उदयपुर । माघ १ गतेबाट वर्षेनी १५ दिनसम्म लाग्ने त्रिवेणी मेला सुरु भएको छ । उदयपुरको कटारी नगरपालिका २ खोक्सा र सिन्धुलीको दुधौली नगरपालिका ९ घोडा गाछीमा त्रिवेणी मेला सुरु भएको हो ।कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा परिचित छ । तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलिदिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहदैं आएको छ । आज विहिबार विहानेदेखि नै मरक त्रिवेणीधाममा मकल नहुँउनेको भीड लागेको छ ।

तीन नदीको संगमस्थल त्रिवेणीमा मकर नहुँदा विभिन्न जिल्लाबाट मकर नुहाउन आउने गरेको स्थानीय सन्तोष कार्की बताउँछन । ‘मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलि दिई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ,’ उनले भने, ‘प्रदेश १, प्रदेश २ र प्रदेश ३ का विभिन्न जिल्लाबाट धार्मिक पर्यटकहरु आउने गरेका छन ।’

यस वर्ष कोरोनाका कारण सोलखुम्वुको भोटे कुकुर, ओखलढुँगाको राढीपाखी लगायतका सामग्री खासै नआएको उनले बताए । यस्तै मेलामा सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेच छन ।

यस वर्षको त्रिवेणी मेला संचालन नगर्ने कटारी नगरपालिकाले निर्णय गरेपनि चर्को जनदवावका विच नगरपालिकाले पुनः मेला संचालनको लागि अनुमति दिइएको हो । माघ १ गतेदेखि १५ गतेसम्म लाग्ने त्रिवेणी मेलाको रुपमा पुर्वी नेपालमै परिचित छ । शसस्त्र द्वन्दभन्दा पहिला माघ महिना भरी र त्यसपछि १५ दिनसम्म लाग्दै आएको पुरानो मेला हो ।

यस्तै त्रियुगा नगरपालिका १२ र २ को सिमाना त्रियुगा नदी, बरुवा नदी र लुहाले खोलाको संगम स्थान त्रिवेणीमा पनि आज घुमधाम सहित मेला शुरु भएको छ । मेला पहिले पहिले हप्ता दिन लागेपनि अहिले एक दिन मात्रै लाग्ने गरेको छ ।

 

तपाईको प्रतिक्रिया