उदयपुर । उदयपुरमा आज विहान ५ः५० बजे त्रियुगा नगरपालिका ६ स्थित चुरे जंगलमा ना ६ ख ९२४६ नम्बरको बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका बरगाछी बस्ने अन्दाजी ३१ वर्षिय सिजन शर्माको उपचारको क्रममा मृत्यु भएको हो ।

गाईघाटबाट विराटनगर तर्फ गईरहेको बसमा गाईघाटबाट चढेका थिए । बसको पछाडीको सिट खाली हुँदा हुँदै मृतकले जलजले ट्राफिक पोष्ट पार गरेपछि चुरोट खान ढोकामा पुगेपछि चिप्लिएर झरेरको प्रत्यक्षदर्शी यात्रुले बताए । प्रत्यक्षदर्शीका अनुसार बसको ढोकाबाट चिप्लिएर घाइते भएका थिए ।

घाइते शर्माको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । अनुसन्धानको लागि बसको चालक र सहचाकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया