उदयपुर । उदयपुरमा लैंङ्गिक हिंसा विरुद्धको अभियान मनाई रहँदा एक ११ वर्षिय बालिका बलात्कृत भएकी छिन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया