उदयपुरमा अवैध गाँजा सहित २ जना पक्राउ

उदयपुरमा अवैध गाँजा सहित २ जना पक्राउ
उदयपुर । त्रियुगा नगरपालिकाको बगाहाको जंगलबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका –४ बगाहाको जंगलमा प्रहरीले चेकजाँच गर्दा अवैध लुकाई छिपाई ल्याउँदै गरेको गाँजासहित अमिस राई र राष्ट्र राईलाई पाक्राउ गरेका हुन् । दमौटीबाट गाईघाट तर्फ आउँदै गरेको स ८ प ९७४४ नम्बरको मोटरसाईकलमा सवार त्रिनपा–५ निबासी २० वर्षीय राष्ट्र र २२ वर्षीय असिमलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकिङमा ...

उदयपुरमा लागूऔषध सहित १ जना पक्राउ

उदयपुरमा लागूऔषध सहित १ जना पक्राउ
उदयपुर । उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ लालपत्ताबाट रमेश थापा पक्राउ परेको हो । लालपत्ता चौकीबाट चेकिङका खटेका प्रहरी टोलीले चोकजाँच गर्ने क्रममा त्रिनपा–१३ निबासी २० वर्षीय रमेश थापाको साथबाट ७५ थान नाईट्राजेपाम ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्...

मालपोत कार्यालय सहयोगीको ९ करोड बढी अवैध सम्पत्ति

मालपोत कार्यालय सहयोगीको ९ करोड बढी अवैध सम्पत्ति
काठमाडौं । एक सरकारी जागिरमा रहेका कार्यालय सहयोगीले आफ्नो सेवा अवधिमा कति रकम आम्दानी गर्लानन् । करोड वा त्यो भन्दा बढी। तर मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड भन्दा बढी अबैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। अवैध सम्पत्ति आर्जन गरेको कसुरमा विगो ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ कामय गर्दै विशेष अदालतमा मुद्दा दा...

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ३ नयाँ टोल बस्तीका ४० वर्षिय जीवन भन्ने झमक बहादुर बस्नेत बुधबार विहान रुखबाट लडेर घाइते भएका थिए । बेलका नगरपालिका ९ सेती खोलाको जंगलमा गाई बस्तुलाई घास काट्न जाँदा हङ्रायोको रुखबाट लडेर घाइते भएका थिए । घाइते बस्नेतको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाउँका सिंहदरबारमा अख्तियारको धावा

गाउँका सिंहदरबारमा अख्तियारको धावा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय स्थानीय तहमा हुने भ्र्रष्टाचारविरुद्धको निगरानीलाई तीव्रता दिन थालेको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै सेवाग्राहीबाट गुनासो आउने क्रम बढेपछि अख्तियारले स्थानीय तहसम्मै पुगेर सक्रियता बढाउन थालेका हो । अख्तियार गाउँगाउँमा पुगेसँगै घुस खाने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि धमाधम समातिन थालेका छन् । सोही क्रममा ११ माघमा जाजरकोटको जुनीचाँद...

गाँजा खुल्ला गर्न सत्तारुढ सांसदको माग, यस्तो छ उनीहरुको तर्क

गाँजा खुल्ला गर्न सत्तारुढ सांसदको माग, यस्तो छ उनीहरुको तर्क
काठमाडौं । गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरूले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्। लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको छ।सांसद विरोध खतिवडाले गाँजामाथिको कानुनी प्रतिबन्ध फुकुवा गर्न दर्ता गरेको प्रस्तावमा ४६ जना सांसदले समर्थन जनाएका छन्। मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन, प्राक...

विद्यार्थीको हात भाँच्ने स्वस्तिक पाठशालाका शिक्षक पक्राउ

विद्यार्थीको हात भाँच्ने स्वस्तिक पाठशालाका शिक्षक पक्राउ
लहान । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्...

उदयपुरमा लागू औषध सहित दुई जना पक्राउ

उदयपुरमा लागू औषध सहित दुई जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषधसहित दुई जनालाई फेरी प्रहरी चौकी लालपत्ताले पक्राउ गरेको छ । लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना ५ ख ८४७९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । बसमा सवार त्रियुगा नगरपालिका –१६ निबासी २२ वर्षीय सन्तोष परियार र मोरङ हसन्दह निबासी २३ वर्षीय पुष्पराज तिम्सिनालाई चेकजाँचको क्रममा पक्राउ गरेको छ । उनीहरुको साथबाट नाईट्रोजेपाम ३४ ट्याब्ले...

१ सय ८७ थान लागूऔषध नाईट्राजेपाम सहित २ जना पक्राउ

१ सय ८७ थान लागूऔषध नाईट्राजेपाम सहित २ जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषधसहित दुई जनालाई सोमबार साँझ लालपत्ताबाट ६ बजेर १५ मिनेटमा पक्राउ गरेको छ । सिराहाको लाहानबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना १ ज ७३४३ नं. को विङ्गर भ्यानलाई चेकजाँच गर्ने क्रममा अवैध लागूऔषधसहित सप्तरीका २ युवा पक्राउ परेका हुन् । गाईघाट–कदमाहा सडक खण्डको सप्तरी र उदयपुरबीच सिमानाका लालपत्तास्थित प्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा विङ्गरमा सवार सप्तरी खडक नगरपाल...

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भेटिएको कुकर बम सेनाद्वारा डिस्पोज

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भेटिएको कुकर बम सेनाद्वारा डिस्पोज
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा भेटिएको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले मंगलबार बिहान करिव ८ः४५ बजेको समयमा डिस्पोज गरेको छ । अज्ञात समूलले गाउँपालिका अध्यक्ष मेजर कुमार राईको कार्यकक्ष नजिक राखेको कुकर बम सेनाले डिस्पोज गरेको प्रहरीले जानकारी दिइएको छ ।सोमबार विहान ९ः३० बजेको समयमा कार्यालय सहयोगीले कार्यालय खोलेपछि कर्मचारीहरु प्रवेश गर्ने क्रममा हाते झोलाभित्र कुकर र तार जडित मो...