गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संगठन विस्तारलाई तिव्रता दिइएको छ । भदौं २ गतेबाट नेकपा एमालेबाट विद्रोह गर्दै माधव नेपाल र झलनाथ खनाल सहितले नेकपा एस निर्वाचन कार्यालयमा दर्ता गरेपछि स्थानीय तहदेखि वडा वडामा कार्यकर्ता भेलाको आयोजना गर्दै कमिटी विस्तारलाई निरन्तरता दिइएको छ ।
त्रियुगा नगरपालिका १३ मा भगवान चौधरीको अध्यक्षतामा ८१ सदस्य वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा क्रमशः लोक बहादुर मगर, उर्मिला राई, मान बहादुर राउत र अमर बहादुर कार्की रहेका छन् । सचिवमा इलन कुमार राईलाई जिम्मेबारी दिइएको छ । उपसचिवमा उमा विष्ट र विरेन्द्र राई रहेका छन् ।

सदस्यहरुमा कुमार रम्तेल, लक्ष्मी कार्की, गिता राउत, सानी वि.क., भुमा मोते लगायत रहेका छन् ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राममणि पोखरले, जिल्ला सचिव जयराम पंजियार, जिल्ला सचिवालय सदस्य पशुपति चौधरी, नगर अध्यक्ष जनार्दन रेग्मी, नगर सचिव राकेश चौधरी, नगर सहसचिव सुरेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

वडा कमिटीको नामावली

तपाईको प्रतिक्रिया