उदयपुर । नेकपा एमालेको जारी १० औं महाधिवेशनमा सर्वसम्मतको नाममा केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् ।आफूले पेश गरेको नााममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताएका छन् । उनले भने, मैले भनेको नामहरुले फारम भर्न अनुरोध गर्छु । अरुले पनि भर्न पाउनुहुन्छ, तर त्यसो गर्दा समस्या लम्बिन्छ ।’

उदयपुरबाट पाँच जना केन्द्रीय सदस्यको आकांक्षी भएपनि दुई जना महिलाको नाम मात्र केपी ओलीले नाम सार्वजनिक गरेका छन् । ओली समूहमा समावेश हुनेहरुमा अम्बिका थापा महिला कोटाबाट र मन्जु कुमारी चौधरी थारु महिला कोटाबाट परेका छन् । अम्बिका र मन्जु पनि ओली निकट मानिन्छ । मन्जु चौधरी यस अघिका मनोनित केन्द्रीय सदस्य हुन् । उम्मेदबार दिने समय बाँकी नै रहेकोले कोटा भन्दा बढी उम्मेदबार दिएमा उनीहरु पनि निर्वाचनमा जानु पर्ने हुन्छ ।

यस्तै बेलका नगरपालिकाका मेयर दुर्गा थापा, जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर परियार र विद्यार्थी नेता शैलेस लामा ओलीले बनाएको सूचिबाट आउँट भएका छन् । उनीहरु पनि ओली निकट प्रतिनिधि हुन् । थापा र परियारले केन्द्रीय सदस्यमा पक्का हुने ठोकुवा गरेपनि अन्तिम समयमा नपर्दा निराश बनेका छन् । तथापी उम्मेदबारी दिने वा नदिने बारे छलफल गर्ने एक प्रतिनिधिले जनाएको छ ।

तपाईको प्रतिक्रिया