गाईघाट । उदयपुरका पुराना माओवादी नेता भिम अधिकारी अनिलले माओवादी केन्द्रको नवनिर्वाचित प्रदेश सदस्य पद परित्याग गरेका छन । नेता अनिलले प्रदेश ईन्चार्ज राम कार्कीलाई राजिनामा पत्र लेखेर प्रदेश सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि पद एक साथ त्याग गरेका हुन । नयाँ साथीहरुलाई मार्ग प्रसस्त गर्नको लागि महाधिवेशन प्रतिनिधि र प्रदेश सदस्य पद परित्याग गरेको राजिनामा पत्रमा उल्लेख छ ।
राजिनामा पत्रमा नेता अधिकारीले यस पार्टीमा कार्यरत अवधी २७ वर्ष भएको र २०५५ सालमा जिल्ला कमिटी सदस्य २०५९ साल देखि व्यूरो सदस्य, राज्य सदस्य देखी हाल प्रदेश सदस्यसम्म उदाउँदा १५ वर्ष सम्म एउटै कमिटीमा रहेको भनिएको छ ।

नेता अधिकारीले प्रदेश अधिवेशनमा भएको छलफलमा समेत पुराना साथीहरुले त्याग गरौ र नयाँ साथीहरुलाई अवसर दिऔं भनेर प्रस्तव राख्दा अन्य साथीहरु राजी नभएकाले आफूले मार्ग प्रसस्त गर्न राजिनामा दिएको राजिनामा पत्रमा लेखेका छन ।

उनले महाधिवेसन प्रतिनिधि र प्रदेश सदस्य दुवैबाट राजीनामा दिई पार्टी सदस्यता चाहि रहने गरी राजिनामा पेश गरेका छन । क्यान्सर रोगबाट पीडित नेता अधिकारी अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचारत रहेका छन ।

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को प्रदेश सिमितिमा उदयपुरबाट २१ जना प्रदेश सदस्य निर्वाचित भएका थिए । निर्वाचित हुनु हुनेहरुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र उदयपुर २ का प्रतिनिधिसभा सदस्य तथा सुरेशकुमार राई (हिमाल), मोहन बहादुर खत्री (दिपक), बिनोद कटुवाल (दिवस), काजिमान तामाङ(जिज्ञासा), राजन किराती (बासु) रहनु भएको छ ।

यसैगरी भेषकुमारी राउत (कोपिला), केपि बराल, मणी खम्बु दोर्ण पौडेल (निरज) नारायण बुर्जामगर, बिमल किराती, एबिराज राई, ढुङ्गराज बिक, भगवती खनाल (निशा), झनक बिक, रमन भट्टराई रहनु भएको छ । यसैगरी दिलकुमारी मगर (चेतना), सम्झना तामाङ्ग (योद्दा) अमृता राई र निर्मला मगर रहनु भएको छ ।

तपाईको प्रतिक्रिया