उदयपुर । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै केही महिना अघि चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतले जति चर्चा कमाएको छ । त्यही अनुरुप स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी कार्यालयका कर्मचारीहरुले सरकारी साधनहरु आफुमात्रै नभएरु भाई भतिज, छोराछोरी, साला साली जेठानसम्मले ढुट्याउने गरेको प्रत्यक्ष रुपमा देख्न, सुन्न पाइन्छ, सरकारी सवारी साधनको ढुट्याएको गुनासो गाउँ घर तथा बजारमा गाईगुइ सन्न पाइन्छ । यति मात्र हो कि जनप्रतिनिधि र सरकारी कर्मचारीहरु एक कप चिया खानको लागि ७–८ किलो मिटरसम्म पुगेर गफ चुट्न पुगेको छ ।
यसै समाचारमा “सरकारी गाडी ढुट्याउन सके ढुट्या कान्छा अरु देशमा पाइँदैन नेपालमै हो छुट” प्रसंग पनि मेल खाएको देखिन्छ । शनिबार वा विदाको दिन जिल्ला प्रशासन कार्यालयद्वारा अनमति नलिई विभिन्न ठाउँमा चेक जाँच गर्ने क्रममा विदाको दिन सरकारी नम्बर प्लेट भएको गाडी दुरुपयोग भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

https://www.facebook.com/1828150850557308/videos/2337615096512090/?modal=admin_todo_tour

गत शनिबार विदाको दिन विना पास दुई वटा जीप, छ वटा मोटर र एउटा स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । लालपत्ता प्रहरी चौकीले पाँच वटा र अन्य ठाउँमा चार वटा गरी ९ वटा सरकारी सवारी सधान नियन्त्रणमा लिएका थिए । प्रहरी चौकी लालपत्ताले जिल्ला मालपोत कार्यालय उदयपुरको स.१ ब ३०६ नम्बरको मोटर साइकल, त्रियुगा नगरपालिकाको स.१ ब ३४७ नम्बरको मोटर साइकल, दुधौली नगरपालिका सिन्धुलीको स.१ ब ७८६ नम्बरको मोटर साइकल, घरेल तथा साना उद्योग विकास समिति सप्तरीको स.१ ब ४३७ नम्बरको स्कुटी र सुरुङ्गा नगरपालिकाको स.१ ब ११५१ नम्बरको मोटर साइकल नियन्त्रण लिएको थियो । यस्तै जिल्लाको अन्य ठाउँबाट जिल्ला हुलाक कार्यालयको स.१ ब ३४८ नम्बरको मोटर साइकल, जिल्ला पूर्वाधार विकास कार्यालय उदयपुरको ब.१ ब ७३८० नम्बरको मोटर साइकलको साथै कर्जना नपा सिरहाको ना. १ झ १६५४ नम्बरको जिप र उदयपुरगढी गाउँपालिकाको बा.१ झ २८०१ नम्बरको शनिबार विना पास चलाएकोले नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले बताए । नियन्णमा लिएका जिल्ला बाहिरको गाडीहरु आईदा दिनहरुमा दुरुपयोग नगर्ने सर्त र जिल्ला अधिकारीको फोन बार्तापछि साँझपख छाडिएको थियो भने जिल्लाका भित्रका गाडीहरु जिल्ला प्रशासनको अनुमति पत्र पास ल्याएपछि छाडिएको एसपी मगरले बताए ।यस अघि पनि पटक पटक जिल्ला ट्राफिक प्रहरी कार्यालयले शनिवार वा विदाको दिन विना पास कुदाएको पक्राउ गरेको थियो । यसले के देखाउँछ भने सदरमुकाम छेउ छाउँमा सरकारी गाडीको यतिका संख्यामा दुरुपयोग हुन्छ भने सदरमुकाम बाहिरका कार्यालयहरुमा कतिको संख्यामा सरकारी गाडी दुरुपयोग हुन्छ त्यो आफै अनुमान लगाउन सकिन्छ ।
विषेश गरी सार्वजनिक विदाको दिन पनि सरकारी गाडीको दुरुपयोग हुँदा पनि प्रहरी प्रशासन मौन रहेको देखिन्छ । गैर कर्मचारीले सरकारी मोटरसाइकल चलाएपनि प्रसाशनले कारवाही गरेको देखिदैन् ।
सरकारी मोटर साइकल दुरुपयोग गर्ने विरुद्ध सिरहा, सप्तरी र उदयपुरमा प्रशासन निरिह बन्दा निजी काममा प्रयोग भएपनि प्रशासनले कारवाही गरेको देखिदैन । उदयपुरमा पनि जनप्रतिनिधि र सरकारी कर्मचारीहरु पनि कम छैन् ।
माथिका सरकारी मोटर साइकल दुरुपयोग घटना एउटा पात्र मात्र हुन् । यस किसिमको दुरुपयोग प्रायः सवै जनप्रतिनिधिहरुले गरेको पाइन्छ । अहिले केही गाउँ पालिका र नगरपालिकामा सवारी साधन सहितको सेवा सुविधाले गर्दा प्रमुख र उपप्रमुखहरुको बोलचाल समेत हुन सकेका छैनन् ।
उदयपुरकै सन्दर्भमा भन्ने हो भने वडा अध्यक्षहरुले आफुले पाएको मोटर साइकललाई आफ्नो भाई भतिजोलाई दिने गरेको गुनासोहरु पनि बेला बेलामा छत्ताछुल्ल भएको छ । तर, पनि प्रशासन यस विषयमा नियमन गर्ने गरेको छैन् । स्थानीय तहका जनप्रतिनिधिका छोराछोरीले मोटर साइकललाई १५–२० मिटर तल्ल खोल्सा खोल्सीमा झारेको उदाहरण पनि यसै उदयपुरमा छ । अधिकांश वडा अध्यक्षहरुको मोटर साइकल खेतको ढिल र सडकमा जोतारेको कमै मात्र पाइन्छ । ति मोटर साइकलको मर्मत खर्च पनि गाउँपालिका र नगरपालिकाले व्यहोरेको समेत सुन्न पाइन्छ । यस्तै मोटर साइकल चल्दै नचली इन्धनको विल भुप्तानी लिने वडाहरु पनि छन् । साथै ५ सय किलो मिटर पनि नकुदेको मोटर साइकलले ६५ हजार बराबरको इन्धनको विल भुप्तानी लिएको वडा अध्यक्ष पनि यसै उदयपुर जिल्लामा रहेको छ ।
गाउँपालिका र नगरपालिकाका कर्मचारीहरुले दोहोरो सुविधा लिइएको पाइन्छ । कति कर्मचारीहरुले भ्रमण आदेश लिएर भ्रमण भत्ता लिइनुको सँगसँगै अर्को तर्फ इन्धनको विल पनि गाउँपालिका र नगरपालिकाबाट लिएर गएको देखिन्छ । अफिसको तेलको कुपन लगेर निजीमा लगाएको पनि यसै जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीहरु कम छैन् ।

तपाईको प्रतिक्रिया