छोरी सबैको भाग्यमा कहाँ हुन्छ ? भगवानले उसैलाइ दिन्छन, जसले छोरी पाल्ने हिम्मत राख्छ त्यसैले भनिन्छ छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन , सय वटा भाग्य पछि एउटी छोरीले जन्म लिन्छिन छोरी सबैको भाग्यमा कहाँ हुन्छ ?

तर हाम्रो समाज छोरीलाई अझैपनी हेला अनि तिरस्कार गर्ने गरिन्छ । पुरातनवादी सोच अनि पुरुष प्रधान देश भएकाले यसै भन्न सकिने अवस्था छैन कि कहिलेबाट चै छोराछोरी बिच समान ब्यवहार गरिन्छ?

कुनैपनी घरमा शान्ति सुन्दर अनि संस्कारिक हुन अवश्य पनि छोरीको आवश्यकता पर्दछ । छोरी बिनाको कुनै अस्तित्व हुदैन : जस्तै चाडबाड पनि छोरी नभए शुन्य प्राय हुन्छ ।

जब हामी छोराको बिहे गर्ने सोचमा पुग्छौ तब सुन्दर सुशील र भाग्यमानी बुहारीको खोजीमा दिनरात भौतारिन्छौ र त्यति बेला सोच्दैनौ कि ती बुहारी पनि त कसैकी छोरी हुन । नेपालको पेरिपेक्ष्यमा नै दैनिक कयौं छोरीहरुको हत्या गरिन्छ जसले यो संसार देख्न नपाई बिना गल्ती आमा कै कोखबाट बिदा लिनु पर्छ ।

छोरी कसैको छोरी हुन, छोरी कसैको बुहारी हुन, छोरी कसैको आमा, हजुरआमा पनि हुन, तर, यो समाजमा छोरीको आफ्नो नाम छैन, ठेगाना छैन, थर पनि छैन । आमा बुबाको घरमा भयो भने फल्नाको छोरी, ससुरालीमा गईन भने फल्नाको श्रीमति, फल्नाको बुहारी, फल्नाको आमा भन्छन ।

तिनै छोरी हुन जसले घरको चुला चौकादेखि लिएर घर बाहिर र भित्रको सवै काम सकेर श्रीमान, छोरा छोरीको स्यहार सुसार, सासु ससुराको स्यहार सुसार गर्छिन् । तसर्थ छोरीको सम्मान गरौं, छोरी विरुद्धको अभियानमा सहभागी बनौं ।

छोरी सबैको भाग्यमा कहाँ हुन्छ ? भगवानले उसैलाइ दिन्छन, जसले छोरी पाल्ने हिम्मत राख्छ त्यसैले भनिन्छ छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन , सय वटा भाग्य पछि एउटी छोरीले जन्म लिन्छिन छोरी सबैको भाग्यमा कहाँ हुन्छ ?

तपाईको प्रतिक्रिया