गठबन्धन बाहेकका उम्मेदबारलाई भोट मागे कारबाही हुने : काबा सभापति राई

गठबन्धन बाहेकका उम्मेदबारलाई भोट मागे कारबाही हुने : काबा सभापति राई
नेपालटार - नेपाली काँग्रेस उदयपुरका कार्यबहाक सभापति भिमचन्द्र राईले गठबन्धनका आधिकारिक उम्मेदबार बाहेकका उम्मेदबारलाई भोट मागे कारबाही हुने चेतावनी दिएका छन् । उदयपुर निर्वाचन क्षेत्र नं. २ अन्तर्गत नेपालटारको चुनावी सभामा यस्तो बताएका हुन् । उनले काँग्रेस, माओवादी वा एकीकृत समाजवादीका नेता कार्यकर्ताले पनि गठबन्धन बाहेकलाई भोट मागे कारबाही हुने बताए । उनले पाँच दलिय संयन्त्रमा सामाजिक संजाल अ...

भ्रमको खेति नगर्न एमाले उम्मेदबार अमर रायमाझीलाई निवर्तमान प्रदेश सभासद नारायण बुर्जा मगरको चुनौति

भ्रमको खेति नगर्न एमाले उम्मेदबार अमर रायमाझीलाई निवर्तमान प्रदेश सभासद नारायण बुर्जा मगरको चुनौति
मुर्कुची - उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदबार अमर बहादुर रायमाझीले गठबन्धनहरु विरुद्ध भए नभएको विषयको भ्रमको खेति गर्दै हिडेको आरोप निवर्तमान प्रदेश नं. १ का सांसद तथा सोही क्षेत्रका प्रदेश सभाका उम्मेदबार नारायण बहादुर बुर्जा मगरले आरोप लगाएका छन् । उनले रौतामाई गाउँपालिकाको ७ राजाबास क्याम्पसको अध्यक्ष समेत रहेका रायमाझीले सो क्याम्पस आफुले रकम दिएको जसरी कुप्रचार गरिरहेक...

पटक–पटक संसद् भत्काउने केपी ओलीको दलले भोट माग्ने नैतिक अधिकार गुमाई सके : उम्मेदबार खतिवडा

पटक–पटक संसद् भत्काउने केपी ओलीको दलले भोट माग्ने नैतिक अधिकार गुमाई सके : उम्मेदबार खतिवडा
उदयपुर - नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा उदयपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदबार जगनाथ खतिवडाले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । उदयपुरगढी गाउँपालिका ७ को वडा स्तरीय चुनावी सभामा बोल्दै उनले उनले पटक–पटक संसद्लाई भत्काउने पार्टीलाई भोट दिन नहुने बताए । सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका खतिवडाले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाक...

लोकतान्त्रिक बाम गठबन्धन राष्ट्रिय आवश्यकता : उम्मेदबार खतिवडा

लोकतान्त्रिक बाम गठबन्धन राष्ट्रिय आवश्यकता : उम्मेदबार खतिवडा
भुट्टार । उदयपुरबाट निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जनताको जीवनस्तर उकास्न मात्र होइन देशको लागि के योगदान गर्न सक्छु त्यसको लागि निर्वाचनमा होमिएको बताए । राष्ट्र हितको गणतन्त्र जोगाउने, संसदमा गएर कानुन बनाउने मात्र नभएर विकासको लहर गाउँ गाउँसम्म पुर्याउनको लागि आफु चुनावी मैदानमा...

यस्तो छ, लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदबार हिमाल कार्कीको प्रतिवद्धता पत्र

यस्तो छ, लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदबार हिमाल कार्कीको प्रतिवद्धता पत्र
उदयपुर – प्रतिनिधि र प्रदेश सभा निर्वाचन संघारमा आई पुगेको छ । दलहरुले केन्द्रदेखि प्रदेश सभा सदस्यहरुका उम्मेदबारहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नेक्रम जारी रहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश सभा सदस्य १ (क) मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले पनि आफ्नो २१ वुदे  प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । मतदातासामु सार्वजनिक...

कटारी बजारको घरदैलो कार्यक्रममा उर्लियो जनसागर (फोटो र भिडियाे सहित)

कटारी बजारको घरदैलो कार्यक्रममा उर्लियो जनसागर (फोटो र भिडियाे सहित)
कटारी बजारको घरदैलो कार्यक्रममा उर्लियो जनसागर (भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्) कटारी - उदयपुरको कटारी बजार घरदैलो कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनमा जनसागर उर्लिएको थियो । बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभाको कार्यक्रम तालिका अनुसार शनिबार कटारी नगरपालिका १ खसीबजार र कटारी बजार घरदैलो कार्यक्रम रहेकोमा उक्त कार्यक्रममा जनसागर नै उर्लिएको थियो । उक्त घरदैलो घरदैलो कार्यक्रम नाच गान गर्...

कटारी ६ मा एमालेका आधा दर्जन बढी कार्याकर्ता माओवादीमा प्रवेश

कटारी ६ मा एमालेका आधा दर्जन बढी कार्याकर्ता माओवादीमा प्रवेश
उदयपुर - नेकपा एमालेका आधा दर्जन बढी कार्यकर्ताले नेकपा माओवादी केन्द्र रोजेका छन् । कटारी नगरपालिका ६ मा गठबन्धनको चुनावी सभामा एमाले परित्याग गरि माओवादी रोजेका हुन् । एमाले परित्याग गर्नेहरुमा तविलाल सार्की, खबी बहादुर सार्की, उद्धव बहादुर सार्की, मिन बहादुर सार्की, कमल बहादुर सार्की, निर बहादुर राई र ज्ञान कुमार सार्की रहेका छन् । उनीहरुलाई नेकपा माओवादीका नेता तथा संविधान सभा सदस्य मोहन ख...

उदयपुरमा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो (फोटो फिचरसहित)

उदयपुरमा निर्वाचन आचारसंहिता उल्लंघन बढ्यो (फोटो फिचरसहित)
उदयपुर । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिएसँग जताततै ठूला दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । उदयपुर निर्वाचन क्षेत्र नं. २ को रौतामाई गाउँपालिका ७ संगम चोकमा मदन भण्डारी राजमार्ग र रौतामाई गाउँपालिका प्रवेशद्वारको गेटमा तुल टाँग्नुको साथै पोस्टर पम्प्लेट टासिएको थियो । त्यो पोष्टर पम्प्लेट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदबारहरुको रहेको छ । रौतामाई गाउँपालिका ७ कै श...

नेपाली कांग्रेसले क्षेत्रीय सभापति रामकुमार राई सहित पाँच जनाको अभिलेखबाट नाम हटायो

नेपाली कांग्रेसले क्षेत्रीय सभापति रामकुमार राई सहित पाँच जनाको अभिलेखबाट नाम हटायो
उदयपुर - आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदबार र पार्टीले समर्थन गरेको उम्मेदबार विरुद्ध उम्मेदबार भएका र त्यस्ता उम्मेदबारको प्रस्तावक वा समर्थकको अभिलेखबाट ५ (पाँच) वर्षको लागि नाम हटाइएको छ । उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यमा गठबन्धनको साँझा उम्मेदबार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडा विरुद्ध नेप...

उदयपुर २ मा सता गठबन्धनको यस्तो छ, ४१ वुदे ‘संयुक्त प्रतिवद्धता पत्र’

उदयपुर २ मा सता गठबन्धनको यस्तो छ, ४१ वुदे ‘संयुक्त प्रतिवद्धता पत्र’
उदयपुर - प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा गठबन्धनका उम्मेदवारहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । मतदातासामु सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा आगामी पाँच वर्ष गरिने कामहरुको विवरण सार्वजनिक गरिएको छ । जसमा प्रदेश र संघीय संसदमा जनपक्षीय कानुन बनाउने, आफ्नो क्षेत्रमा अधिकतम बजेट पार्न तथा देश र जनताको समग्र हितमा आफूलाई उभ्याउने ।, स्थानीय सरकारले गर्न नसक्ने विकासका कार्य गर्नका लाग...