विचार / बहस – Nagarik Bahas https://nagarikbahas.com . Tue, 08 Nov 2022 08:31:48 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.2.6 उदयपुर २ मा सता गठबन्धनको यस्तो छ, ४१ वुदे ‘संयुक्त प्रतिवद्धता पत्र’ https://nagarikbahas.com/archives/18910 Tue, 08 Nov 2022 08:25:21 +0000 http://nagarikbahas.com/?p=18910 उदयपुर – प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा गठबन्धनका उम्मेदवारहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । मतदातासामु सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा आगामी पाँच वर्ष गरिने कामहरुको विवरण सार्वजनिक गरिएको छ । जसमा प्रदेश र संघीय संसदमा जनपक्षीय कानुन बनाउने, आफ्नो क्षेत्रमा अधिकतम बजेट पार्न तथा देश र जनताको समग्र हितमा आफूलाई उभ्याउने ।, स्थानीय सरकारले गर्न...

The post उदयपुर २ मा सता गठबन्धनको यस्तो छ, ४१ वुदे ‘संयुक्त प्रतिवद्धता पत्र’ appeared first on Nagarik Bahas.

]]>
उदयपुर – प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा गठबन्धनका उम्मेदवारहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । मतदातासामु सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा आगामी पाँच वर्ष गरिने कामहरुको विवरण सार्वजनिक गरिएको छ ।

जसमा प्रदेश र संघीय संसदमा जनपक्षीय कानुन बनाउने, आफ्नो क्षेत्रमा अधिकतम बजेट पार्न तथा देश र जनताको समग्र हितमा आफूलाई उभ्याउने ।, स्थानीय सरकारले गर्न नसक्ने विकासका कार्य गर्नका लागि प्रदेश र केन्द्रीय योजना ल्याउन स्थानीय सरकारसँग मिलेर सहकार्य गर्ने ।

प्रत्येक पालिकाको विकास र समृद्धिको गुरुयोजनाको आधारमा योजनाबद्ध विकासलाई प्राथमिकता दिई तीनै तहको सरकार र जनतासँग सहकार्य गर्ने । गुणस्तरीय शिक्षा र स्वास्थ्यको सर्वसुलभ व्यवस्था गर्न नीति, कानुन र कार्यान्वयनमा जोड दिई आफ्नो क्षेत्रमा कार्यक्रम ल्याउने लगायतका योजना रहेका छ ।

प्रतिनिधिसभा २ मा जगन्नाथ खतिवडा कमल चिन्हमा, नारायण बहादुर बुर्जा मगर प्रदेश सभा सदस्य पदका उम्मेदवार उदयपुर २ (क) गोलाकार भित्रको सहिँया हथौडा र रामकुमार खत्री प्रदेशसभा सदस्य पदका उम्मेदवार उदयपुर–२(ख) रुख चुनाव चिन्हमा उम्मेदवार रहेका छन् ।

हेरौँ जस्ताको तस्तै

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु,

२०७९ मंसिर ४ गते नेपाली जनतालाई आगामी ५ वर्षका लागि मतदानको शक्तिद्वारा देशको भविष्य निर्धारण गर्ने अवसर आइरहेको छ । हाम्रो संविधानले आवधिक निर्वाचनद्वारा जनमतको परीक्षण गर्ने, राजनीतिक दलले विगत ५ वर्षमा गरेका कामहरुको मूल्याङ्कन गर्ने र जनता एवं देशको भविष्यको बाटो तय गर्ने व्यवस्था गरेको छ । यसकारण हामी पाँच वर्षमा एक पटक आउने यो सर्वाधिक महत्वपूर्ण दिनमा राजनीतिक दलहरुलाई जिम्मेवारी दिने र राष्ट्रले प्रदान गरेको जिम्मेवारीलाई पूरा गर्न गइरहेका छौँ । यो निर्वाचनमा हामी पाँच राजनीतिक दल (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल) चुनावी गठबन्धन गर्दै आम जनताको सामु उपस्थित भएका छौँ । देशको राजनीतिक स्थायित्व, भौतिक तथा मानवीय विकास, सुशासन, राष्ट्रिय सुरक्षा, गठबन्धनको सरकार संचालन गर्ने प्रतिबद्धताका साथ घरदैलोमा आएका छौँ ।

देशभरि नै हामीले गठबन्धनद्वारा निर्वाचनमा जाने निर्णय गरिसकेका छौँ । आगामी ५ वर्ष नागरिकको सेवा, विकास र समृद्धिका लागि हाम्रो हातमा जिम्मेवारी प्रदान गर्न अनुरोध गर्दछौँ । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा पनि सोही गठबन्धनका साझा उम्मेदवारका रुपमा तीन राजनीतिक दलका तर्फबाट हामीहरुलाई उम्मेदवार बनाइएको छ । संघीय निर्वाचन क्षेत्रमा नेता जगन्नाथ खतिवडा (कलम), उदयपुर २ (१) बाट प्रदेशसभाका लागि नेकपा माओवादी केन्द्रका नेता नारायण बुर्जा मगर (गोलाकारभित्रको हँसिया हतौडा) र उदयपुर २ (२) बाट नेपाली काँग्रेसका नेता रामकुमार खत्री (रुख) लाई अगाडी सारेका छौँ र गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आव्हान गर्दछौँ ।

हाम्रो देशको विगत ५ वर्षको राजनैतिक अवस्था निकै उथलपुथलपूर्ण रह्यो । अस्थिर र प्रतिगमनकारी गतिविधिले शान्ति र विकासलाई संकटमा धकेल्यो । दुई–दुईपटक संसद विघटनको कुप्रयास भयो । संविधानलाई मिचेर देशलाई राजनीतिक शून्यता सिर्जना गरी संकटग्रस्त बनाउने र सर्वसत्तावादी शासन चलाउने हर्कतहरु भए । संसदमा भएको बहुमतको शक्तिमा मुलुकको सुदिन आउने जनताको सपनालाई चकनाचुर पारियो र अस्थिरता बढाइयो ।

यस्ता अलोकतान्त्रिक, प्रतिगमनकारी कार्यका विरुद्धमा राजनीतिक दलहरुको अग्रगमनकारी मोर्चा बनाई संविधान र संसदको रक्षा गर्न सफलता प्राप्त गर्न सक्यौँ र जसले दलहरुलाई अझ बढी एकताबद्ध भई सहकार्य गर्न प्रेरित गरेको छ । यी घटनाक्रमहरुले जनताको मनोविज्ञान परिवर्तन गरिदिएको छ । बहुमतको बलले मात्र राजनीतिक स्थायीत्व आउँदैन रहेछ । लोकतान्त्रिक व्यवहारसहितको सहकार्य, कानुनको पालना एवं राजनीतिक संयम अपनाइएन भने संसदको बहुमत पनि ढल्दो रहेछ भन्ने पुष्टि गरेको छ । त्यसैले अबको ५ वर्ष सहकार्य र गठबन्धनद्वारा साझा सहमतिको सरकार सञ्चालन गरी अगाडी बढ्ने राष्ट्रिय प्रतिबद्धता सहित देशको राजनीति अगाडी बढेको छ । हामी यसैको पालना गर्न प्रतिबद्ध छौँ ।

आदरणीय मतदाता महानुभावहरु,

हामी गठबन्धनका उम्मेदवारहरु जिल्लाका विकासको लागि ५ वर्षसम्म सहकार्य गर्न प्रतिबद्ध छौँ । गठबन्धनको साझा भावनालाई कदर गर्दै आफूलाई विजयी बनाउने जनताको सेवालाई उच्च प्राथमिकता दिएर साझा योजना बनाई काम गर्ने अठोटमा छौँ ।
हामी हाम्रो उम्मेदवार र हाम्रो राजनीतिक दललाई विश्वास र भरोसा गर्नुहोस्, हामी प्रतिफल दिनेछौँ । यही सहकार्य र एकताको भावनालाई प्रतिनिधित्व गर्न हामी संघीय तथा प्रदेश सांसदका उम्मेदवारहरु संयुक्त प्रतिबद्धता–पत्र तयार गरी यहाँहरुको माझमा आएका छौँ । कृपया प्रतिनिधिसभाका सदस्यको उम्मेदवारलाई (कलम) चिन्हमा, उदयपुर २(१) प्रदेशसभा सदस्यको उम्मेदवारलाई (गोलाकार भित्रको हँसिया हतौडा) चिन्हमा र उदयपुर २(२) प्रदेशसभाका सदस्यको उम्मेदवारलाई (रुख) चिन्हमा मतदान गरी विजयी बनाउन र पाँच वर्ष सेवा गर्ने अवसर प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

हाम्रा उम्मेदवारहरुका प्रतिबद्धता यस प्रकार छन् :

१. प्रदेश र संघीय संसदमा जनपक्षीय कानुन बनाउने, आफ्नो क्षेत्रमा अधिकतम बजेट पार्न तथा देश र जनताको समग्र हितमा आफूलाई उभ्याउने ।

२. स्थानीय सरकारले गर्न नसक्ने विकासका कार्य गर्नका लागि प्रदेश र केन्द्रीय योजना ल्याउन स्थानीय सरकारसँग मिलेर सहकार्य गर्ने ।

३. प्रत्येक पालिकाको विकास र समृद्धिको गुरुयोजनाको आधारमा योजनाबद्ध विकासलाई प्राथमिकता दिई तीनै तहको सरकार र जनतासँग सहकार्य गर्ने ।

४. गुणस्तरीय शिक्षा र स्वास्थ्यको सर्वसुलभ व्यवस्था गर्न नीति, कानुन र कार्यान्वयनमा जोड दिई आफ्नो क्षेत्रमा कार्यक्रम ल्याउने ।

५. युवा रोजगार तथा स्वरोजगारका कार्यक्रम ल्याउने ।

६. खेलकुद, कला, साहित्य, संस्कृति तथा अन्य बौद्धिक प्रतियोगिताद्वारा सक्षम जनशक्ति विकास गर्न युवालाई पे्ररित गर्ने कार्यक्रम ल्याउने ।

७. मिर्चैया–कटारी–घुर्मी सडक, कटारी–बाहुनीटार–जरुवा हुदैँ रुन्चे भञ्ज्याङ्ग, रिस्कू–देउलीकुना– कुर्कुनटार–उदयपुरगढी, नेपालटार–उदयपुरगढी–ढुंग्रे–माझखर्क, कटारी–बसेरी–मयंखु, नुनथला–रुपाटार– ठानागाउँ–बासबोटे सडक र यस्तै प्रकारका लामो दुरीका महत्वपूर्ण सडकलाई पक्की बनाउने ।

८. विकासका दृष्टिले निकै पछाडी परेको उत्तरी सीमानाका बासिन्दाको जीवनमा ठूलो परिवर्तन ल्याउने योजनाका साथ सुरुवात गरिएको घुर्मी–चतरा सडक (सुनकोशी कोरिडोर) ५ वर्षभित्र सम्पन्न गर्ने ।

९. प्रत्येक पालिकाका वडाहरु जोड्ने मुख्य सडकलाई कम्तिमा १२ महिना नै चल्न सक्नेगरी स्थायी बनाउने र ग्रामीण कृषि सडकलाई बाह्रै महिना यातायात सञ्चालन गर्नसक्ने गरि मर्मतसम्भार गर्ने ।

१०. तिम्नाई–महेन्द्र राजमार्ग, सिस्नेरी–बन्दीपुर, भोर्ले–सर्रे (सिराहा), बगपति–मड्यान (सिराहा), नेपालटार–काभ्रेपानी–लाहान (सिराहा), नेपालटार–सान्दाने–काभ्रेपानी–तरेगाना (सिराहा), नेपालटार– धप्पर–बर्दमार सडकको निर्माण गर्ने ।

११. रौतामाईको निकासबाट सल्ले हुँदै कोशी जोड्ने सडक, निकासबाट आँपटार हुँदै कोशी जोड्ने सडक, पुवाँरे भन्ज्याङ्ग–भुट्टार–ओख्रेनी हुँदै चौकी भन्ज्याङ्ग जोड्ने सडक, तीनचोके–लाफागाँउ–कुर्लेटार सडक, जाँते–बुईखाभन्ज्याङ्ग–बलम्ता–ताँम्लीछा–बाँसबोटे सडक मर्मत तथा स्तरीकरण गर्ने ।

१२. मुर्कुची–माँझखर्क–हलेसी (खोटाङ्ग) जोड्ने सगरमाथा सडक निर्माण गर्ने । मधेश प्रदेश हुँदै कोल्टे– मैनाटार–चुरुम्फा–लिम्चुङबुङ सडक निर्माण गर्ने ।

१३. निर्माणाधीन सडकलाई पूर्ण गर्ने, अस्थायी सडकलाई स्थायी बनाउने र स्थानीय तहले प्राथमिकता निर्धारण गरेका आधारमा गुरुयोजना बनाई पूरा गर्दै जाने ।

१४. कटारी नगरपालिका वडा नं १ (बेलसोत) को टाउन प्लानिङ गरी व्यवस्थित आधुनिक बजारको रुपमा विकास गर्ने ।

१५. कटारी–तित्रीबोट जोड्ने मरुवाखोलामा, सोमबारे–रिस्कू जोड्ने वैद्यनाथ खोलामा, जलजले–सुघारे जोड्ने वैद्यनाथ खोलामा, अँधेरीखोला हाडेबासमा, पुवाँरे–भुट्टार जोड्ने रसुवाखोलामा, सोरुङखोला, राकुला, छापाङ, लेखगाउँ–कटहरे जोड्ने यारीखोला तथा सुनकोशी नदीको गोडेलीघाटमा र सोरुङ– डिकुवा जोड्ने पक्की पुल उच्च प्राथमिकताका साथ निर्माण गर्ने । यसैगरी, निर्वाचन क्षेत्रका सबै खो लामा जनताको र विद्यालयका बालबालिकाहरुको आवतजावतको समस्यालाई मध्यनजर गरी काठे पुल, झोलुङ्गे पुल, पक्की पुल, कल्भर्ट तथा कज–वेहरुको निर्माण गर्ने ।

१६. स्वास्थ्य भवन, विद्यालय भवन, वडा कार्यालय, प्रहरी कार्यालय, सामुदायिक भवन, खेल मैदान, र कभर्डहलहरु निर्माण गर्ने योजना बनाई काम गर्ने, साथै नेपालटार बजार र मुर्कुची बजारमा कभर्डहल बनाउन विशेष प्राथमिकता दिने ।

१७. कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा विकास गरी १०० बेडको बनाउने ।

१८. तावा, वैद्यनाथ, बहादुरा, राकुला, रसुवा, छाताङ, यारी, सुनकोशी, सोरुङ, पौवा, कमला, बलान खोला जस्ता ठूला खोला तथा नदीहरुमा पुल निर्माण गुरुयोजना बनाई क्रमशः समन्वय गर्दै जाने ।

१९. कटारी नगरका वडा नं २,३,४,५ लाई आधुनिक शहरको रुपमा विकास गर्न गुरुयोजना बनाई योजनाबद्ध कार्य गर्ने ।

२०. निर्वाचन क्षेत्र नं. २ का पालिकाका मुख्य व्यापारिक तथा पर्यटकीय केन्द्रलाई व्यवस्थित बजारका रुपमा विकास गर्ने ।

२१. कटारी नगर, नेपालटार बजार, मुर्कुची बजार तथा विकास हुँदै गरेका अन्य बजारहरुको ढल निकास तथा फोहोर मैला व्यवस्थापन गर्ने परियोजना ल्याउने ।

२२. जिल्लाका सबै पालिकामा पुग्न बाँकी रहेको विद्युतलाई जिल्लाभरि नै विस्तार गरी जनताका घरघरमा बिजुली बत्ती पु¥याउने ।

२३. खानेपानीको चलिरहेको योजनालाई पुरा गर्ने र खानेपानीको योजना नभएका पालिकामा खानेपानी योजना निर्माण गर्नुका साथै लिफ्ट खानेपानी योजनाको निर्माण गर्ने ।

२४. चुरे, महाभारतजस्ता पर्वतीय क्षेत्रको संरक्षण गरी पर्यावरणीय सन्तुलन र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने ।

२५. चलिरहेको सिँचाई योजनालाई पूरा गर्न र सिँचाई नभएको ठाउँमा सिँचाई तथा लिफ्ट सिँचाई योजना निर्माण गर्ने ।

२६. नदी तथा पहिरो नियन्त्रण गरी जग्गा जमिन कटानबाट जनतालाई बचाउन बाढी, डुबान र कटानले समस्याग्रस्त बनाएका सुनकोसी, कमला, बलान, तावा, बैद्यनाथ, ककरु, रसुवा, यारी, छांैडिया जस्ता खोला तथा नदीहरुको नियन्त्रण गर्न बजेटको व्यवस्था गर्ने ।

२७. पर्यटन प्रबद्र्धन र विकास गर्न रौता पोखरी, ताप्ली पोखरी, बेतेनी, माझखर्क, उदयपुरगढी लगायतका क्षेत्रमा पूर्वाधार विकास गर्ने र लिम्चुङबुङमा निर्माणधीन एभरेष्ट भ्यु टावरको निर्माण सम्पन्न गर्ने ।

२८. यस क्षेत्रका कुन–कुन पालिकामा के–के उत्पादन भईरहेका छन् र कुन–कुन उत्पादनलाई विशेष जोड दिई पकेट तथा जोन क्षेत्र बनाई लगानी गर्न सकिन्छ भन्ने सम्भावनाको प्राविधिक नक्साङ्कन गरी लगानी केन्द्रीकृत गर्ने र उत्पादन, रोजगारी तथा आयआर्जनमा टेवा पु¥याउने ।

२९. यस क्षेत्रका विभिन्न ठाउँमा स्थापना भएका र भविष्यमा स्थापना हुन सक्ने खानी, उद्योग तथा विभिन्न संरचनाबाट हुन सक्ने प्रदूषण नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरी कार्य गर्ने ।

३०. परेवा झरना, काभ्रेपानी, उदयपुरगढी, रौता पोखरी, ताप्ली पोखरी, एभरेष्ट भ्युटावरजस्ता पर्यटकीय क्षेत्रमा पर्यटकीय सडकको निर्माण गर्ने गरी बजेटको व्यवस्था गर्ने ।

३१. महाभारत पर्वतश्रृङखलामा रहेको रौतामाई पोखरी र यसको आसपासको क्षेत्रको जलाधार संरक्षण गर्ने, पर्यटकीय विकासका लागि एक विकास समिति बनाई स्वायत्त ढंगले काम गर्ने र रौतामाईको मन्दिर एवम् अन्य पूर्वाधारको निर्माण गर्ने । यस क्षेत्रलाई विकास गर्दै विशेष पर्यटकीय क्षेत्र घोषणा गरी संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने ।

३२. वैज्ञानिक तथा व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन गरी बेरोजगारी समस्याको समाधान गर्ने ।

३३. कृषि बीमाको कार्यक्रम लागु गर्ने, साना तथा घरेलु उद्योगहरु स्थापना गर्ने वातावरण सिर्जना गरी आयआर्जनको अवसर प्रदान गर्ने ।

३४. वैज्ञानिक र रोजगारमूलक शिक्षा प्रणाली लागु गर्नका लागि विशेष जोड दिने ।

३५. प्राविधिक शिक्षामा बढी जोड दिने र दक्ष जनशक्ति उत्पादन गर्ने ।

३६. कटारीमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई व्यवस्थित गर्ने । त्यसैगरि उदयश्री बहुमुखी क्याम्पसलाई स्तरोन्नती गरी व्यवस्थित गर्ने ।

३७. एक पालिका एक अस्पतालको व्यवस्था गर्ने र भएका स्वास्थ्य संस्थाहरुलाई सुविधायुक्त बनाउने ।

३८. ज्येष्ठ नागरिकको लागि उपचारमा सहुलियतको व्यवस्था मिलाउने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ।

३९. यो मुलुक बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकोले सबै जाति, भाषा, धर्म, सँस्कृतिको संरक्षण तथा संवद्र्धन र विकासमा सहयोग गर्ने ।

४०. मयंखु–बेतिनी–लिम्पाटार–माझखर्क सडक र बेतिनी–सोरुङछबिसे–रुपाटार सडक निर्माण गर्ने ।

४१. धार्मिक तथा जातीय संस्कार, परम्परा र विश्वासअनुसारका देवस्थल तथा घाटको व्यवस्था गर्ने ।

यस निर्वाचन क्षेत्र नं. २ को विकासको लागि तीनै तहको आपसी समन्वय सहयोग र सहकार्य अति जरुरी हुने हुँदा हामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि गठबन्धनका उम्मेदवारहरु यही भावनाका साथ काम गर्न प्रतिबद्ध छौं । निर्वाचन क्षेत्र नं.२ भित्रका सबै योजनाहरु हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुनेछन् । स्थानीय तहले गरेको प्राथमिकता निर्धारणलाई आधार बनाई सहकार्य गरिने छ । माथि उल्लेखित गरिएका हाम्रा प्रतिबद्धता पूरा गर्न जनताको मतदानद्वारा प्राप्त हुने ऊर्जाले मात्रै हाम्रा प्रतिबद्धता पूरा गर्ने इच्छाशक्तिलाई झन् सशक्त बनाईदिने छ । हाम्रा साझा संकल्पहरु पाँच वर्षसम्म मिलेर नै पूरा गर्ने छौँ ।

जनताका साना या ठूला समस्या समाधान गर्न हामी सधैँ प्रयत्नशील रहने छौँ । स्थानीय सरकारसँगको व्यापक परामर्श र सहकार्यमा हाम्रा कामहरु अगाडी बढाउने छौँ । यहाँको जनमतले राजनीतिक दलहरुको एकतालाई बल प्रदान गर्ने छ र स्थायी सरकार दिने छ । तसर्थ, गठबन्धनमा मतदान गर्नु देशलाई असल बाटोमा हिँडाउन योगदान गर्नु हो । कृपया हामीलाई मतदान गरी सेवा गर्ने अवसर प्रदान गरिदिनुहोस् ।

धन्यवाद ।

 स:शुल्क सहित प्रकाशित

The post उदयपुर २ मा सता गठबन्धनको यस्तो छ, ४१ वुदे ‘संयुक्त प्रतिवद्धता पत्र’ appeared first on Nagarik Bahas.

]]>
आजबाट नागरिक बहस डट कम ५ औं वर्षमा प्रवेश https://nagarikbahas.com/archives/18785 Sun, 02 Oct 2022 03:38:16 +0000 http://nagarikbahas.com/?p=18785 नागरिक बहस डटकम क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नागरिक बहसको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई बिकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहेका छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य...

The post आजबाट नागरिक बहस डट कम ५ औं वर्षमा प्रवेश appeared first on Nagarik Bahas.

]]>
नागरिक बहस डटकम क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नागरिक बहसको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई बिकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहेका छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैन भनि हामीले कसम समेत खाएका छौँ । निष्पक्षता हाम्रो सबैभन्दा विशिष्ट पक्ष हो । सापेक्ष रुपमा हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हो भन्न हिचकिचाउँदैनौँ । निमुखा र आवाज बिहिनहरुको पक्षमा हामी सदैव बोल्ने छौँ र बोलिरहन्छौँ ।

नागरिक बहस चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउँछ, हाम्रो विचारलाई प्रष्ट बनाउँछ । सूचना, विचार–विमर्श, चिन्तन र प्रयोगको माध्यमबाट हामीलाई सत्यको निकट पुर्याउँछ । हामी त्यहि यथार्थलाई प्रस्तुत गर्ने गर्छौ ।

जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारिता मार्फत् हामी यहाँहरु समक्ष बिगत ४ बर्षदेखि प्रस्तुत भईरहेका छौं । आजबाट हाम्रो यो यात्राले ५ बर्षमा पाईला टेकेको छ ।

छापा, रेडियो, टेलिभिजन हुँदै पत्रकारितामा कान्छो सञ्चार माध्यायमका रुपमा बिकास भएको अनलाईन झुठको खेती गर्ने, अनाबश्यक समाचार सप्रेषण गर्ने माध्यायम हुन भन्ने आमबुझाई जनमानसमा बदलिएको छैन । सिमित केही अनलाईन बाहेक अन्य अनलाईन आधिकारिक दर्ता विनै अझैपनि भ्रमको खेतीमै रमाईरहेका छन । शिर्षक एउटा, समाचार अर्के, त्यसमा पनि फोटो एउटा बास्तविकता अर्को बनाएर समाचार संप्रेषण गर्ने प्रचलन रोकिएको छैन । आर्कषक शिर्षक बनाएर मानिसलाई क्लिक गर्न बाध्य बनाउने तर सामाग्री अर्कै राख्ने कारण पनि अनलाईनको बिश्वसनियता घटेको अबस्था छ । अनलाईन समाचार प्रति जनबिश्वास बढाउनु हामी सबैको दायित्व हो । सरकारी तवरबाटै यस्ता गतिबिधिलाई निर्मुल पार्न सञ्चार संयन्त्र प्रभावकारी र चुस्तदुरुस्त पार्नु जरुरी भएको संयन्त्रले अझै प्रभावकारी काम गर्न नसकेको अबस्था यथावत रहेको छ ।

आमसंचारको माध्यमबाट सरकारलाई खबरदारी पहरेदारको रुपमा सत्य, तथ्य, निष्पक्ष, जनमुखी र पारदर्शी डिजिटल पत्रिकाको रुपमा स्थापित गर्ने प्रयासरत छौँ । कुनै देशमा रात पर्दा कुनै देशमा उज्यालो हुने यो बिशाल धर्तिलाई साँघुरो बनाएर एक क्लिकका भरमा अनलाईनले संसारलाई जोड्न सफल भएको छ । संसारका घटनाहरु एक क्लिकमा हामी सहजै उपलब्ध गर्ने अबस्थामा पुगेका छौँ । यो सबै सुचना र प्रबिधिको बिकासका कारण सम्भव भएको छ । यही सुचना र प्रबिधिलाई प्रयोग गर्दै डिजिटल पत्रिकालाई देशकै बिश्वासिलो अनलाईन साबित गर्ने प्रयासमा हामी मोफसलबाट जुटेका छौँ ।

कान्छो सञ्चार माध्यायमका रुपमा उदाएको अनलाईन पत्रिका त्यसमाथि मोफसलबाट सञ्चार माध्यायम सञ्चालन गर्नु हाम्रा लागि कम चुनौतिपुर्ण छैन । त्यसमाथि डिजिटल पत्रिकाको अभ्यास गर्नु हाम्रो लागि कठिन बिषय थियो । ब्यबसायिक रुपमा अन्य सञ्चारमाध्यायम समेत धराशयी बनिरहेको अबस्थामा डिजिटल पत्रिका प्रकाशन, प्रसारण गर्ने आँट जुटाउनु निकै चुनौतिपुर्ण काम थियो । कुनै पनि पेशा अंगाल्न सहज र कम चुनौतिपुर्ण छैन र हुँदैन पनि । अझ सञ्चार क्षेत्रमा निरन्तर पाठक र शुभचिन्तकको मन जितेर अगाडी बढनु त झन कठिन बिषय हो । बदलिँदो समाज सँगै पाठकले चाहेजस्तै सुचना र मनोरञ्जन प्रदान गरेर आफुलाई उत्कृष्ट सावित गर्नु ज्यादै कठिन छ । सत्य, तथ्य, निष्पक्ष र पारदर्शी सञ्चारमाध्यायमका रुपमा आफुलाई स्थापित गर्नु ज्यादै कठिन बिषय हो । यहि कठिन बिषय हामीले रोज्यौँ । यात्राका क्रममा पाईलै पिच्चे काँडाहरु, तीरको तिखो घोचाई र विझाई, उकाली ओराली छन तरपनि हामीले त्यसलाई स्वीकार गर्यौ र त्यहि कठिन यात्रा तय गयौँ । जुन यात्राले आज पाँचौ वर्षको यात्रामा पाइला चाल्दै छौं ।

यात्राका क्रममा आईपरेका बिभिन्न समस्याहरु सँग पौठेजारी खेल्दै आजबाट चार वर्ष पुरागरी पाँचौ वर्षको यात्रामा छौं । उदयपुर जिल्लाकै अनलाइनहरु मध्ये छोटो समयमै समाजमा हुने हरेक बिकृति र बिसंगतिका बिरुद्ध हामीले कलम चलाईरहयौँ, राम्रा कामलाई प्रोत्साहन गर्दै समाजका हरेका गतिबिधिलाई चिरफार गर्न सफल भयौँ । बिकराल परिस्थितिमा हामी कहिले बिचलित भएनौँ, त्यसकै परिणाम स्वरुप हामी पाँचौ वर्षको यात्रामा छौं ।

अनेकौ समस्यासँग पौठेजोरी खेल्दै पाँचौ बार्षिकोत्सवको अबसरमा बिगतमा गरेका राम्रा कामलाई आत्मासाथ गर्दै, खराब कामबाट पाठ सिकेर अगाडी बढने प्रण गर्दछौँ । आगामी दिनमा थप परिष्कृत बन्दै सबै बर्ग, क्षेत्र र समुदायलाई समेटेर सबैको साझा सञ्चारमाध्यायमका रुपमा बिकास गर्दै अघि बढने बाचा समेत गर्दछौ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भई संघ र प्रदेशको निर्वाचन संघारमा आइपुगेको छ । निर्वाचन आयोगले प्रेस काउन्सिल नेपालको भूमिकालाई बाइपास गर्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेर प्रेसलाई कुण्ठित गर्ने काम गरिएको छ । सञ्चार माध्यममा सम्प्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको हो । प्रेस काउन्सिलको अधिकार खोसेर निर्वाचन आयोग आफैंले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने कामले निरंकुश राजतन्त्रकालिन झल्को दिएको र निर्वाचन आयोगलाई यस्तो गलत र आपत्तिजनक निर्णय तत्काल सच्याई नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न हार्दिक आग्रह गर्दछौं ।

संघ र प्रदेशको निर्वाचनमा कसैको दवाव, धाकधम्कीबाट होइन निश्पक्ष तबरले आफ्नो प्रतिनिधि छनौट गरौं । व्यक्तिगत भन्दा राष्ट्र र राष्ट्रियताको हितमा विकास गर्ने नेतृत्व छनौट गरौं । सवैलाई बडादशै, तिहार, छठ लगायत सबै जातजाति र समुदायका बिशेष चाडपर्वहरुको अबसरमा सुख, शान्ति, दिर्घायु, समृद्धि, अमनचयन साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना सहित यो यात्रामा साथ काँधमा काँध दिने सम्पुर्ण सहकर्मी, पाठक, बिज्ञापनदाता, शुभचिन्तक देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ । बिगतमा भएका कमीकमजोरीलाई आत्मा साथ गर्दै आगामी दिनमा परिष्कृत बन्दै अघि बढने क्रममा यहाँहरुका महत्वपुर्ण सल्लाह, सुझाव र साथ सहयोगको सदैव हामी ब्यग्र प्रतिक्षामा रहने छौँ ।
– सम्पादक

The post आजबाट नागरिक बहस डट कम ५ औं वर्षमा प्रवेश appeared first on Nagarik Bahas.

]]>
नागरिक बहस आजबाट चौथो वर्षमा प्रवेश https://nagarikbahas.com/archives/16894 Tue, 12 Oct 2021 01:01:42 +0000 http://nagarikbahas.com/?p=16894 नागरिक बहस डटकम क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नागरिक बहसको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई बिकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहेका छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य...

The post नागरिक बहस आजबाट चौथो वर्षमा प्रवेश appeared first on Nagarik Bahas.

]]>
नागरिक बहस डटकम क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नागरिक बहसको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई बिकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहेका छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैन भनि हामीले कसम समेत खाएका छौँ । निष्पक्षता हाम्रो सबैभन्दा विशिष्ट पक्ष हो । सापेक्ष रुपमा हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हो भन्न हिचकिचाउँदैनौँ । निमुखा र आवाजबिहिनहरुको पक्षमा हामी सदैव बोलिरहेको छौँ र बोलिरहन्छौँ ।

नागरिक बहस चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउँछ, हाम्रो विचारलाई प्रष्ट बनाउँछ । सूचना, विचार–विमर्श, चिन्तन र प्रयोगको माध्यमबाट हामीलाई सत्यको निकट पुर्याउँछ । हामी त्यहि यथार्थलाई प्रस्तुत गर्ने गर्छौ ।

जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारिता मार्फत् हामी यहाँहरु समक्ष बिगत ३ बर्षदेखि प्रस्तुत भईरहेका छौं । आजबाट हाम्रो यो यात्राले ४ बर्षमा पाईला टेकेको छ ।

छापा, रेडियो, टेलिभिजन हुँदै पत्रकारितामा कान्छो सञ्चार माध्यायमका रुपमा बिकास भएको अनलाईन झुठको खेती गर्ने, अनाबश्यक समाचार सप्रेषण गर्ने माध्यायम हुन भन्ने आमबुझाई जनमानसमा बदलिएको छैन । सिमित केही अनलाईन बाहेक अन्य अनलाईन आधिकारिक दर्ता विनै अझैपनि भ्रमको खेतीमै रमाईरहेका छन । शिर्षक एउटा, समाचार अर्के, त्यसमा पनि फोटो एउटा बास्तविकता अर्को बनाएर समाचार संप्रेषण गर्ने प्रचलन रोकिएको छैन । आर्कषक शिर्षक बनाएर मानिसलाई क्लिक गर्न बाध्य बनाउने तर सामाग्री अर्कै राख्ने कारण पनि अनलाईनको लोकप्रियता बढेपनी बिश्वसनियता घटेको अबस्था छ । अनलाईन प्रति जनबिश्वास बढाउनु हामी सबैको दायित्व हो । सरकारी तवरबाटै यस्ता गतिबिधिलाई निर्मुल पार्न सञ्चार संयन्त्र प्रभावकारी र चुस्तदुरुस्त पार्नु जरुरी भएको संयन्त्रले अझै प्रभावकारी काम गर्न नसकेको अबस्था यथावत रहेको छ ।

आमसंचारको माध्यमबाट सरकारलाई खबरदारी पहरेदारको रुपमा सत्य, तथ्य, निष्पक्ष, जनमुखी र पारदर्शी डिजिटल पत्रिकाको रुपमा स्थापित गर्ने प्रयासरत छौँ । कुनै देशमा रात पर्दा कुनै देशमा उज्यालो हुने यो बिशाल धर्तिलाई साँघुरो बनाएर एक क्लिकका भरमा अनलाईनले संसारलाई जोड्न सफल भएको छ । संसारका घटनाहरु एक क्लिकमा हामी सहजै उपलब्ध गर्ने अबस्थामा पुगेका छौँ । यो सबै सुचना र प्रबिधिको बिकासका कारण सम्भव भएको छ । यही सुचना र प्रबिधिलाई प्रयोग गर्दै डिजिटल पत्रिकालाई देशकै बिश्वासिलो अनलाईन साबित गर्ने प्रयासमा हामी मोफसलबाट जुटेका छौँ ।

कान्छो सञ्चार माध्यायमका रुपमा उदाएको अनलाईन पत्रिका त्यसमाथि मोफसलबाट सञ्चार माध्यायम सञ्चालन गर्नु हाम्रा लागि कम चुनौतिपुर्ण छैन । त्यसमाथि डिजिटल पत्रिकाको अभ्यास गर्नु हाम्रो लागि कठिन बिषय थियो । ब्यबसायिक रुपमा अन्य सञ्चारमाध्यायम समेत धराशयी बनिरहेको अबस्थामा डिजिटल पत्रिका प्रकाशन, प्रसारण गर्ने आँट जुटाउनु निकै चुनौतिपुर्ण काम थियो । कुनै पनि पेशा अंगाल्न सहज र कम चुनौतिपुर्ण छैन र हुँदैन पनि । अझ सञ्चार क्षेत्रमा निरन्तर पाठक र शुभचिन्तकको मन जितेर अगाडी बढनु त झन कठिन बिषय हो । बदलिँदो समाज सँगै पाठकले चाहेजस्तै सुचना र मनोरञ्जन प्रदान गरेर आफुलाई उत्कृष्ट सावित गर्नु ज्यादै कठिन छ । सत्य, तथ्य, निष्पक्ष र पारदर्शी सञ्चारमाध्यायमका रुपमा आफुलाई स्थापित गर्नु ज्यादै कठिन बिषय हो । यहि कठिन बिषय हामीले रोज्यौँ । यात्राका क्रममा पाईलै पिच्चे काँडाहरु, तीरको तिखो घोचाई र विझाई, उकाली ओराली छन तरपनि हामीले त्यसलाई स्वीकार गर्यौ र त्यहि कठिन यात्रा तय गयौँ । जुन यात्राले आज चौथो वर्षको यात्रामा पाइला चाल्दै छौं ।

यात्राका क्रममा आईपरेका बिभिन्न समस्याहरु सँग पौठेजारी खेल्दै आजबाट ३ वर्ष पुरागरी चौथो वर्षको यात्रामा छौं । उदयपुर जिल्लाकै अनलाइनहरु मध्ये छोटो समयमै समाजमा हुने हरेक बिकृति र बिसंगतिका बिरुद्ध हामीले कलम चलाईरहयौँ, राम्रा कामलाई प्रोत्साहन गर्दै समाजका हरेका गतिबिधिलाई चिरफार गर्न सफल भयौँ । बिकराल परिस्थितिमा हामी कहिले बिचलित भएनौँ, त्यसकै परिणाम स्वरुप हामी चौथो वर्षको यात्रामा छौं ।

अनेकौ समस्यासँग पौठेजोरी खेल्दै चौथो बार्षिकोत्सवको अबसरमा बिगतमा गरेका राम्रा कामलाई आत्मासाथ गर्दै, खराब कामबाट पाठ सिकेर अगाडी बढने प्रण गर्दछौँ । आगामी दिनमा थप परिष्कृत बन्दै सबै बर्ग, क्षेत्र र समुदायलाई समेटेर सबैको साझा सञ्चारमाध्यायमका रुपमा बिकास गर्दै अघि बढने बाचा समेत गर्दछौ ।

विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई अवलम्बन गर्दै बडादशै, तिहार, छठ लगायत सबै जातजाति र समुदायका बिशेष चाडपर्वहरुको अबसरमा सुख, शान्ति, दिर्घायु, समृद्धि, अमनचयन साथै उत्तरोत्तर प्रगतिको शुभकामना सहित यो यात्रामा साथ दिने सम्पुर्ण सहकर्मी, पाठक, बिज्ञापनदाता, शुभचिन्तक देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ । बिगतमा भएका कमीकमजोरीलाई आत्मा साथ गर्दै आगामी दिनमा परिष्कृत बन्दै अघि बढने क्रममा यहाँहरुका महत्वपुर्ण सल्लाह, सुझाव र साथ सहयोगको सदैव हामी ब्यग्र प्रतिक्षामा रहने छौँ ।

–सम्पादक

The post नागरिक बहस आजबाट चौथो वर्षमा प्रवेश appeared first on Nagarik Bahas.

]]>
पाउल जोसेफ गोएवल्स र नेपाली राजनीति https://nagarikbahas.com/archives/15832 Tue, 25 May 2021 14:24:55 +0000 http://nagarikbahas.com/?p=15832 जर्मन तानाशाह हिटलरको एउटा विश्वासिलो मन्त्रीमण्डका सदस्य (सुचना मन्त्री थिए । अर्थात जनतामा भ्रम फैलाउने र सत्तामा रमाईरहने प्रवितिका योजनाकार (सचिवालय संयोजक) थिए । उनको काम भनेकै सुण्डमुण्ड प्रयोग गरी आफै परिचालन भई नचाहिदा अफवाह, षड्यन्त्र र नचाहिदो अस्त्र प्रयोग गरी जनता सामु भ्रम फैलाउनु र हिटलरलाई शक्तिशाली बनाई राख्नु र आफु पनि सत्ताको विरासतमा...

The post पाउल जोसेफ गोएवल्स र नेपाली राजनीति appeared first on Nagarik Bahas.

]]>
जर्मन तानाशाह हिटलरको एउटा विश्वासिलो मन्त्रीमण्डका सदस्य (सुचना मन्त्री थिए । अर्थात जनतामा भ्रम फैलाउने र सत्तामा रमाईरहने प्रवितिका योजनाकार (सचिवालय संयोजक) थिए । उनको काम भनेकै सुण्डमुण्ड प्रयोग गरी आफै परिचालन भई नचाहिदा अफवाह, षड्यन्त्र र नचाहिदो अस्त्र प्रयोग गरी जनता सामु भ्रम फैलाउनु र हिटलरलाई शक्तिशाली बनाई राख्नु र आफु पनि सत्ताको विरासतमा रमाई रहनु थियो ।

एक दिन जव हिटलरले आत्मा हत्या गरेको थाहा पाए त्यस पछि उ संकटमा फसे र आफ्ना हुर्कदै गरेका ६ जना छोराछोरीहरू, श्रीमती र स्वंयमलाई गोली हानि मरेका थिए ।आज नेपाली राजनीतिमा पनि गोएवल्सहरूको विगविगी बढेको छ । त्यस्ता गोएवल्सहरु नेपाली राजनीतिमा पहिचान गर्न नेपाली जनतालाई खासै गारो छैन ।…..

भ्रमपुर्ण भाषण गर्ने र त्यसलाई वारम्वार सुण्डमुसुण्ड प्रयोग गरी मिडियाम फुक्न लगाउने र (“एउटै झुटलाई सयौं पटक बोलियो भने जनताले पत्याउछन ।” –गोएवल्स) केहि समय जनताले पत्याउने र त्यस पछि झुट रैछ भन्ने थाहा पाए पछि फेरी नयाँ–नयाँ ढम्फु बजाउने र पुर्ण आफ्ना सुण्डमुण्ड छौड्डा÷सुण्डमुसुण्ड प्रयोग गरी विगुल फुक्ने काम निरन्तर भै रहेका छन् ।

यसरी आफ्नो सत्ता बचाई राख्न गोएबल्स प्रवितिका अरिङ्गालहरू अझ कति वर्षसम्म टिकिरहन्छन त्यो भने समयले नै बताउलान ।
आजको यो विश्वव्यापी महामारीको अबस्थामा नेपाली जनताको अभिभावक भएर जनताको जिवन रक्षाको निमित्त सरकार लाग्नु पर्ने बेलामा स्वंम जिम्मेवार ब्यक्ति÷मन्त्रीहरू नै भ्रष्ट्रचारको चंगुलमा फस्नु कति लज्जास्पध विषय बनेको छ ? ! भन्ने कुरा ईतिहासका पानामा एक दिन कोरिने नै छन् ।

यो वेला जनताको सेबा गर्ने समयमा त्यो काम गर्न नसकेर जनताको चौतर्फी जनदवाब÷आक्रोस व्यक्त भएको बेला जनताको सेवा गर्न नसक्ने भए पछि आफ्नो सत्ता टिकाउन ७० वर्ष पुरानो विषय उठान गरेर राष्ट्रियताको (राष्ट्रवाद एकाएक आउने भावनात्मक विषय हैन) ढम्फु बजाएर जनताको ध्यानलाई डाईवर्ड गर्न खोज्ने त कहिले देशको सार्भभौमिकतामा नै आँच पुर्याउने खालको अभिव्यक्ति दिएर आफ्नो सरकार टिकाउनको लागि मात्र गरेको कुरा अव नेपाली जनताले बुझिसकेका छन् । र गोएवल्स प्रवितिका व्यक्तिहरूको पनि त्यस्तै हालत नहोस भन्ने अपेक्षा, चाहाना राख्न बाहेक अरू केहि गर्न सकिदैन । लेखक : युवा संघ उदयपुरका अध्यक्ष हुन् ।

The post पाउल जोसेफ गोएवल्स र नेपाली राजनीति appeared first on Nagarik Bahas.

]]>
सम्पादकिय : इतिहासमा २०७७ सालको परिघटना पुनः नदोहोरियोस https://nagarikbahas.com/archives/15517 Wed, 14 Apr 2021 01:28:23 +0000 http://nagarikbahas.com/?p=15517 २०७७ साल अब हामी बीच पुरानो भएर सदाका लागि बिदा भएको छ । आजदेखि हामी निकै सपनाहरू, कामनाहरू साँचेर नयाँ वर्ष विक्रम सम्वत् २०७८ लाई स्वागत गर्दैछौं । एउटा वर्ष सकिनु र अर्काे वर्ष आरम्भ हुनु सामान्य प्रकृया हो । केवल एउटा ‘क्यालेण्डर’ वा ज्योतिषीय पात्रो फेरिए जस्तो मात्र । तर वास्तविकता त्यस्तो हुँदैन ।...

The post सम्पादकिय : इतिहासमा २०७७ सालको परिघटना पुनः नदोहोरियोस appeared first on Nagarik Bahas.

]]>
२०७७ साल अब हामी बीच पुरानो भएर सदाका लागि बिदा भएको छ । आजदेखि हामी निकै सपनाहरू, कामनाहरू साँचेर नयाँ वर्ष विक्रम सम्वत् २०७८ लाई स्वागत गर्दैछौं । एउटा वर्ष सकिनु र अर्काे वर्ष आरम्भ हुनु सामान्य प्रकृया हो । केवल एउटा ‘क्यालेण्डर’ वा ज्योतिषीय पात्रो फेरिए जस्तो मात्र । तर वास्तविकता त्यस्तो हुँदैन । व्यक्ति, समाज वा राष्ट्रको जीवनमा बितेको वर्षभरिका घटनाहरू र आगामी वर्षका सम्भावनाहरूको आफ्नै विशिष्ट महत्व हुन्छ । एउटा व्यक्ति, समाज वा राष्ट्रले बितेको वर्षबाट धेरै शिक्षा लिन्छ र आगामी वर्षको मार्गचित्र कोर्छ । बितेको वर्षको मूल्यांकन र नयाँ वर्षको सपना हामी यसै कारण निर्धारण गर्छाै ।
एक वर्षअघि नयाँ साललाई स्वागत गर्दा कोरोनाको यस्तै भय र अनिश्चितता थियो । एकप्रकारले राष्ट्रिय बेचैनी छाएको थियो । उसो त लकडाउन हुनेखानेका लागि परिवारसंँग समय बिताउने अवसर बनेर आयो । यद्यपि हुँदा खानेका लागि त्यो साँच्चिकैको विपत् थियो । हप्तौंको लकडाउन तोड्दै पोकापन्तुरा बोकेर हूलका हूल मानिस घर फर्कन राजमार्गमा पैदल हिँडिरहेका देखिन्थे । कोही खाली खुट्टै त कोही चप्पल घिसारेर । कोही बच्चा च्यापेका, कोही वृद्ध बोकेका । सीमामा अलपत्र हजारौं नागरिकको पीडा त्यस्तै हृदयविदारक थियो । २०७७ कोरोना–कहर बनेर भित्रिएको थियो । २०७८ मा त्यही कहरको दोस्रो लहर सुरु भएको छ ।
२०७७ मा नेपाली समाजलाई कोरोनाले मात्रै गाँजेन, राजनीतिको कहरले पनि आक्रान्त पा¥यो । तर नेतृत्वले न कोरोनाको सही व्यवस्थापन गर्न सक्यो, न त राजनीतिकै । २०७७ किन नमीठो पाठ बनेर बिदा भयो ? आज राजनीति किन ‘डेडलक’मा छ ? किन गाँठो झन् कसिलो हुँदैछ ?
उही महँगी, उही मूल्यवृद्धि, उही असुरक्षा, भ्रष्टाचार । कहीं कतै सन्तोष लिने ठाउँ भएन । स्थानीय सरकारमा राम्रालाई भन्दा हाम्रालाई बढी प्राथमिकतामा राख्दै कामकाज अघि बढ्यो । स्थानीय सरकारको गति चलेपनि बेला बेलामा विवादित बन्दै गएको समाचारहरु पढ्न र सुन्न पाएकैछौ । स्थानीय तहमा पहिलाका भन्दा बढी भ्रष्टचार बढ्यो, पहुँच, अवसरवादीले मात्रै लाभ लिन पाए भने उँही नारामा मात्रै सिंह दरबारको सरकार गाउँ गाउँमा भाषणै सिमित हुन पुग्यो । चुनावताका नेताहरुले बोलेको अधिकांश भाषणका कुराहरु आम सर्वसाधारणहरुको लागि कति पुरा भए कति पुरा भए त्यसको समिक्षा हुनु जरुरी छ । कर्मचारीहरु स्थानीय, प्रदेश वा संघमा रहने विवादले पनि २०७७ फलदायी हुन सकेन । कोरोना रोकथामका लागि खरिद सामग्री खरिद प्रकरण होस या यति ग्रुपसँगको सम्बन्धले चर्चाको विषय बन्यो । सेक्रुयुटी प्रेस खरिद प्रकरणले पनि ठूलै चर्चा पायो ।
२०७७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि शुरु भएको कलह पुस ५ गते संसद नै विघठन गरिदियो । विघठित संसदलाई बदर गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गर्यो । यस्तै वादीले माग्दै नमागेको दावी बाहेकको सर्वोच्च अदालतको फैसलाले नेकपा पार्टी विभाजन गराउनेसम्मको सेटिङले चर्चाको विषय बन्न पुग्यो ।
अन्तमा हामीले हाम्रा प्रिय पाठकहरूबाट पाएका माया, हौसलाहरु त्यसै मर्न दिनेछैनौं । नयाँ बर्ष २०७८ सवैको हर्ष र उत्साहको बर्ष बनोस्, देशले सम्वृद्धिको बाटो समाओस्, भ्रष्टाचार र कुरीतिका घटना सुन्न नपरोस् , प्राकृतिक प्रकोप र अप्रिय घटना नदोहोरिउन । नयाँ बर्ष २०७८ को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक र विज्ञापनदाताहरूको साथै सम्पूर्ण मान्यजन, स्वदेश तथा विदेशमा रहनुहुने आमाबुवा, दाजुभाई, दिदीबहिनी, शुभचिन्तक सबैमा उन्नती, प्रगति, सुख, समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं । कार्यकारी सम्पादक

The post सम्पादकिय : इतिहासमा २०७७ सालको परिघटना पुनः नदोहोरियोस appeared first on Nagarik Bahas.

]]>
बिशेष सम्पादकीय – नागरिक बहस तेस्रो बर्षमा प्रवेश : महामारीको भूमरिबाट जनतालाई बचाउनु सरकारको पहिलो दायित्व https://nagarikbahas.com/archives/14043 Thu, 22 Oct 2020 22:33:38 +0000 http://nagarikbahas.com/?p=14043 नागरिक बहस डटकम क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नागरिक बहसको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई बिकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहेका छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य...

The post बिशेष सम्पादकीय – नागरिक बहस तेस्रो बर्षमा प्रवेश : महामारीको भूमरिबाट जनतालाई बचाउनु सरकारको पहिलो दायित्व appeared first on Nagarik Bahas.

]]>
नागरिक बहस डटकम क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा सञ्चालित डिजिटल पत्रिका हो । ‘समाज रुपान्तरणका लागि खोज पत्रकारिता’ स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नागरिक बहसको मुलमन्त्र हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा यसलाई बिकास गर्ने क्रममा हामी निरन्तर प्रयासरत रहेका छौँ । जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैन भनि हामीले कसम समेत खाएका छौँ । निष्पक्षता हाम्रो सबैभन्दा विशिष्ट पक्ष हो । सापेक्ष रुपमा हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हो भन्न हिचकिचाउँदैनौँ । निमुखा र आवाजबिहिनहरुको पक्षमा हामी सदैव बोलिरहेको छौँ र बोलिरहन्छौँ ।
नागरिक बहस चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउँछ, हाम्रो विचारलाई प्रष्ट बनाउँछ । सूचना, विचार–विमर्श, चिन्तन र प्रयोगको माध्यमबाट हामीलाई सत्यको निकट पुर्याउँछ । हामी त्यहि यथार्थलाई प्रस्तुत गर्ने गर्छौ ।
जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारिता मार्फत् हामी यहाँहरु समक्ष बिगत २ बर्षदेखि प्रस्तुत भईरहेका छौं । आजबाट हाम्रो यो यात्राले ३ बर्षमा पाईला टेकेको छ ।
छापा, रेडियो, टेलिभिजन हुँदै पत्रकारितामा कान्छो सञ्चार माध्यायमका रुपमा बिकास भएको अनलाईन झुठको खेती गर्ने, अनाबश्यक समाचार सप्रेषण गर्ने माध्यायम हुन भन्ने आमबुझाई जनमानसमा बदलिएको छैन । सिमित केही अनलाईन बाहेक अन्य अनलाईन आधिकारिक दर्ता विनै अझैपनि भ्रमको खेतीमै रमाईरहेका छन । शिर्षक एउटा, समाचार अर्के, त्यसमा पनि फोटो एउटा बास्तविकता अर्को बनाएर समाचार संप्रेषण गर्ने प्रचलन रोकिएको छैन । आर्कषक शिर्षक बनाएर मानिसलाई क्लिक गर्न बाध्य बनाउने तर सामाग्री अर्कै राख्ने कारण पनि अनलाईनको लोकप्रियता बढेपनी बिश्वसनियता घटेको अबस्था छ । अनलाईन प्रति जनबिश्वास बढाउनु हामी सबैको दायित्व हो । सरकारी तवरबाटै यस्ता गतिबिधिलाई निर्मुल पार्न सञ्चार संयन्त्र प्रभावकारी र चुस्तदुरुस्त पार्नु जरुरी भएको संयन्त्रले अझै प्रभावकारी काम गर्न नसकेको अबस्था यथावत रहेको छ ।
देशमा झण्डै १२ वर्ष लामो संक्रमणकाल, सरकारको तीनै तहको निर्वाचन सम्पन्न भएसँगै स्थायी, प्रदेश र केन्द्र सरकार क्रियाशिल रहेको अबस्था छ । तर पनि स्थानीय, प्रदेश र केन्द्र सरकारको काम गराईमा आज पाइला पाइलामा जनताले औंला उठाईरहेको पाइन्छ । हामी आफुलाई सञ्चार माध्यायम मार्फत पहरेदारको रुपमा सत्य, तथ्य, निष्पक्ष, जनमुखी र पारदर्शी डिजिटल पत्रिकाको रुपमा स्थापित गर्ने प्रयासरत छौँ । कुनै देशमा रात पर्दा कुनै देशमा उज्यालो हुने यो बिशाल धर्तिलाई साँघुरो बनाएर एक क्लिकका भरमा अनलाईनले संसारलाई जोड्न सफल भएको छ । संसारका घटनाहरु एक क्लिकमा हामी सहजै उपलब्ध गर्ने अबस्थामा पुगेका छौँ । यो सबै सुचना र प्रबिधिको बिकासका कारण सम्भव भएको छ । यही सुचना र प्रबिधिलाई प्रयोग गर्दै डिजिटल पत्रिकालाई देशकै बिश्वासिलो अनलाईन साबित गर्ने प्रयासमा हामी मोफसलबाट जुटेका छौँ ।
कान्छो सञ्चार माध्यायमका रुपमा उदाएको अनलाईन पत्रिका त्यसमाथि मोफसलबाट सञ्चार माध्यायम सञ्चालन गर्नु हाम्रा लागि कम चुनौतिपुर्ण छैन । त्यसमाथि डिजिटल पत्रिकाको अभ्यास गर्नु हाम्रो लागि कठिन बिषय थियो । ब्यबसायिक रुपमा अन्य सञ्चारमाध्यायम समेत धराशयी बनिरहेको अबस्थामा डिजिटल पत्रिका प्रकाशन, प्रसारण गर्ने आँट जुटाउनु निकै चुनौतिपुर्ण काम थियो । कुनैपनि पेशा अंगाल्न सहज र कम चुनौतिपुर्ण छैन र हुँदैन पनि । अझ सञ्चार क्षेत्रमा निरन्तर पाठक र शुभचिन्तकको मन जितेर अगाडी बढनु त झन कठिन बिषय हो । बदलिँदो समाज सँगै पाठकले चाहेजस्तै सुचना र मनोरञ्जन प्रदान गरेर आफुलाई उत्कृष्ट सावित गर्नु ज्यादै कठिन छ । सत्य, तथ्य, निष्पक्ष र पारदर्शी सञ्चारमाध्यायमका रुपमा आफुलाई स्थापित गर्नु ज्यादै कठिन बिषय हो । यहि कठिन बिषय हामीले रोज्यौँ । यात्राका क्रममा पाईलै पिच्चे काँडाहरु, तीरको तिखो घोचाई र विझाई, उकाली ओराली छन तरपनि हामीले त्यसलाई स्वीकार गर्यौ र त्यहि कठिन यात्रा तय गयौँ । जुन यात्राले आज तेस्रो वर्षको यात्रामा पाइला चाल्दै छौं ।
यात्राका क्रममा आईपरेका बिभिन्न समस्याहरु सँग पौठेजारी खेल्दै आजबाट २ वर्ष पुरागरी तेस्रो वर्षको यात्रामा छौं । उदयपुर जिल्लाकै अनलाइनहरु मध्ये छोटो समयमै समाजमा हुने हरेक बिकृति र बिसंगतिका बिरुद्ध हामीले कलम चलाईरहयौँ, राम्रा कामलाई प्रोत्साहन गर्दै समाजका हरेका गतिबिधिलाई चिरफार गर्न सफल भयौँ । बिकराल परिस्थितिमा हामी कहिले बिचलित भएनौँ, त्यसकै परिणाम स्वरुप हामी तेस्रो वर्षको यात्रामा छौं ।
अनेकौ समस्यासँग पौठेजोरी खेल्दै तेस्रो बार्षिकोत्सवको अबसरमा बिगतमा गरेका राम्रा कामलाई आत्मासाथ गर्दै, खराब कामबाट पाठ सिकेर अगाडी बढने प्रण गर्दछौँ । आगामी दिनमा थप परिष्कृत बन्दै सबै बर्ग, क्षेत्र र समुदायलाई समेटेर सबैको साझा सञ्चारमाध्यायमका रुपमा बिकास गर्दै अघि बढने बाचा समेत गर्दछौ ।
यस धर्तिका सायद दुई चार राष्ट्र बाहेक कोभिड-१९ विरुद्धको महामारीमा जुद्धि रहेको छ । त्यसबाट नेपाल पछि अछुतो रहन सकेन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि अरबौं खर्च करोडौं रकम घोटाला गर्दै अन्त्यमा हात उठायो । यस महामारी नियन्त्रण हामीबाट हुँदैन् । सरकारले निश्चित समूहका नागरिकबाहेक आमसर्वसाधारण नागरिकले कोरोनाको परीक्षण र उपचारको सम्पूर्ण खर्च आफैँ व्यहोर्नुपर्ने जानकारी दिए । यो जानकारीसँगै सरकार जनताप्रतिको दायित्वबाट पूरै पन्छिएको सूचना पनि दिइएको छ । यसले समाजमा एउटा भय र अविश्वासको वातावरण सिर्जना गरिदिएको छ । संवैधानिक हकको कार्यान्वयन, सर्वोच्च अदालतको हालैको फैसला, सरकारका आफ्नै वाचाहरू, सरुवा रोगको उपचारसम्बन्धी केही प्रोटोकल र कम्युनिस्ट पार्टीका घोषणा सबैले भन्छन् ः कोरोनाको परीक्षण, संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको खोजी तथा परीक्षण र उपचार निःशुल्क गरिनुपर्छ । तर, सरकारले हठात् यो जिम्मेवारीबाट हात झिकेर उसले सम्पूर्ण लज्जा परित्याग गरिसकेको सन्देश दिँदै छ ।
कोरोना महामारीको नियन्त्रण अरू मौसमी रुघाखोकीजस्तो होइन । रुघाखोकी पनि अवश्य सरुवा रोग हो, तर त्यो सामान्य आराम र खानपिनको व्यवस्थापनबाट निको हुन्छ । अत्यन्त थोरैलाई मात्र अस्पतालसम्म पुग्नुपर्ने हुन्छ । तर, कोरोना विश्वव्यापी महामारीका रूपमा आएको यस्तो रोग हो, जसले परिवार, समाज र देशको अर्थतन्त्र तथा जीवनमाथि नराम्रो प्रभाव पारिरहेको छ । हाम्रो जस्तो देशमा कोरोना लागेका व्यक्तिलाई कर नगर्ने हो भने अस्पतालसम्म परीक्षणमा जानबाटै कम्तीमा आधाले तर्किन्छन् र समाजमा अरूलाई सार्दै हिँड्छन् । यसले संक्रमण र मृत्युदरले भयावह रूप लिने निश्चित गर्छ । यो भनेको आत्मसमर्पण हो रोगसँग, जनताप्रतिको दायित्वबाट पलायन हो । कमसेकम निर्वाचित सरकारका रूपमा, एउटा लोकतान्त्रिक पद्धतिमार्फत आएको सकारका लागि र जनताको करबाट चल्ने राज्यका लागि आपत्तिजनक रूपमा लज्जाहीन अवस्था हो । दुई तिहाईको सरकारले यो अवगाल कसरी पचाउँछ, त्यो मात्र हेर्न बाँकी रह्यो ।
साथै विश्वभर फैलिएको कोरोना भाईरस संक्रमणकालिन अवस्थामा सचेत, सतर्क र सुरक्षित रहन जरुरी छ । यस्तो परिस्थितिमा अनावश्यक घर बाहिर नडुलौं, काम विशेषले बाहिर हिँडडुल गर्नु परेमा पनि माक्स, सेनिटाईजर लगाऔं । किनमेल गर्दा भौतिक दुरी कायम गरी आवश्यक सामग्री किनबेच गरौं । आफु पनि बचौं, अरुलाई पनि बचाऔं । विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई अवलम्बन गर्दै बडादशै, तिहार, छठ लगायत सबै जातजाति र समुदायका बिशेष चाडपर्वहरुको अबसरमा सुख, शान्ति, दिर्घायु, समृद्धि, अमनचयन साथै उत्तरोत्तर प्रगतिको शुभकामना सहित यो यात्रामा साथ दिने सम्पुर्ण सहकर्मी, पाठक, बिज्ञापनदाता, शुभचिन्तक देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ । बिगतमा भएका कमीकमजोरीलाई आत्मा साथ गर्दै आगामी दिनमा परिष्कृत बन्दै अघि बढने क्रममा यहाँहरुका महत्वपुर्ण सल्लाह, सुझाव र साथ सहयोगको सदैव हामी ब्यग्र प्रतिक्षामा रहने छौँ ।
-सम्पादक

The post बिशेष सम्पादकीय – नागरिक बहस तेस्रो बर्षमा प्रवेश : महामारीको भूमरिबाट जनतालाई बचाउनु सरकारको पहिलो दायित्व appeared first on Nagarik Bahas.

]]>
राजनीतिमा चाकडी–चाप्लुसी–चम्चा गिरी प्रथा हावी https://nagarikbahas.com/archives/13487 Wed, 16 Sep 2020 23:18:24 +0000 http://nagarikbahas.com/?p=13487 हुन त चाकरी प्रथा हामीले अध्ययन गरेका कयौं धार्मिक पुस्तकमा सेवकले मालिकलाई वा भनौं दुतले भगवानलाई गरेका पढेका छौं तर नेपालमा भने राणा शाषणको सुरुवातबाट अत्याधिक रूपमा रहेको पाईन्छ । राणा शाषणमा सत्रुहरूको बिभिन्न गतिविधि रोक्नलाई चाकरी प्रथाको सुरुवात भएको र राणाहरूलाई शंका लागेका व्यक्तिहरूलाई दरबारमा झिकाई उनीहरूको नजरमा रहन लगाउने गर्थे र यसरी उनीहरूको...

The post राजनीतिमा चाकडी–चाप्लुसी–चम्चा गिरी प्रथा हावी appeared first on Nagarik Bahas.

]]>
हुन त चाकरी प्रथा हामीले अध्ययन गरेका कयौं धार्मिक पुस्तकमा सेवकले मालिकलाई वा भनौं दुतले भगवानलाई गरेका पढेका छौं तर नेपालमा भने राणा शाषणको सुरुवातबाट अत्याधिक रूपमा रहेको पाईन्छ ।
राणा शाषणमा सत्रुहरूको बिभिन्न गतिविधि रोक्नलाई चाकरी प्रथाको सुरुवात भएको र राणाहरूलाई शंका लागेका व्यक्तिहरूलाई दरबारमा झिकाई उनीहरूको नजरमा रहन लगाउने गर्थे र यसरी उनीहरूको नजरमा यसरी समय विताउन सक्नेहरूलाई चाकरी भनिन्थ्यो । राणाहरूले आफ्ना भाई भारदारहरू र आफ्ना निम्छराहरूलाई पनि यो प्रथा लादेका थे । त्यसरी चाकरी नगर्ने आफ्नाहरूलाई राणाहरूले विश्वास गर्दैन थे र कुनै मानसम्मान पद प्रतिष्ठाबाट अलग्गाईन्थ्यौ ।
समय र कालखण्ड सँगै चाकडी –चाप्लुसी–चम्चागिरी गर्नेहरूलाई बफादार, ईमान्दार भनिन थालियो । फलस्वरुप आफ्ना मान्छेहरू नीजि स्वार्थ र पदोन्नतिको लागि चाकडी–चाप्लुसी–चम्चागिरी गर्न थालेका छन् । त्यस्ता चाकडी–चाप्लुसी–चम्चागिरी प्रथा अंगाल्नेहरूका कारण दक्ष, क्षमतावान, लगनशिल, विश्वासनिय, ईमान्दारहरू महत्वहिन भएका छन् ।
१०४ वर्षे राणा शाषणको अन्त्य सँगै चाकडी–चाप्लुसी–चम्चागिरी प्रथा निर्मुल हुँदै गए पनि केहि समयपछि त्यसका जराहरूबाट टुप्पा पलाउने थालिसकेकाथे । आजसम्म यो चाकडी–चाप्लुसी–चम्चागिरी प्रथा राजनीतिक संगठनका तह–तह, सरकारी अड्डाका ओहोदा–ओहोदामा र समाजको तप्का–तप्कामा देखिन थालेको छ ।
खास गरि चाकडी–चाप्लुसी–चम्चागिरी गर्ने व्यक्तिहरू जहाँ चाकडी–चाप्लुसी–चम्चागिरी गर्नु पर्ने हो त्यो ठाउँमा विहानै देखि देखिन थालेका छन् । विहानै घर जाने, घण्टौ समय विताउने, हजुर–हजुर गर्ने, नजरमा देखा परिरहने, दिनमा २–४ पटक नमस्कार गरिरहने, खामबन्दी दर्शन गर्ने, वेकारका कोसेली ल्याउने, काम विहिन पछयाउने, वेकारका सूचना दिने, नचाहिदो कुरा सुनाएर दुष्मनी पैदा गर्ने, गलत कामलाई पनि पटक–पटक सहि हो भन्दै ढाडस दिई चाकड–चाप्लुसी–चम्चागिरी गरी नजिक हुन खोज्ने प्रवृति हावी भएको छ ।
यसरी यस्ता विभिन्न गतिविधी गरे वापत आफ्ना गुनासा, विचारवाट प्रभावित पारी गलत बाटो मार्फत फाईदा लिने काम गरिन्छ । यसरी चाकडी–चाप्लुसी–चम्चागिरीबाट खुसी भएर जस्तो सुकै स्रोत साधनवाट भए पनि चाकडी–चाप्लुसी–चम्चागिरी गर्ने व्यक्तिलाई पोस्ने र फाईदा दिने गर्दछन । यसरी गरिका कृयाकलाप आमा मानिसहरूले सजिलै महसुस गर्न सक्दछन् । तर त्यसलाई विभिन्न नाम दिई अझै हुर्मत दिने काम गरिन्छ ।
यसरी चाकडी–चाप्लुसी–चम्चागिरी गरे पछि संरक्षकको विश्वासिलो पात्र पनि ठहरिन्छन र कतैवाट आएका कोसेलीमा उसको हक रहन जान्छ या भनौ संरक्षकले उनलाई पनि माया गर्ने गर्छ । चाकडी–चाप्लुसी–चम्चागिरी गर्ने व्यक्तिले कहिले कहि हुँदै नभएको पद सृजना गरि चाकडी–चाप्लुसी–चम्चागिरी गर्ने ब्यक्तिका खातिर पद बहाली पनि गर्ने गर्छन ।
जव कुनै युवा – व्यक्ति जोस जागर सहित काममा तल्लिन हुदै आफ्नो आदर्श, सिद्धान्तले चाकडी–चाप्लुसी–चम्चागिरी वेगत काम गर्न खोज्छन उनका विरुद्धमा केहि थान धुपौरेहरू खनिन्छन र त्यस्ता युवा–व्यक्तिलाई घमण्डि वा घामडको संज्ञा दिई गलत बाजा बजाउन तल्लिन हुन्छन । त्यहि मात्र नभएर तिनका विरुद्ध सेवा दिने व्यक्ति र सेवा लिन व्यक्तिविच दरार उत्पन्न गराउन तल्लिन हुन्छन । मानौं चाकड–चाप्लुसी–चम्चागिरी उसको सामजिक उत्तरदायित्व हो । चाकड–चाप्लुसी–चम्चागिरी नगरि नहुने विषय बनाएर उ आफु र आफन्तलाई सम्रान्त बनाउन सफल होला तर देश र समाज भने भुमरीमा फस्न पुग्छ ।
माथिल्लो अहोदालाई चाकर गरे बापत उनलाई र उनका मान्छेहरूलाई काम, रोजगार, जागिर दिने हुदैन नभएको पद सृजना गरी पदस्थापन गर्ने कयौं घटनाहरू समाजले खुल्ला रूपमा नै अंगालेको देखिन्छन् । तर, विस्तारै उनीहरू चाकड–चाप्लुसी–चम्चागिरीको भुमरीमा पस्दै जादा न उनको लक्ष्य प्राप्त हुन्छ न देश र समाज रुपान्तण हुने मौका पाउँछ । केवल चाकडी–चाप्लुसी–चम्चागिरी गर्ने र उनका नजिकका केहि थान हुलहरूमा मात्र अवसरहरू सिमित हुन पुग्दछ ।
परिणाम गर्नै नहुने काम पनि गर्दै जाँदा देश र सामजलाई भने नोक्सानी हुने गर्दछ ।
चाकड–चाप्लुसी–चम्चागिरी प्राप्त गर्ने व्यक्ति देश र समाजको जति माथिलो ओहोदामा विरजमान हुन्छ त्यति नै उनको निर्णय ठुलो हुदै जान्छ । त्यसैले गर्दा चाकडी–चाप्लुसी–चम्चागिरी कै दवावमा परेर गलत निर्णय गर्दा विषयबस्तु व्यक्तिको साक्षरतारनिरक्षरता, वस्तुनिष्ट मुल्य मान्यता यी सबै कुराको मुल्याङ्कन हुन छाड्दछ । चाकडी–चाप्लुसी–चम्चागिरीको भरमा महत्वपूर्ण सरकारी नियुक्ति गरिने र सरकारी निर्णय हुने भएकोले त्यसको असर देश र सामाजिक संयन्त्र माथि पर्न जान्छ । जसले गर्दा अशिक्षित, अयोग्य, क्षमता विहिन व्यक्तिलाई प्रश्रय पुग्दछ र योग्य, क्षमतावान र दक्ष युवा–व्यक्तिहरू देश पलाएनको खतरा हुन पुग्दछ ।
चाकडी–चाप्लुसी–चम्चागिरी प्रथालाई उपयोग गर्दै आफ्नो काल्पनिक शत्रुको विश्वसनियता घटाउन उनीहरूको विरुद्धमा अफवाह र झुटका भ्रुन फैलाउन हर हमेसा लागि परिरहन्छन् । यदि काल्पनिक शत्रु निज भन्दा पदिय हिसावले माथिल्लो छ भने चाकडी–चाप्लुसी–चम्चागिरीको हतकण्डाले उसलाई पन्छाई उ भन्दा माथिल्लो तहमा काल्पनिक सिकायत गर्दछन् ।
अतः व्यक्ति स्वचालितबाट (रिमोर्टबाट संचालन हुने ब्यक्ति) जालझेल, प्रपञ्च र षड्यन्त्रको शिकार हुन पुग्दछ । यस्तो नपुसंकताले अर्धपतन र कोरोना भाईरस भन्दा भयङ्कर रोगले आफु र समाजलाई प्यारालाईस बनाउने बाटोमा ल्याउछ । तसर्थ देश र सामजको जिवनवाट चाकडी–चाप्लुसी–चम्चागिरी प्रथा नहटेसम्म देश भ्रष्टचारमुक्त मात्र होइन दक्ष, शिक्षित, ईमान्दार, व्यक्ति, देश, समाजको कल्याण हुन सक्दैन ।

The post राजनीतिमा चाकडी–चाप्लुसी–चम्चा गिरी प्रथा हावी appeared first on Nagarik Bahas.

]]>
जितिया ब्रत या बिध https://nagarikbahas.com/archives/13395 Wed, 09 Sep 2020 11:58:29 +0000 http://nagarikbahas.com/?p=13395 यी सैबकोई जानै छै, कि थारु यै भूमिमे जलमल छै । या अनादिकालसे रैह रहलछै । यै समुदायके आपन अलगै किसिमके संस्कृति या पहचान छै । बहौत संस्कृति मेसे जितिया पावैन एक चियै । यी पाबैन थारु जनिजाइत सब आपन धिया पुताके निक जिवन, उन्नति, पराक्रम या वकर सफलताके लेल करैछै । नेपालके तराइ भागमे...

The post जितिया ब्रत या बिध appeared first on Nagarik Bahas.

]]>

लेखक : बुद्धसेन चौधरी

यी सैबकोई जानै छै, कि थारु यै भूमिमे जलमल छै । या अनादिकालसे रैह रहलछै । यै समुदायके आपन अलगै किसिमके संस्कृति या पहचान छै । बहौत संस्कृति मेसे जितिया पावैन एक चियै । यी पाबैन थारु जनिजाइत सब आपन धिया पुताके निक जिवन, उन्नति, पराक्रम या वकर सफलताके लेल करैछै । नेपालके तराइ भागमे रहल थारु महिला या वकर अरोसिया परोसिया ठाम या गाममे रहैबला दोसरो समुदायके मधेसी, दलित महिला सब यी पावैन श्रद्धा या भक्तिके साथ करैछै । इन्डियाके विहार राज्यके साथै दोसरो ठाममे सेहो यी पावैन मनाबैछै । अखैन यी पाबैन विदेशमे सोहो मन्याल जाइछै । तैदुवारे यी पाबैन अखने राष्ट्रिय पावैनके रुपमे आपन जगह बनेनेछै । पैहने यी पाबैनके मौकामे नेपाल सरकार जितिया मनाइ बला थारु समुदायके जनिजाइत के छुट्टी दैछेलै । लेकिन वादमे यी पाबैन त दोसरो समुदाय मनाबैछै कैहके अखैन जितिया मनावैवला जनित जाइत सबके छुट्टीके बेबस्था करनेछै ।

यी एकटा चलन या अटुट विश्वास चियै । यै पावैनसे घर परिवारमे एकटा लबका किसिमके बल पाबल जाइछै । यी पाबैन महताइर या धिया पुतावीचके असिम सदभाव या माया प्रेम चियै । त लैहरा या ससुरा जोरैके एकटा बलगर कँरि सेहो चियै । आपन पुरना पुरना सखि बहैनपाके साथै बाप महताइर भ्या बहैन संगै आपन सुख दुख बाँटैबाला बहौत निक अवसर सेहो चियै । यी एकटा ब्रत, उपास त चियैके, ओकर साथै साथ यी एकटा पहचान चियै, एकटा परम्परा चियै, एकटा संस्कृति सेहो चियै । यै मे थारु समुदाय के बंशके सम्बन्ध जोरलछै ।

जितिया कथा त ठाम मुतिबिक कुछने कुछ फरक छै । लेकिन ओइ के सनेस एके छै । कथामे त पृथ्वी, धरती, अकाश, पताल केनङखे भेलै सेहो बतेनेछै । लेकिन ऊ सबके छोइरके छोट कथा छै जे यी चियै । पुरापुर्व कालमे उत्तरी भारतीय प्रायदिपमे साली बाहन नामके एकटा महा प्रतापी राजा रहै । ओइ राजाके रानीके नाम सहाय रहै । राजारानीके कोनो धिया पुता नै रहै । बुढहारि उमेरमे एकटा बेटीके जलम भेलै । ऊ बच्चा राजकुमारीके नाम मसवासी राखल गेलै । बच्चा कनियेटासे बहौत सुसिल, सुन्दर रहै । सयम हंसिखुसीसे बितल गेलै । जब राजकुमारी जवान भेलै । राजा ओकरा बियाह करैले राजकुमार ताकैके हुकुम देलकै । बहौत देशसे राजकुमारीके लेल राजकुमार देखल गेलै । यी बात राजकुमारी मसबासीके पता चललै । राजकुमारी आपन महताइरके ज्याके कहलकै । हम बियाह नै करबौ । हम तोरा सबके छोइरके नै जाइले चाहै चियै । हम भगबानके तपस्या करैले चाहै चियै । हमरा दरबारसे कातमे लगै एकटा कुटि बन्यादे । हम ओहैमे रहबै भगबानके अराधना करैत रहबै । राजा यी बातसे बहौत दुखित भेलै लेकिन करतै त कि करतै भगबानके कोबलेसे राजकुमारी के जलम भेल रहै । ऊ बिबस भ्याके बेटिके बात मानैले तैयार भेलै ।

राजकुमारी मसवासी कुटीमे रहै लागलै या भिनसरे सुरुजके किरन उगैसे पैहने लदिमे ज्याके अस्लान करै आ चैल आबै । आपन काममे लाइग ज्या लागलै । समय बितैत गेलै एक दिनके बात चियै राजकुमारी के लदिसे आबैले बेर भ्या गेलै या सुरुज उइग गेलै । सुरुजके किरन राजकुमारीके देहमे पैर गेलै । जेकर चल्ते राजकुमारी भारी भ्या गेलै । मतलब गर्भबति भ्या गेलै ।

समय पुगलाके बाद राजकुमारी एकटा सुन्दर बौवाके जलम देलकै । ऊ कनियेटासे बहौत चन्चल रहै । बढलाके बाद गाम घरमे खेलाबैले ज्या लागे लागलै । कोनो कुछोमे ऊ सबके जितलै । गाम घरके लोक सब ओकरा जितुवा कहे लागलै । एक त राजदरबारसे जोरल रहै दोसर ओइहनङो सब चिजमे जितलै । त ओकर नामे जितुवा रैहगेलै । अखैनियो थारु समुदायमे नाम गाम ओकर गुन या स्वभावसे राखैके चलन छेबे करै ।

जितुवा जब ढेरबा भेलै । गामके छोरा सब जितुवाके केनाखे हराइबै तैमे आपन दिमागके खियाबे लागलै । सब दिन लखा जे जे खेल रहै ऊ त खेलबे करलकै । एकटा येहेन खेलके रचना करलकै जेकर नाम रहै अन्हरा अन्हरीके डाइढ काटनाइ । खेलके बहौत नियममे से एकटा नियम रहै । महताइरके नाम ल्याके अन्हरा अन्हरीके डाइढ काटल घरके भितरमे ढुकनाई या बापके नाम ल्याके बहार भेनाई । जितुवा सैब नियमके पालन करलकै लेकिन ओकरा बापके नाम थाह नै रहै । तै दुवारे ऊ डाइढसे बहार नै आबैले सकलकै । आब त गोटे गामके छौरासब ओकरा खिचारे लागलै । सबकोई कहै यी अनेरबा के बेटा चियै । आब केनाखै बहार येतै । येकरा त बापके नामे नै थाहछै । जितुवा चुपचाप डाइढके भितरमे मुह लरक्याके बैठल रहै । ओहै छौरामे से एक गोरे दौरल गेलै । मसवासिके कहलकै जितुवा अन्हरा अन्हरीके खेल खेलने छौ । मसवासी दौरल येलै या बेटाके भोइर पाँजके पकैरके कहलकै तोहर बाप के नाम सुरुज चियौ । ताब ऊ सुरुजके नाम ल्याके डाइढसे बहार येलै ।

जितुवाके भोइर राइत निन नै भेलै । बिहान भेलै त महताइरके कहलकै हम आपन बाबुके भेटैले जेबै । महताइर कहलकै ऊ सम्भब नै छौ । तबो जितुवा जिद करलकै । महताइर ओकरा पेरामे खाइले कुछो कलौ या पैसा देलकै या बिदाह करलकै । जितुवा एक दिन दुई दिन करैत मैहनौ बापके ताकैले चलैत रहलै । सुरुज बुझहलकै जे यी कोनो धरानि घर नै आबै लौटैबाल छै । ताब ऊ लोकके रुप धारन कैरके । जितुवाके भटेलै या कहलकै । वौवा कोने जाइचिही । जितुवा कहलकै हमर बाप सुरुज चियै ओकरे भेटैले जाइचियै । बहौत समझेलकै । तबो नै मानलकै या ऊ आपन रस्ता फेर चैल देलकै । ताब ऊ लोक जितुवाके कहलकै । रे बौवा हमही सुरुज चियै तोहर बाप । ले आब त घर घुमबिही । जितुवा ताबो ने मानलकै । कहलकै हमर संगै चल । नेत लोक केहङखै पतियेतै कि हमे बाबुसे मिलल रहियै । ताब सुरुज आपन शक्तिसे जितुवाके बरदान देलकै या कहलकै आइसे तोहर नाम जितमहान भेलौ । जे तोहर पुजा अराधना करतै ओकर धियापुता सबके तोहर लखा दुख भोगैले नै परतै या ऊ जिबन्त रहतै । यी कोन बिधि करतै । सुरुज बिधि सेहो बतेलकै जे कि निचलका भागमे लिखलछै ।

जितुवा आइबके नगरबस्ति मे यी बातके सोर करलकै, ढोलहा पिट्या देलकै । समय येला पर आसिन मैहनाके अनहैरिया सतमि, अठमि, नवमि तिथिमे गाम या नगरके लोक सब जितमहानके ब्रत राखलकै । विधि मुताबिक ऊ सब सतमि तिथिमे अनगुतै नर्वदा लदिके सर्वदा घाटमे एकठाम भ्याके अस्लान कैरकै । पाबैनके सुरु करलकै ।

लदि कात एकटा बरका पाकैरके गाछ रहै । गाछके उपरमे चिल्हौर या निचा घौंघैरमे सियार रहैछेलै । दुनु गोरेमे बहौत मिलान छेलै । एक दोसरके भासा बुझहै छेलै । सियारनि पुछलकै चिल्हौरनी से कि हे सखि आई कि बात चियै जे घाटमे दाइमाइ सब थेहथाह करैछै । चिल्हि कहलकै जे सुरुज के बंशमे एकटा प्रतापी जितमहान रहै ओकरे ब्रत यी सब करैले येलछै । फेर सियारनी पुछलकै जे इ ब्रत करनेसे कि फाइदा हेतै । चिल्हि जवाफ देलकै । जे यी ब्रत नेम निस्ठासे करतै ओकर धियापुता सब जिवा जिबन्त रहतै कोनो किसिमके दुख कलेस नै हेतै । ताब फेर सियारनि कहैछै जे अपनो सब यी ब्रत करबिहि त नै हेतै ? चिल्हौरनी कहलकै जरुर हेतै ।

जाब दाइ माइसब घाटसे चैल गेलै त येहो दुनु गोरे घाटमे ज्याके खैर माइट सेलहेलकै । ओकरेसब लखा कैरकै यी ब्रत लेलक । सतमि तिथिके अन्तिम पहरमे ओटधन सेहो खेलकै । अठमि तिथि भुखले पियासले रैहके घाटमे येलहा पबैनकरी संगे जितियाके खिसा सेहो सुनलकै । जाब राइत परलै त । सियारनिके भुख लागलै । ऊ भुखसे छटपट करै । संजोगसे वोहै दिन गाममे एकटा सौदागरके बच्चा मेर गेल रहै या लदि कात गाइर देने रहै । सियारनी ऊ खाइले ताकै । लेकिन उपरसे चिल्हौरनी देखैत रहै । ताब ऊ बीच बीचमे हल्ला कैरकै कहै । हे सखि सुतल चिही कि जागल । चिल्हौनि कहै जागले चियै । बेर बेर जे पुछे त चिलहौरनि कहलकै कथिले यी पुछै छे ऊ चुप भ्या गेलै । एक दुई दाइब बोलेनेसे नै बोललै त सियारनि बुझहलकै कि सखि सुइत गेलै । ऊ धोइधसे निकैलके निकहैत छुपकैत ज्या के गारलहा बच्चाके उखाइरके भोइर पेट खेलक या फेर चुपे चाप कनहिक लाइबयोके धोइधमे ढुइक गेल । उपरसे सियारनि यी सब देखैत रहै ।

भिनसर भेलै त दाइ माइ सब फेरो घाटमे आइबके पारन करलकै । सियारनि चिल्हौरनि के पुछै जे हे सखि पारन नै करबिही । ऊ त मौस खाइत देखने रहै । रिससे कहलकै हम नै करबौ तोरा बर भुख लागलछौ त क्या ले । सियारनी राइतके मौस लाबने रहै ओहैसे पारन करलकै । सियारनि पाछे पबैनकरि सबके बचल खुचल चिजबिज से पारन करलकै ।

चिल्हौरनि के मालुम रहै जे सियारनिके ब्रत भ्रष्ट भ्या गेलछै । येकर प्रत्ये हम केनङखे लेबै । दुनु गोरे तिर्थके लेल चललै । बहौत किसिमके तीर्थ गेलै देवी देवताके दरसन करलकै । अन्तमे प्रयागके कुम्भ मेला पुगलै या दुनु गोरे ओहैसना आपन प्रान तेजलकै । तीर्थमे देह तेजनेसे मनुस योनिमे जलम हैछै से जनविस्वास छै । ऊ सब दोनो भास्कर महाजनके घरमे जेमा बेटिके रुपमे जलम लेलकै । जेठकि बहैन चिल्हिके नाम सोमता या छोटकि बहैन सियारनि के नाम बेमता भेलै । जवान भेलापर दुनु गोरेके बियाह भेलै । जेठकी सोमताके महथा घरमे बियाह भेलै त छोटकि बेमताके राजा मलय केतुसे बियाह भेलै । सोमताके घर दिया पुतसे भैर गेलै ओकरा सातटा बेटा भेलै । बेमताके कोनो धियापुता नै । हेबो करै त मोइर मोइर ज्या । छोटकि बहैन बेमता डाहहे जैर जैर मोरै या आपन दैयासे रिस करै । जितमहान के पुजाके दिन रानी बेमता आपन महलमे खटपरन द्या देलकै । राजा मलयकेतु के जाब यी बात मालुम भेलै त । आइबके पुछलकै जे हे महारनी तोरा कि भेलै ? कथिले खटपरन देने चहक । रानी कोनो जवाफ नै देलकै । कहलकै सतबचिया करु ताब हम कहब कि हमरा कथि भेलछै ।

राजा रानीक के बात माइनके सतबचिया करलकै । ताब रानी उठलै या कहलकै । हमरा एकोटा ने धियापुता आइछ या हमर बहैन के सात सात टा बेटा । हमरा ओकर सातो बेटामे काटल मुर चाही । राजा त रिससे चुर भ्या गेलै या कहलकै यी केना भ्या सकैछै । लेकिन रानिसे सतबचिया केने रहै । मानै परलै । सिपाहीके पठेलकै या कहलकै मुरि काइटके लाबैले । राजाके हुकुम मुताबिकके काम भेलै । रानि के देख्याल गेलै । सबके सातटा डाल बन्याके ललका कपरामे मुरी बाइन्हके । दासिके हाथै पारन करैके बास्ते बहैन सोमताके घर पठेलकै । सोमताके जितिया ब्रतके चल्तै सातोटा बेटा जि गेलै । डालिमे बान्हल्हा मुरि सब नरियर भ्या गेलै । अने रानि बेमता असियाल रहै जे बहैन सोमता या ओकर सातो पुतौहसब कन्ना रोहैट करैत हमर लग येतै । रानि राजाके फेरसे कहलकै जे यी केना भ्या गेलै । राजा जवाफ देलकै जे सातोटा मुर त सामनेमे छेलौ । ताब राजा सोंचलकै जे यहाँ के बहैन पहौनका जलममे कोनो सत ब्रत या आचरण करने हेतै ताब ओकर धिया पुता सब जि गेलै । यहाँ नै करनै हेबै ताब यहाँ के धियापुता नै हैये । हेबो करैये त मोइर जाइये । यी बात सुइन के रानि चपु भ्या गेलै ।

दोसर साल जाब जितिया के समय येलै त रानी बेमता आपन बहैनके घर ज्याके कहैछै जे हे बैहना यैबेर हमहु जितिया पाबैन करबै । सोमता कहैछै । जितिया करैसे पैहने हमर संगे चल । ऊ सब नर्वदा लदिके सर्वदा घाटमे पुगलै । सोमता कहैछै तोरा कुछो याद आबैछौ । बेमता कहैछै नै । ताब सोमता कहैछै । पहौनका जलममे हमे चिल्हौरनि या तोहे सियारनि रिहि । यहै बुढ पाकैर के गाछके उपरमे हम या निचामे तोहे रहैत रिहि । दुनु गोरे जितिया करने रिहि । तोहे उपासके दिन ज्याके मुर्दा उखाइके खेलहि । हम भुखले रहलियै । तोहर ब्रत भ्रस्ठ भ्या गेलौ । ताब तोहर धियापुता नै हैछै या हेबो करैछौ त मोइर जाइछौ । नै पत्याइ चिहि त चल ओइ गाछके धोइधमे अखैनियो मनुस के हड्डि छेबे करै । हड्डि देखते मातैर बेमताके सब बात याद येलै या ऊ आपन देह ओहैसना त्याग कैर देलकै । राजा ओकर काम क्रिया क्या देलकै । यी कथा ओर्या गेलै । दोसरो जलमके कथा सेहो जोरल छै । ओहो जलममे चिल्हौरनि के जित हैछै । एक जलम के करलहा खराब काम जम्मो जलम तैक पछारैछै ।

यै किसिम से जितिया पाबैन के कथा छै । वनङ त ठाम ठाममे दोसर किसिमके कथा छै । लेकिन कथा ने निचोड एकै छै । प्रकृतिके सिरजल सैब पौस परानि सब एक दोसरसे जोरलछै । एक के नास हेने से दोसरके असर हैछै । सबके मिलके रहबाके चाहि । आपनसे जेठके आदर या छोटके मामत करबाके चाहि । कोनो भि चिज विधि पुर्वक निस्ठासे करने से सफलता जरुरे हाथ लागैछै । यी पाबैन के पुरापुर्व कालमे जतहेक महत्व रहै अखैन ओहबेक नै बलकि ओहौ से बेसि भेलछै ।

जितिया पावैन के विध
यी पावैन आसिन मैहना अन्हैरिया के सतमी, अठमी या नवमी तिथिमे मानल जाइछै । सरदरमे कहनेसे कलस्थापन के ९,१० दिन पैहने यी पावैन करल जाइछै । यी पावैन उठाइले (पाथै के लेल) खर दिन होना चाहि । मतलब यी ब्रत शुरु करैले तिथिमे सैन, रैब, या सोम दिन परैके चाहि । अर्थात् सैन दिन लाई, रैब दिन उपास या सोम दिन पारन परतै ताबै येकर शुरु कैर सकैछै । लबका कनिया सब कहियो कहियो त यी साइत ले असिय्याल असिय्याल पावैने नै क्याके धिया पुता के म्या बैन जाइछै ताबो ने सुइध लागैत रहैछै ।

थारु समुदायमे यी ब्रत लैहरमे लैके चलन छै मगर सौसरोमे ब्रत लैमे कोनो बरना नैछै । लबका लबका कनियाके बाप भ्या त जनम अठमिसे पैहनेसे अपान आपन बहैन बेटी के लैहर ल्या जाइछै । यै पावैनमे जितके प्रतिक के रुपमे जितमहान के पुजा करैछै । खानपिन के सौखिन थारु समुदाय के यी पावैन लैहर से लैले आबै बला दिनेसे शुरु हैछै । मेजबानके स्वागत करैले अलग किसिमके खानपान के व्यवस्था करने रहैछै । जै मे पेरबाके मौस अनिवार्य रहैछै । जे मौस नै खाइछै वोकरले वोइहनङ खान पान मिलाइने रहैछै । आइकौल त जाब पवैनकरी लैले नै आबैले सकैछै त फौनो कैरके कैह देछै कि दैया आबिहे हम लैले नै आबैले सकबौ ।

जितिया पावैनके आपने किसिमके बिध छै । यै पावैनमे प्रकृतिके सिरजलहा अन्न पाइन या चीजबिजके लारचार करल जाइछै । लवका पवैनकरीके लेल डलिया सजिसजाउ सहित वोइमे बिखमानके पता, जितियाके फुल, कचनाइरके फुल, घेराके पता, घेराके फुल, बाङके फर, चिकनी माइट, खैर, करु तेल, धानके मोइर, सिकि, पान, सुपारी, दही, चुरा, गुँड, धुप या अगरबती, अछत, बौटरा, गौरा खर, तुलसीके पता, सिनुर, केराके डमखोर, सिकीके धनुस, थारी, कलस, पैसा, फल फुलके सङे सङ हरदियान या करिया रङके धजा सेहो रहैछै । वोकरा जरुरी मुताबिक समय समयमे ठाम ठाममे पुजा करल जाइछै ।

लाइके दिन
पावैनके पहौनका दिनके लाइ दिन वा लेह्या सेहो कहैछै । लेह्याके मतबल लेहेनाइ (अस्लान करनाइ) चियै । पवैनकरि सबेरे अंगनाघर क्याके लगका पोखैर, लदी, बान्ह, दह, कुपामे ज्या के लहावै (स्लान) छै । जैठना लहाइछै ओहैठना भिजले नौंवा सङे घाटमे चौका क्याके घेराके दुइटा पतामे पुरुब भर घुइम के सुरुज भगवानके और जितमहान बाबाके दुइटा पुजा करैछै । जै पुजामे खैर, माईट, करु तेल, घेराके फुल चरहाबैछै । तकर वाद जलके ढार दैछै । या फेन गोर लाइगके पुजा पाइनमे भस्यादैछै । अकर बाद बचलहा पुजा सामग्री अर्थात् चिक्नि माइट, खैर तथा करुतेलसे फेन निकसे लहावैछै और तब लवका या चिकन (सफासुघर) कपरा लग्याके घर आबैछै । घर आइबके आपन घरके देवताके सेहो निपपोत करैछै । तकर बाद खाना खाइछै । यै किसिमसे पहौनका दिनके बिध पुरा हैछै । तब भोइर दिन ओटघनमे खाइबला चिजबिजके तैयारीमे लाइग जाइछै ।

ओटघन
ओटघनके मतलब भुख सहैसे पैहनै करैबला खानपीन हैछै । ओटघन खास कैरके तिथिके मुताबिक तोकल समयके भितर करलजाइछै । यी सतमि तिथिके भितर हेबाके चाही । नेत सोझसाझसे सुरुज उगैसे पैहने या कौवा बोलैसे पैहने ओटघन ख्याल जाइछै । यैमे बहौत पकवान रहैछै । खानपिन कैरके सखि बहैनपा सब गफसफ करैत सुतैछै या बडका भिनसरे उइठके दिन भैरके ओरियेलहा चिज बिजके आपन स्वादके मुताबिक पक्याल जाइछै । ओटघन खान पिनमे कोनो किसिमके बन्देज नै रहैछै । ओटघन के लेल ओलके तरकारी या माछ त रहबै करैछै । जे माछ नै खाईछै वोकर लेल साग तरकारी, दुध, दही, चुरा, केरा लखा पकवान रहैछै । ओटघनमे मौस नै खाइछै । ओटघन खाईसे पैहने गोसाइ घरके ओसरा पर चिल्हौर या ओसराके निचामे सियारके घेराके पतामे एक एकटा पुजा दैछै । जै पुजामे दही, चुरा, केरा गुँड, सुपारी रहैछै । तेकर वाद पुजामे जल ढार क्याके गोर लागैछै, पुजा उठाबैछै या बच्चा सब परसाद बन्याके ख्यालेछै । तेकर बादे पवैनकरनी सब अपन मन भोइरके खाइछै ताकि उपासके दिन निकसे सैह सकि ।

उपास
उपासके मतलब भुखे रहनाइ हैछै । ओटघन खेलाके वाद भैर दिन पवैनकरि सब भुखले पियासले कुछो ने ख्या पि के निराहार रहैछै । गाम घरमे माइन्जन, जेबार या सैबके निक हैबला ठाममे पवैनकरनी सब आपन आपन डलामे पुजाके डलियासंगे श्रद्धासे बैठ के जितिया खिसा सुनैछै । बीच बीचमे कथा कहैबला के मुताबिक कखनो सुरुज भगवानके, कखनो जितुवाके, कखनो गरुरके, कखनो चिल्हौरके, कखनो नर्हियाके पुजा करल जाइछै । लबका लबका पबैनकरनि सब त खिसा कहैबला ठाममे आपन आपन पोखैर कोइरके एकटा महारमे पाकैर के ठाईर गारने रहैछै और पोखेरमे पाईन पौरने रहैछै । पोखेरके चारु कोनमे हरदियान या करिया रङके धजा गारने रहैछै । डलियामे ओरियेलहा चिज बिज सङे खिसा सुनैत पण्डितके मुताविक पुजा करैछै । जेकर जितिया खसल रहैछै वोकर डलामे एक थारि चौर या पैसा सेहो रहैछै ।

खिसा ओरेला के बाद पबैनकरी सब के जेकर कोइख नै बिगरल रहैछैसे तिन दाइब कुसाईरसे जिह खोइध दैछै । खास क्या के मामि, भौजि या काकि यी काम करैछै । पबैनकरनी के भाइ केरा के डमखोर के बनेलहा घोडामे चहैरके सिकि के धनुस या सिकि के काड से बहैन के तिन दाइब पिठ मे मारैछै । खिसा कहैबला के सब कोइ पाँचटा धान के मोइर या पाँचटा केरा के साथै साथ फलफुल सब दान मे दैछै । कपडा लगाइ मे कोनो किसिम के बन्देज नै छै । लब कपडा हेबे के चाही से नैछै लेकिन कपडा सफा होना चाहि । तेकरबाद लग मे लगलहा धाम मे सखि बहैनपा के साथे साथ धिया पुता के ल्याके जाइछै । गाम घर मे जितमहान के मुरुत सेहो बनेने रहैछै । ओइसना ज्याके पुजापाठ सेहो करैछै । राइत मे पबैनकरी सब के मनोरञ्जन के लेल बहौत किसिम के नाच गान सब हैछै । जै मे धुमरा नाच, सोरैठ, मान, झमटा लखा नाच सब रहैछै । अखैन त लबका लबका किसिम के फिल्म, ड्रमा, भिडियो सेहो देखैके चलन छै ।

पारन
ब्रत के वाद खाइ पियैले सुरु करै वला एकटा बिध पारन चियै । पारन तोकल समय से पैहने नै करैछै । पारन के दिन सैब से पैहने अस्लान कैरके आपन आपन घर के देबता के लिप पोत कैरछै । अपना नै सकैछै त घरके दोसरो लोक सब यी काम क्या सकैछै । पारन के लेल पैहिने घरके देबतामे केराके टुपिबला पतामे हथौवा मुसरासे कुटलहा चुरा, दही, केरा, पाँचटा पान, पाँचटा सुपारी चढ्हाइछै । चिरखा सेहो बारने रहैछै । धुप अगरबती देने रहैछै ।

तकरवाद अङनामे पुरुब भर घुइम के निप(पोइतके चौका बन्याल जाइछै । चौकामे एकटा से बेसी बहैन सब रहैछै त जेठ बहैन सिरामे बैठैछै या तकर बादसे छोट सब बैठैछै । सबके आपन आपन अगामे निपलहा चौका सामने बैठैछै । तेलसे दुइटा डाइर ताइनके ओइ डाइढमे सिनुरसे डाइढ तानैछै । दुनु डाइर के बीचमे पहिने तुलसी के पता ताब पानके पता राखैछै । ओईमे अछत, पान, सुपारी, बोटरा, राखैछै । घेरा के पतामे दहि, गुड, चुरा, घेराके फुल, जितियाके फुल, कचनाइर फुल, बाङके फर, चढावैछै । गौरा खरके कङगौरिया औङरि या बेङठा औङरि दने खोइटके तीन तिन दाइव अगा पछा (पुरब पछिम) या देहना बमा (उतर दछिन) दिसना फेकैछै या ताब पुजामे जलढार क्याके पाँचटा बौटरा, पाँचटा अक्षता दाँत मे नै छुब्या के घोटैछै या तकर बाद दही चुरा खाइछै या खाइले शुरु भ्याजाइछै ।

जेकरा जितिया सौपै के रहैछै या आन सालसे जितिया के ब्रत नै लैके रहैछै । से अक्षत या बौटरा के नै घोइँटके राइख लैछै । तकरवाद डला डाली या चीज बिज सबके लगके पोखैर या लदीमे ज्या के भस्या देछै । दही चुरा प्रसाद के रुप मे धियापुता के दैछै । पान या सुपरी आपने खाइछै । जे नै सुपरी खाइछै ऊ भस्या दैछै ।

ओइ दिन गाम घरमे खसी के मौस खाइछै । ओहै दिन घर छोरैले नै हैछै । सब पबैनकरिसब ओइ दिन घर नै जाइछै । तेकर दोसर दिनके वाद अपान बहैन बेटीके सङे सङ भैगना भैगनी के लबका लबका लता कपडा के साथ साथ बिदाह करैछै । कतहेक पबैनकरी सब त समा भसेनाइ तैक लैहर मे रहैछै । यै किसिम से जितिया पाबैन एक बरस के लेल बिदाह भ्या जाइछै ।

(लेखक थारु संस्कृतिका अध्येता हुनुहुन्छ ।)

The post जितिया ब्रत या बिध appeared first on Nagarik Bahas.

]]>
आरक्षण र प्रस्तावित संघीय निजामती सेवा विद्येयक https://nagarikbahas.com/archives/12560 Tue, 30 Jun 2020 09:00:14 +0000 http://nagarikbahas.com/?p=12560 अवधारणा : राज्यसंरचनाको मूलप्रवाहीकरण हुन छुटेका वा छुटाइएका समुदाय, लिङ्ग, क्षेत्र विशेषलाई विशेष व्यवस्थाको माध्यमद्वारा राज्यको संरचना तह, तप्का र संयन्त्रमा सहभागिता, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्ने प्रक्रियालाई नै आरक्षण भनिन्छ । यो अहिलेको शासकीय विधि, प्रक्रियामा सवैभन्दा बढी ज्वलन्त विषयको रुपमा रहेको समावेशीकरणलाई पूर्ण गर्ने एक महत्वपूर्ण औजारको रुपमा रहेको छ । राष्ट्र भनेको फगत...

The post आरक्षण र प्रस्तावित संघीय निजामती सेवा विद्येयक appeared first on Nagarik Bahas.

]]>
लेखक : रविन्द्र राई

अवधारणा : राज्यसंरचनाको मूलप्रवाहीकरण हुन छुटेका वा छुटाइएका समुदाय, लिङ्ग, क्षेत्र विशेषलाई विशेष व्यवस्थाको माध्यमद्वारा राज्यको संरचना तह, तप्का र संयन्त्रमा सहभागिता, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्ने प्रक्रियालाई नै आरक्षण भनिन्छ । यो अहिलेको शासकीय विधि, प्रक्रियामा सवैभन्दा बढी ज्वलन्त विषयको रुपमा रहेको समावेशीकरणलाई पूर्ण गर्ने एक महत्वपूर्ण औजारको रुपमा रहेको छ । राष्ट्र भनेको फगत नक्सा वा मानचित्र मात्र नभई विविध जात, भाषा, धर्म, संस्कृति र परम्परा भएका सबैको राज्यप्रति अपनत्व बोध कायम गराउदै राष्ट्रिय एकता निर्माण गर्नु पनि हो ।

आरक्षणमा सकरात्मक उदेश्य प्राप्त गर्ने प्रयोजनका लागि विभेद गरिने भएकोले यसलाई अर्को शव्दमा सकरात्मक विभेद  (Positive Discrimination) पनि भनिन्छ । यति राम्रो र असल नियतका साथ विभेदजन्य व्यवहार गरिन्छ यद्यपि आरक्षणको बारेमा राज्यसंरचनाको उपल्लो संरचना, तहमा रहेका बौद्धिक वर्ग, राजनीतिज्ञ, प्रशासक र प्राध्यापकहरुबाट नै यसको हुर्मत लिने गरिएको पाइन्छ ।

‘गलत कुरालाई पनि सयौंचोटि दोहो¥याइसकेपछि सत्य सुनिन थाल्छ’ भने झैं आरक्षणमा रहेका बढीभन्दा बढी सकरात्मक पक्षहरुको चर्चा गर्नुको साटो नकरात्मक पक्षहरुको बढी प्रचारबाजी गरिंदा आरक्षणप्रति गलत धारणा बन्दैै गएको परिस्थिति छ । विशेषतः देहायका विषयहरु अगाडी सारेर आरक्षणमाथि विषवमन गर्ने गरिएको पाईन्छ ः

१. Meritocracy को पक्षपोषण

आरक्षण कोटाले योग्य र सक्षमलाई सेवा प्रवेश गर्न रोकेर अक्षमलाई सेवा प्रवेश गर्ने वातावरण निर्माण ग¥यो भन्ने हल्ला फिंजाइएको छ । जसले यो हल्लालाई बडो चलाखी र दुर्नियतका साथ फैलाईरहेको छ, उसले समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई ठाडै इन्कार गर्न खोजेको वास्तविकता हो यो । समानलाई समान र असमानलाई असमानसंग प्रतिस्पर्धा गर्न लगाउने र तिनीहरुबीचमा पनि उत्कृष्त्तमलाई छनौट गर्ने विषयसंग सम्बन्धित छ आरक्षण । यही चुरो कुरोलाई बुझेर वा बझ पचाएर योग्यताको गलत ढंगले अर्थ लगाउने गरिएको पाइन्छ । यो भन्दा एक कदम अगाडी बढेर के भन्ने गरिएको छ भने ८० प्रतिशत ल्याउनेले सेवा प्रवेश नपाएको तर ४० प्रतिशत ल्याउनेले सेवा प्रवेश पाएको अफवाह फैलाइएको छ जुन तथ्यसंगत छैन । आरक्षित समूहहरुका प्रतिस्पर्धीहरुले पनि निश्चित मापदण्ड पूरा गरेर आरक्षितहरुका बीचमा पनि कडा प्रतिस्पर्धा मार्फत् सीमित प्रतिस्पर्धी मात्र सफल हुने देखिएको छ । निर्धारित मापदण्डमा अटाउन नसक्नेले सेवा प्रवेश नै पाउदैनन् । बरु छुटाइएको कोटा नै खाली जान्छ ।

Meritocracy को हवाला दिनेहरुले योग्यता भन्ने कुरा केवल सैद्धान्तिक किताबी ज्ञान मात्र नभई व्यवहारिक आचरण र कृत्यको पनि गठजोड हो भन्ने कुरोमा हेक्का राख्नुपर्दछ । जहाँसम्म आरक्षण कोटाबाट सेवा प्रवेश गरेकाहरुको कार्य सम्पादन फितलो भएको भ्रम फैलाउने काम भएको छ, यसलाई पनि निश्चित मापदण्ड र खाका निर्माण गरेर मूल्यांकन गर्नुपर्छ नकि हौवाको भरमा हल्ला पिटेर । योग्य भनिएका Merit List को उपल्लो क्रममा रहेकाहरुको पनि कार्य सम्पादन मूल्यांकनको निर्मम ढंगले समीक्षा गर्नुपर्दछ ।

२. बर्गको आधारमा आरक्षण गनुपर्ने तर्क

अहिले आरक्षणको विविध आधारहरुमध्ये पनि विपन्नताको आधारमा Quota System लागू गर्नुपर्ने माग उछालिएको छ । यसमा वस्तुगतता हुँदाहुँदै पनि नेपालको वर्तमान तथ्यगत अवस्थालाई नियाल्दा बर्गको आधारमा आरक्षण दिनुपर्ने अवस्था आइसकेको देखिंदैन । यस पछाडीको कारण के हो भने यहाँ जातीय (सामुदायिक), लैङ्गिक र क्षेत्रगत विशिष्टताका आधारमा नै बर्ग निर्माण भएको छ, यस वास्तविकताप्रति हामीले आँखा चिम्लिन मिल्दैन ।

अर्को भुल्न नहुने कुरो के हो भने प्रशासनिक क्षेत्रमा जो आरक्षणको व्यवस्था गरिएको छ, यो सिर्फ जागिर खाने वा रोजीरोटीको सवालसंग मात्र सम्वन्धित विषय यो होइन । यसले त राज्यसंयन्त्रमा सबैको अनुहारको प्रतिविम्वन गर्दै राष्ट्रिय एकतालाई सुदृढीकरण गर्दछ । यो कोणबाट हेर्दा जतिसुकै सम्पन्न पृष्ठभूमिको व्यक्ति भए पनि उसको समुदायको राज्य संरचनामा सहभागिता छैन भने उसलाई आरक्षणको सुविधा दिनुपर्दछ । यो विषय समुदायगत पृष्ठभूमिसंग निरपेक्ष नभई क्षेत्र र लिङ्ग विशेषसंग पनि सापेक्ष हुने गर्दछ । यो तात्कालिक आवश्यक्ताजन्य व्यवस्थाको रुपमा बुझ्नुपर्दछ । आरक्षित समूहका पनि लक्षित व्यक्तिसम्म पुग्न सरकारले स्पष्ट दृष्टिकोण, नीति ल्याउन ढिला गनुहँदैन । विपन्न बर्गको आरक्षणको व्यवस्था भन्दा उनीहरुको आर्थिक जीवनस्तर उकास्न सरकारले गरीबी निवारणमुखी कार्यक्रमहरु ल्याउनु राम्रो हुन्छ ।

३. आरक्षित समूहका कोही कसैद्वारा नियोजित रुपमा आरक्षण नचाहिने दलिल

आरक्षित समूहका सीमित मान्छेहरु खुला प्रतिस्पर्धामा आउन सक्ने होलान्, तर यसैलाई आधार बनाएर समावेशी Cluster बाट नै मलाई÷हामीलाई आरक्षण चाहिन्न भन्नु मूर्खता सिवाय अरु केही होइन । यसको लागि त आरक्षित समूहहरुले उपल्लो संरचना र तहमा पुगेका समुदाय, क्षेत्र बराबर नै आफ्नो समुदाय र क्षेत्रको क्षमताको सशक्तीकरण भएको हो त, सो को हेक्का राख्नुपर्दछ । कोही कसैले प्रायोजित रुपमा बुझ पचाउदै त कोही कसैमा भने बुझाइजन्य समस्या हुँदा पनि आरक्षणको हुर्मत लिने काम भइरहेको अपबादजन्य कृत्यहरु देख्न सकिन्छ । यस्तै कृत्यहरुकै कारण समावेशी Cluster इतरकालाई यसको विरोधमा आगोमा घ्यू थप्ने कामजस्तो भएको भन्दा अत्युक्ति नहोला ।

आरक्षणको हालको प्रयोगको सन्दर्भ

दश बर्षे माओवादी जनयुद्ध, विभिन्न समुदायगत आन्दोलनहरु, मधेश आन्दोलन एवम् तत्कालीन सात दल र माओवादीबीचको सहमति र सहकार्यद्वारा नेपालमा २३७ वर्षे निरंकुश राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सूत्राधारको रुपमा ‘नेपालको अन्तरिम संविधान,२०६३’ जारी भयो । यो संविधानले एकल जातीय, एकल भाषिक, एकल धार्मिक, एकल सांस्कृतिक राज्यको विशेषतालाई बदल्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राज्यको रुपमा संविधानतः नै उद्घोष ग¥यो । र धर्मनिरपेक्षताको घोषणा, जातीय छुवाछुत र भेदभावमुक्त राष्ट्रको घोषणा, महिला, आदिवासी जनजाति, मधेशी, पिछडिएको क्षेत्र, अपाङ्गगता भएका व्यक्तिहरु, दलित, यौनिक अल्पसंख्यकहरुलाई पनि संविधानतः नै हकाधिकारहरु व्यवस्थित गरिएका थिए । सामाजिक न्याय र समानता, विधिको शासन, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता विषयलाई यही संविधानले पहिलो पटक सम्बोधन गरेको थियो र निजामती सेवाको सातौं संशोधनमार्फत् स्थायी राजनीतिक संयन्त्र भनिने कर्मचारी संयन्त्रमा पनि इतिहासमै पहिलो पटक आरक्षणको व्यवस्था गरिएको थियो । जसअन्तर्गत निजामती सेवाको पदपूर्ति गर्नुपर्ने संख्यामध्ये ५५ प्रतिशत खुलालाई दिने र ४५ प्रतिशत आरक्षण दिने व्यवस्था गरिएको थियो । आरक्षणका लागि छुट्याइएको ४५ प्रतिशतलाई सतप्रतिशत मानी महिलालाई ३३ प्रतिशत, आदिवासी जनजातिलाई २७ प्रतिशत, मधेशीलाई २२ प्रतिशत, दलितलाई ९ प्रतिशत, अपाङ्गगता भएकालाई ५ प्रतिशत र पिछडिएको क्षेत्रलाई ४ प्रतिशत दिने व्यवस्था र सो को कार्यान्वयनसंगै राज्यको प्रशासनिक संयन्त्रमा आरक्षित समूहको थोर बहुत प्रतिनिधित्व हुँदै आइरहेको छ भने यसले समावेशी चरित्रको प्रशासन बनाउन पनि मद्दत पु¥याइरहेको छ ।

प्रस्तावित संघीय निजामती सेवा विद्येयकमा आरक्षण सम्बन्धी व्यवस्था

वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएसंगै अहिले तीन तहको शासकीय संरचना अन्तर्गत संघात्मक शासन व्यवस्थामा देश अगाडी बढिरहेको छ । यो संविधानले पनि अन्तरिम संविधानले प्रत्याभूत गरेको समावेशी समानुपातिक प्रतिनिधित्व र आरक्षणको कोटालाई नै निरन्तरता दिदै आएको छ । यद्यपि नयाँ संरचना बनेसंगै संघीय ऐन अन्तर्गत संघीय निजामती सेवा ऐन पनि बनाउनै पर्ने अनिवार्यता र आरक्षणको व्यवस्था लागू भएको १०÷१० वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था भएबाट पनि संघीय निजामती सेवाको मस्यौदा बन्दै गरेको अवस्था छ । आरक्षणको सन्दर्भमा संसद्को राज्य व्यवस्था समितिमा सम्पूर्ण दलहरुबीचमा सहमति भएको र सोही सहमति अनुरुप ५१ प्र्रतिशत खुला र ४९ प्रतिशत आरक्षणमा राख्ने निर्णय भएको भन्ने खबर आएको छ । ४९ प्रतिशत आरक्षणमा महिलालाई ५० प्रतिशत यानिकी २४.५ दिने र बाँकी २४.५ लाई सत प्रतिशत मानी खस आर्यलाई २८ प्रतिशत, आदिवासी जनजातिलाई २६ प्रतिशत, मधेशीलाई १६ प्रतिशत, दलितलाई १३ प्रतिशत, थारुलाई ५ प्रतिशत र अपाङ्गगता भएका व्यक्तिहरु र पिछडिएको क्षेत्रलाई ४÷४ प्रतिशत छुट्याउने भनी सहमति भएको छ । खस आर्य समुदायको पनि २८ प्रतिशत कोटामा पनि ५० प्रतिशत महिलालाई दिने सहमति भएको छ । महिलाको आरक्षण कोटामा पनि साविकको आरक्षित समूहको महिलालाई प्रदान गर्ने गरी Clustering गर्ने सहमति भएको छ ।

प्रस्तावित आरक्षण सम्बन्धी व्यवस्थाको संक्षिप्त टिप्पणी

संसद्को राज्य व्यवस्था सम्बन्धी समितिले टुङ्गोमा पु¥याएको भनिएको आरक्षण सम्बन्धी व्यवस्थामा महिलाई सत प्रतिशतमा २४.५ प्रतिशत आरक्षणको व्यवस्था गर्ने विषय सकरात्मक नै छ । लामो समयदेखि पितृसतात्मक सोँच र परम्पराको कारण लैंगिक उत्पीडनमा परेका महिलालाई प्रशासनिक क्षेत्रमा पहुँच र प्रतिनिधित्व गराउने यसले ठूलो भूमिका खेल्ने देखिन्छ । यसमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको महिलालाई Clustering गर्ने र सोही अनुरुप आरक्षण छुट्याउने हो । त्यसैगरी आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गगता भएका व्यक्ति र पिछडिएको क्षेत्रलाई आरक्षणमा निरन्तरता दिने सहमतिलाई सकरात्मक रुपमा नै लिनुपर्दछ । पहिलो पटक थारु समुदाय (राज्यको सदियौंदेखिको उत्पीडन, शोषण र दमनका सीमान्तकरणमा परेको थियो) लाई आरक्षित समूहभित्र राख्ने कुरा आफैँमा न्यायोचित र वस्तुपरक छ । भलै आरक्षित समुहमा कसलाई कति आरक्षण दिने भन्ने कुरोमा मतमतान्तर होला ।

यहाँ पहिलो पटक खस आर्य समुदायलाई पनि आरक्षण दिने सहमति भएको छ । के यसले साँच्चै समानुपातिक समावेशी प्रतिनिधित्व र आरक्षणको मूल मर्म र मान्यतालाई आत्मसात गर्दछ ? बन्चितीकरण र बहिष्करणमा परेकालाई राज्यको संरचनामा मूल प्रवाहीकरण गराउने प्रमुख मान्यता आरक्षणको रहन्छ । राज्य संरचनाको प्रशासनिक संयन्त्रमा ९५ प्रतिशत हिस्सा ओगट्ने समुदायलाई आरक्षणको आवश्यक्ता परेकैै हो त ? यसलाई गम्भीर ढंगले समीक्षा गरेर राज्य व्यवस्था समितिले टुङ्गोमा पुगेको भए राम्रो हुन्थ्यो की ?

  • यहाँ खस आर्यलाई छुट्याईएको आरक्षणप्रति रोष प्रकट गर्न यो लेख लेखिएको होइन या कुनै क्षेत्र, लिङ्ग र समुदाय विशेषप्रति आरक्षणको सन्दर्भमा आग्रह वा पूर्वाग्रह ओकल्नका लागि नै यो लेख लेखिएको होस् । बरु सार्वभौम संसद्को राज्य व्यवस्था समितिद्वारा कुनै समूह विशेषलाई आरक्षण छुट्याउदै गर्दा सो को औचित्यता र वस्तुगततालाई मात्र आधार मानेर गर्नुपर्दछ भन्ने हो । समावेशी समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, समानता र समतालाई व्यवहारिक रुप दिने तवरले आरक्षणको व्यवस्था हुनुपर्दछ भन्ने हो । जहाँसम्म प्रस्तावित मस्यौदामा खस आर्यलाई २८ प्रतिशत छुट्याउने कुरो गरिएको छ, जनसांख्यिक अनुपातमा पनि यिनको हिस्सा पनि २८ प्रतिशत नै हो । (जनगणना, २०६८ अनुसार क्षेत्रीको जनसंख्या १६ प्रतिशत र ब्राम्हणको जनसंख्या प्रतिशत १२ प्रतिशत)। तर्कका लागि तर्क नै पेश गर्ने हो भने २८ प्रतिशत जनसंख्या ओगटेको समुदायलाई २८ प्रतिशत आरक्षण छुट्याउने हो भने ३७ प्रतिशत जनसंख्या भएको आदिवासी समुदायको लागि ३७ प्रतिशत किन नछुट्याउने ? यही मापदण्ड अन्यको हकमा पनि लागू हुन्छ । माथि नै उल्लेख गरिसकिएको छ, जसको प्रशासनमा मौजुदा ९५ प्रतिशत प्रतिनिधित्व छ । खुलाका साबिक ५५ र प्रस्तावितका ५१ सबै आफ्नो नै हुने निश्चितप्रायः छ, के उसैलाई समावेशी कोटामा पनि सबैभन्दा बढी (महिलालाई छाडेर) आरक्षण दिनु सामाजिक न्याय र समानताको दृष्टिले के न्यायपूर्ण हो ? उपर्युल्लिखित दृष्टान्तहरुबाट यो व्यवस्था अनपयुक्त र अप्रासङ्गिग रहेको ठहर गर्न सकिन्छ ।

अबको बाटो के त ?

समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता प्रशासनमा कायम गर्न आरक्षण कोटामा मूलतः आरक्षितहरुको समुह पनि वस्तुगततामा आधारित भएर छनौट गर्नुपर्दछ । कार्यान्वयनको सवालमा पनि वस्तुगत मापदण्ड र नीतिहरु बनाई सो को अक्षरशः कार्यान्वयन गर्नुपर्दछ । मौजुदा आरक्षित समूहहरुको जनसांख्यिक अनुपातमा प्रशासनमा प्रतिनिधित्व नभईन्जेल आरक्षणलाई निरन्तरता दिनै पर्दछ । आरक्षणको कार्यान्वयनलाई न्यायोचित र वस्तुगत बनाउनः

क) आरक्षित समूहबाट एक व्यक्तिका लागि एक पल्टको लागि मात्र आरक्षणको उपभोग गर्न पाउने कानुनी व्यवस्था गर्ने,

ख) आरक्षितको पनि लक्षित व्यक्ति÷व्यक्तिहरुलाई यस व्यवस्थाबाट लाभान्वित तुल्याउन सरकारले स्पष्ट नीति तर्जुमा गरी सोही नीतिको आधारमा स्पष्ट तथ्यांक संकलन र संकलित तथ्यांकको वस्तुगत प्रयोग गर्ने,

ग) आरक्षणलाई जनसांख्यिक अनुपात बमोजिम प्रतिनिधित्व सुनिश्चित हुने तवरले उपयोग गर्ने,

घ) जनसांख्यिक अनुपातमा प्रतिनिधित्व भईसकेपछि बल्ल विपन्नताको आधारमा आरक्षणको व्यवस्था गर्र्ने, तर आरक्षणको यसरी कार्यान्वयन हुँदै गर्दा विपन्न वर्गलाई सामाजिक न्याय र समानता कायम गर्न सरकारले विभिन्न गरीवी निवारोन्मुख नीति तथा कार्यक्रमहरु पनि सन्चालनमा ल्याउनुपर्दछ ।

उपसंहार

अपरिपक्व अनि अदूदर्शी नीतिबाट देशमा विभेद, असमानता र अन्यायको नै बढावा हुन्छ । जुन सभ्य र समतामूलक समाज निर्माण गर्ने कार्यमा तगारो बन्ने सिवाय केही हुँदैन । कसैको उक्साहट र आवेगमा आएर निर्णय गर्नुभन्दा सबै जात(जाति), भाषा, धर्म, संस्कृति, समुदाय, क्षेत्र विशेषको राज्य संयन्त्रमा समावेशी र समानुपातिक प्रतिनिधित्व कायम गर्न आरक्षण व्यवस्थालाई व्यवहारिक कार्यान्वयन गर्नुपर्दछ, यसैमा देशको हित र भलाइ छ ।

‘मै खाउँ मै लाउँ सुखसयल मोज मै गरुँ अरु सब मरुन् दुर्बलहरु’ भन्ने अतिवादी सोंच  (Might is Right) भन्ने सिद्धान्तलाई नै अहिलेको शासकहरुले शासकीय प्रणालीमा अवलम्वन गर्ने हो भने भलै अहिले मुर्दाशान्ति देखिएको होला, यसले निकट भविष्यमा सबै समुदाय, क्षेत्र विशेषले आफ्नै राष्ट्र निर्माण गर्न अगाडि बढ्ने, बढ्नै पर्ने परिस्थिति निर्माण हुने र राष्ट्रिय एकताको सपना केवल कागजमै सीमित रहने अवश्यंभावी छ ।

The post आरक्षण र प्रस्तावित संघीय निजामती सेवा विद्येयक appeared first on Nagarik Bahas.

]]>
सरकारको अर्को विवादित निर्णय : नयाँ नक्सा जारी, संसदमा संविधान संशोधन प्रक्रिया सुरु, तर फेरि प्रमाण खोज्न नयाँ समिति https://nagarikbahas.com/archives/12197 Fri, 12 Jun 2020 01:27:44 +0000 http://nagarikbahas.com/?p=12197 काठमाडौं । ‘सीमाका विषयमा सिंगो राष्ट्र एकढिक्का भएको यो ऐतिहासिक घडीमा हाम्रो दृढ संकल्प र अटल आत्मविश्वासका साथ हामीले संकलन गरेका यथेष्ट प्रमाणका आधारमा यसअघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने बिन्दुमा आइपुगेका छौँ,’ ७ जेठमा विशेष पत्रकार सम्मेलन गरेर नयाँ नक्सा जारी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भनेकी...

The post सरकारको अर्को विवादित निर्णय : नयाँ नक्सा जारी, संसदमा संविधान संशोधन प्रक्रिया सुरु, तर फेरि प्रमाण खोज्न नयाँ समिति appeared first on Nagarik Bahas.

]]>
काठमाडौं । ‘सीमाका विषयमा सिंगो राष्ट्र एकढिक्का भएको यो ऐतिहासिक घडीमा हाम्रो दृढ संकल्प र अटल आत्मविश्वासका साथ हामीले संकलन गरेका यथेष्ट प्रमाणका आधारमा यसअघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने बिन्दुमा आइपुगेका छौँ,’ ७ जेठमा विशेष पत्रकार सम्मेलन गरेर नयाँ नक्सा जारी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भनेकी थिइन् । त्यसपछि संसद्मा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अर्याल आफैँले पटक–पटक यही कुरा दोहोर्‍याउँदै आएका छन् ।

नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा

तर, सरकारले नक्सा जारी गरेको तीन सातापछि लिम्पियाधुरासम्म नेपालको दाबी कायम हुने गरी सक्कल वा प्रमाणित नक्कल प्रमाण जुटाउन नौसदस्यीय विज्ञ समिति गठन गरेको छ । बुधबारको मन्त्रिपरिषद्ले विज्ञ समिति गठन गर्ने निर्णय लिएपछि संविधान संशोधन प्रक्रिया सुरु भइसकेको नयाँ नक्सामा संशय पैदा गराएको छ ।

बम
पूर्वराजदूत डा। दिनेश भट्टराई विज्ञ समिति गठनलाई सरकारको विरोधाभास कदम मान्छन् । ‘सरकारले प्रमाणका आधारमा नयाँ नक्सा जारी गरेको छ र संसद्मा संविधान संशोधन विधेयक विचाराधीन छ । यो अवस्थामा प्रमाण जुटाउन विज्ञ समूह गठन गरेर सरकारले के सन्देश दिन खोजेको हो, स्पष्ट भएन । प्रमाण जुटाएरै हो कि राजनीतिक दबाबमा नक्सा जारी गरेको हो भन्ने कुरा सरकारले स्पष्ट पार्नुपर्छ । विज्ञ टोलीले प्रमाण पुगेन भन्यो भने संशोधन फिर्ता लिने रु यो विरोधाभासपूर्ण निर्णय हो । सरकारले किन यस्तो गर्‍यो र के सन्देश दिन खोजेको हो, मैले बुझ्न सकिनँ,’ उनले भने ।

सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुराबाट बग्ने काली नदीलाई पश्चिम सीमा मानिएका आधारमा ७ जेठमा सरकारले नयाँ नक्सा जारी गरेको बताएको थियो । यसैका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा भूमि व्यवस्थामन्त्री अर्यालले पटक–पटक प्रमाणका आधारमा नेपालले नयाँ नक्सा जारी गरेको दाबी बताइरहेका छन् । भारतले वार्ताका लागि कुनै चासो नदिएका वेला सरकारले विज्ञ समिति बनाएको छ ।

मन्त्रिपरिषद्ले ५ जेठमा लिम्पियाधुराबाट बग्ने काली नदीसम्म नेपालको भूभाग रहेको प्रमाणका आधारमा नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले ६ जेठमा संसद्लाई नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद् निर्णय सुनाउँदै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको, तर भारतले कब्जा गरेको बताएका थिए । सरकारले ९ जेठमा निसान छापमा रहेको पुरानो नक्सा हटाएर नयाँ नक्सा राख्न संविधान संशोधनका लागि विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । संविधान संशोधन प्रस्तावलाई संसद्मा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन गरेका छन् । प्रतिनिधिसभामा २७ जेठमा निसान छापमा नक्सा अद्यावधिक गर्न संविधान संशोधन दोस्रो विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भइसकेको छ ।

पूर्वराजदूत डा। दिनेश भट्टराई भन्छन्, ‘विज्ञ टोलीले प्रमाण पुगेन भन्यो भने संशोधन फिर्ता लिने रु यो विरोधाभासपूर्ण निर्णय हो । सरकारले किन यस्तो गर्‍यो र के सन्देश दिन खोजेको हो, मैले बुझ्न सकिनँ ।’

भूमि व्यवस्थामन्त्री अर्यालले ७ जेठमा नेपालको नयाँ नक्सा जारी गरेकी थिइन् भने सरकारले निसान छाप संशोधनका लागि प्रतिनिधिसभामा पेस गरेको संविधान संशोधन विधेयक पहिलो चरणमा स्वीकृत भइसकेको छ । नापी विभाग, परराष्ट्र मन्त्रालय, राष्ट्रिय अभिलेखालयले नेपालका ऐतिहासिक प्रमाण रहेको दाबी गरिरहँदा र भारतसँग वार्ताका लागि नेपालले अनुरोध पठाइसकेको वेला सरकार प्रमाणको खोजीमा लागेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा प्रविधिमन्त्री डा। युवराज खतिवडाले मन्त्रिपरिषद् निर्णयबारे पत्रकारहरूसँग भने, ‘नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि परराष्ट्र मन्त्रालयको प्रस्तावमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौसदस्यीय विज्ञ समूह गठन भएको छ ।’ समितिको सदस्यमा अन्तर्राष्ट्रिय कानुनविद् सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुंगेल, कानुनविद् विपिन अधिकारी, जलविज्ञानविद् जगत भुसाल, नापी विभागका पूर्वमहानिर्देशक तोयानाथ बराल, सेनाका पूर्वउपरथी हिमालय थापा, सामुदायिक वन उपभोक्ता महासंघका पूर्वअध्यक्ष अप्सरा चापागाईँ छन् । परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीलाई सदस्यसचिव तोकिएको छ ।

बुधबार मात्रै संसद्मा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले कब्जा गरेको तथ्यका आधारमा त्यो भूमि नेपालको भएको बताएका थिए । ‘कालापानीमा भारतीय फौज बसेर त्यहाँँभन्दा उता लिपुलेक र लिम्पियाधुरालाई सर्लक्कै भारतले कब्जा गरेको छ । सेना राखेर त्यो भूमि छुट्याएर लगेको छ । सेना नराख्दासम्म हाम्रो भोगचलनमा थियोे । सेना राखेपछि त्यहाँ जान पाएनौँ । एक ढंगले भन्ने हो भने यो कब्जा हो,’ उनले भने, ‘त्यसकारण यो उचित भएन भनेर हामी भारतलाई भनिरहेका छौँ । तथ्यका आधारमा यो हाम्रो भूमि हो । त्यसकारण फिर्ता गर्नुपर्छ भनेका छौँ । कूटनीतिक वार्ताका माध्यमबाट समाधान खोज्छौँ भनेका छौँ । समाधान भनेको हाम्रो भूमि फिर्ता हुनुपर्‍यो। हाम्रो विश्वास हो हामी फिर्ता लिन्छौँ ।’

२७ जेठमा संसद्मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालसँग अकाट्य प्रमाण रहेको बताएका थिए । ‘सुुगौली सन्धिले नेपालको पश्चिमी सीमा काली नदी भनेर किटान गरेको हो । सन्धिपश्चात्का करिब ६० वर्षमा नेपालको दक्षिणी सीमामा केही फेरबदल भए पनि काली नदी सधैँभरि हाम्रो पश्चिमी सीमाका रूपमा अपरिवत्र्य रूपमा रह्यो । लिम्पियाधुरा त्यसको मुहानको रूपमा निर्विवाद रूपमा रह्यो र त्यस पूर्वका भूभागमा नेपालले झन्डै ६० वर्षअगाडिसम्म निर्वाचन, जनगणना र मालपोतजस्ता राजनीतिक र आर्थिक गतिविधि सञ्चालन गर्दै आएको अकाट्य तथ्यहरू नेपालसँग सुरक्षित छन्,’ मन्त्री ज्ञवालीको भनाइ थियो ।

यसबाहेक २९ जेठ ९बिहीबार संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै भूमि व्यवस्थामन्त्री अर्यालले भनेकी थिइन्, ‘सरकारले नक्सा जारी गरेपछि अब भूमि ल्याउनुपर्ने अवस्था छ । यो अवस्था वार्ताबाट समाधान गरिन्छ । सबै तथ्य र प्रमाणहरू नेपालका पक्षमा छन् । वार्तामा बस्दा नेपालका विपक्षमा आउन सक्ने विषयहरूको निगेटिभ लिस्ट बनाएर त्यसलाई काट्ने दस्ताबेजहरूको तयारी गर्नुपर्ने पनि आवश्यक छ । वार्ताका लागि सबै एकजुट भएर तयारीमा जुट्नुपर्ने अवस्था छ । सरकारले सुरुवात गर्‍यो । प्रक्रिया अगाडि बढ्यो । जमिन फिर्ताका लागि सबै एकताबद्ध भएको अवस्था छ । यो राम्रो कुरा हो । अहिलेसम्म हाम्रा कोही पनि शासक प्रशासक चुकेका छैनन् ।’

त्यसअघि ६ जेठमा प्रधानमन्त्री ओलीले नेपालको भूमिलाई भारतले विवादास्पद बनाएको बताएका थिए । ‘त्यो विवादास्पद होइन, हाम्रो भूमि बेकारको अकुपाई गरेर विवादास्पद बनाएको छ । हामीले अर्घेल गरेको भए पो कोही रिसाउँछ कि भन्ने ठान्नुपर्ने । हामीले अर्घेल्याइँ गरेको छैन,’ उनले भने, ‘कूटनीतिक वार्ताको माध्यमबाट ठोस पहल गरिनेछ । यो भूभाग फिर्ता ल्याइनेछ ।’ यही अठोटका साथ नीति तथा कार्यक्रममा उल्लेख गरिएको उनको भनाइ थियो । ‘हामी तथ्य–प्रमाणहरू वार्ताको टेबुलमा प्रस्तुत गर्छौँ । हामी कुनै उत्तेजनामा छैनौँ, आवेशमा छैनौँ, गम्भीर छौँ,’ ओलीले थपे, ‘हामी भारतसँग तनाव होइन, तनावरहित सुमधुर मित्रता चाहन्छौँ ।’

समूहलाई सात कार्यादेश
सार्वजनिक निकायलगायत विभिन्न संघसंस्था, व्यक्ति र स्वदेशी तथा विदेशी पुस्तकालय, अभिलेखालय एवं संग्रहालयबाट नेपाल–भारत सीमा सम्बन्धमा सुस्ता क्षेत्र र उत्तर–पश्चिम क्षेत्र लिम्पियाधुरा, कुटी, नाभी, गुन्जी, कालापानी र लिपुलेक क्षेत्रमा नेपालको स्वामित्व स्थापित हुने सक्कल वा प्रमाणित प्रतिलिपि वा प्रतिलिपि संकलन गर्ने अख्तियारी विज्ञ समूहलाई दिइएको छ ।

समूहलाई सात क्षेत्रका प्रमाण संकलन गर्ने कार्यादेश तोकिएको छ । जसअनुसार नेपाल–भारतबीचका सन्धि–सम्झौता र समझदारीपत्र, तत्कालीन इस्ट इन्डिया कम्पनी, ब्रिटिस सरकार र भारत सरकारसँग पत्राचार, नेपाल–भारत सीमासम्बन्धी नक्सा ९सुरुदेखि हालसम्म संयुक्त रूपमा र दुवै पक्षबाट प्रकाशितसमेत० संकलन गर्नुपर्नेछ ।

यसैगरी, समूहले सरकारी प्रतिवेदन, आदेश, अन्य आधिकारिक तथ्य एवं प्रमाण, सरकारी पत्राचार, प्रशासनिक आदेश र अन्य आधिकारिक तथ्य एवं प्रमाण, अदालती फैसलासम्बन्धी प्रमाण खोज्न भनिएको छ । यसैगरी जग्गाको स्वामित्वको प्रमाणपत्र तथा राजस्व, मालपोत, भूमिकर, तिरोभरो, तिरो तिरेका रसिद, भरपाई पत्रलगायत प्रमाण जुटाउन समूहलाई भनिएको छ । आजको नयाँ पत्रिकामा पर्शुराम काफ्लेले समाचार लेखेको छ ।

The post सरकारको अर्को विवादित निर्णय : नयाँ नक्सा जारी, संसदमा संविधान संशोधन प्रक्रिया सुरु, तर फेरि प्रमाण खोज्न नयाँ समिति appeared first on Nagarik Bahas.

]]>