उदयपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पालिका अधिवेशन सम्पन्न भएको छ । शनिबार देश भर एक साथ सुरु भएको नगर तथा गाउँपालिका अधिवेशन शुरु भएको थियो । नेकपा माओवादी केन्द्र उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको दोश्रो अधिवेशनबाट अध्यक्षमा मेजर कुमार राई (मिजास) को नेतृत्वमा ५५ सदस्य कमिटी गठन भएको छ । 
उपाध्यक्षमा भिम किरात र दिनेश राई चयन भएको छ भने सचिवमा मनोज बुढाथोकी चयन भएको छ ।
सहसचिवमा नन्द राई र कोषाध्यक्षमा सुना राई चयन भएको छ ।









