उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संगठन विस्तारलाई तिव्रता दिइएको छ । भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि स्थानीय तहदेखि वडा वडामा कार्यकर्ता भेलाको आयोजना गर्दै कमिटी विस्तारलाई निरन्तरता दिइएको छ ।
त्रियुगा नगरपालिका २ मा रामश्रेष्ठ चौधरीको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा मिलन पराजुली, सचिवमा भुपध्वज बस्नेत, सहसचविमा ग्यान्द चौधरी र कोषाध्यक्षमा इनरवत्ति सदा सहित ५१ सदस्य वडा कमिटी गठन गरिएको त्रियुगा नगर कमिटी अध्यक्ष जनार्दन रेग्मीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा उल्लेखिय सहभागिता रहेको थियो ।
नव गठित कमिटीलाई नेकपा एसका जिल्ला अध्यक्ष राममणि पोखरेलले सपथ ग्रहण गराएको थियो ।

तपाईको प्रतिक्रिया