उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट केन्द्रिय सदस्यमा उदयपुरका छ जना पत्रकार निर्वाचित भएका छन् । प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् ।
प्रेस सेन्टर नेपालको यही मंसिर १८ र १९ गते चितवनमा सम्पन्न राष्ट्रिय महाधिबेशनमा तुलसी प्रसाद कोइराला, हरि कुमार राई, महेश्वर चाम्लिङ, भोटराज राई, यमन राई डोने र अप्सरा समाल केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन । पत्रकार कोइराला नेपाल टेलिभिजनका जिल्ला सम्वाददाता र स्थानीय पत्रिका उदयपुर सिम्रिक दैनिकको सम्पादक हुन् ।

हरि कुमार राई राष्ट्रिय समाचार समितिका उदयपुर सम्वाददाता हुन् भने महेश्वर राई नागरिक दैनिकको उदयपुर सम्वाददाता हुन भने मुलुकी दैनिक र माझखर्क साप्ताहिकका प्रकाशक हुन् ।

भोटराज राई गोरखा पत्र र एभिन्यूजका उदयपुर सम्वाददाता हुन् भने पूर्णपुष्टीडटकममा अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत हुन् ।

यमन राई डोने हिमालय टिभीका उदयपुर सम्वाददाता हुन भने संघिय राज्य साप्ताहिक र डोने खबर अनलाइनका प्रकाशक पनि हुन् । यस्तै अप्सरा समाल रेडियो उदयपुरका पत्रकार हुन् ।

तपाईको प्रतिक्रिया