दिने त्रिबेणी मेला सुरु

कटारीमा १५ दिने त्रिबेणी मेला सुरु
उदयपुर । माघ १ गतेबाट वर्षेनी १५ दिनसम्म लाग्ने त्रिवेणी मेला सुरु भएको छ । उदयपुरको कटारी नगरपालिका २ खोक्सा र सिन्धुलीको दुधौली नगरपालिका ९ घोडा गाछीमा त्रिवेणी मेला सुरु भएको हो ।कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा परिचित छ । तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश...

नयाँ थारु गीत ‘जय हो माघी’ को म्युजिक भिडियो सार्वजनिक

नयाँ थारु गीत ‘जय हो माघी’ को म्युजिक भिडियो सार्वजनिक
उदयपुर । मलिथम थारु समाज उदयपुरको प्रस्तुती ‘जय हो माघी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सगरमाथा मिडिया एण्ड इन्टरटेनमेन्टको अफिसियल युटुव च्यानलबाट शनिबार एक औपचारिक कार्यक्रम विच सार्वजनिक भएको हो । गीतको शब्द र संगित भगवानी चौधरी (भिभास) को रहेको छ । थारु समुदायकी चर्चित गायिका अनु चौधरी, गायकहरु आरसी चौधरी, भिभास चौधरी, विजय चौधरीको स्वर रहेको छ । जनक चौधरीको निर्देशन, सुमन तामा...

कटारी गराँसका युवाहरुले देउसी खेलेर उठेको ६० हजार बढी रकम सियोनालाई बचाउँन सहयोग

कटारी गराँसका युवाहरुले देउसी खेलेर उठेको ६० हजार बढी रकम सियोनालाई बचाउँन सहयोग
उदयपुर । कटारी नगरपालिका २ गराँसका युवाहरुले देउसी खेलेर उठेको रकम रोगसँग लडिरहेकी बालिका सियोना श्रेष्ठलाई सहयोग गरेका छन् ।बरिष्ठ बाल रोग विशेषज्ञा डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङको १० महिने छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगसँग लडिरहेकी छन् । सियोनाको उपचारको लागि ठूलो रकम लाग्ने भएपछि उनको परिवारले सबैसँग सहयोग याचना गरेको छ । Fireflie...

थारु समुदायमा लक्ष्मी पुजाका दिन खेलिने हुके हुक्का खेल लोप हुँदै

थारु समुदायमा लक्ष्मी पुजाका दिन खेलिने हुके हुक्का खेल लोप हुँदै
उदयपुर । सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप हुन लागेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडि सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप भएको हो । पछिल्लो समयमा सनपाटको उत्पादन नगर्ने र लगाएको सनपाटले बजारभाउ नपाउदा कृषकहरुले सनपाट रोप्न छाडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारु पण्डित बासुदेव चौधरीले...