उदयपुर । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिबेशन अन्तर्गत बुधबार सम्पन्न मत परिणाममा दुवै निर्वाचनको क्षेत्रिय सभापतिमा हिमाल कार्की समुहले जित हासिल गरेको छ ।उदयपुर जिलाको निर्वाचन क्षेत्र नं १ मा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बसन्त बस्नेतलाई १० मतले पराजित गर्दै विजयी भएको छ । खगेन्द्र राईले ३४४ मत ल्याएका छन् । यस्तै उदयपुर निर्वाचन क्षेत्र नं. २ मा रामकुमार राईले रामकुमार खत्रीलाई १५ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । रामकुमार राईले ३१९ मत ल्याएका छन् ।

निर्वाचन क्षेत्र १ का सचिवमा शुशिल खत्री (३४२) र सन्तोष कोइराला (३३१) विजय भएको छ । सहसचिवमा ओमकार कटेल (३४३) र बेचुदास चौधरी (३७८) विजयी भएको छ ।

यता निर्वाचन क्षेत्र नं. २ मा सचिव पदमा मोहन सिंह ठकुरी (३२५) र हिरा कुमार कार्की ( ३९०) विजयी भएका छन् ।सह सचिवमा कमद बहादुर कटुवाल (३३१) र विरेन्द्र कुमार राई (३११) विजयी भएको छ ।

तपाईको प्रतिक्रिया