उदयपुर । नेपाली काँग्रेसको उदयपुरको जिल्ला कार्य समितिको उम्मेदवारी मनोनयनको बेला देउवा (संस्थापन) र पौडेल कोइराला (संस्थापन इतरपक्ष) बिच घम्साघम्सी भएको छ ।

शुक्रबार पार्टी कार्यालयमा भएको मनोनयनका क्रममा देउवा पक्षका सभापतिका प्रत्याशी प्रदेश नम्वर १ का भौतिक पूर्वाधार मन्त्री माननीय हिमाल कार्की समर्थकले नारावाजी गर्दै मनोनयन दर्ता गर्न पुगेपछि घम्साघम्सी शुरु भएको हो । उनीहरुले हिमाल कार्की जिन्दावाद भन्दै नाराबाजी गरेपछि संस्थापन इतरपक्षका केही समर्थकहरुले विरोध र खिसिट्युरी गरेका थिए । भनाभनबाट हात मिसामिस हुने स्थितिमा पुगेपछि सभापतिका प्रत्याशी मन्त्री कार्कीले बिचबचाव गरेका थिए । संस्थापन इतर पक्षबाट नेपाली काँग्रेसका वर्तमान सभापति विदुर बस्नेतले प्यानलसहित मनोनयन दर्ता गरेका छन ।

वडा, गाउँ र नगर, प्रदेश र क्षेत्रको निर्वाचनको परिणामलाई आधार मान्ने हो भने उदयपुरमा पुराना काँग्रेस पुरै बढारिने पक्कापक्की जस्तै छ । तर निर्वाचनको कार्यक्रम भने यथावतरुपमा सञ्चालन भई रहेको छ ।

तपाईको प्रतिक्रिया