उदयपुर । उदयपुरमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरको पुरोना सदरमुकाम उदयपुरगढी गाउँपालिका ५ का एक २५ वर्षिय युवामा संक्रमण देखिएको छ ।
कोशी अस्पताल विराटनगरको ल्यावले कोरोना संक्रमण भएको पुष्टी गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । सो पालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका ७९ जनाको पिसिआर प्रविधिबाट स्वाव नमुना परिक्षण हुदा एकजनाको पोजेटिभ देखिएको हो ।स्वास्थ्य प्रमुख सुवेदीले भने, ‘संक्रमित युवालाई उपचारको लागि पूर्वाञ्चल विश्व विद्यालयको कोरोना अस्पताललाई उपचारको लागि अनलाइन पत्रचार गरेका छौ । जानकारी आएको छैन् ।’
संक्रमित युवा १० दिन अघि भारतको दार्जलिङबाट आएर उदयपुरगढी कै क्वारेन्टाइनमा राखिएकोमा संक्रमण देखिएको हो । उदयपुरको आठ स्थानीय तहमध्ये गाउँपालिकामा संक्रमत देखिएको यो पहिलो हो । यस अघि त्रियुगा नगरपालिकामा ३३ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र बेलका नगरपालिकामा २ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा २ हजार ७ सय ८२ जनालाई पिसिआर गरेको मध्ये ३७ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौं टेकु पठाएको केही पिसिआरको रिपोर्ट आउन बाँकी रहेको सुवेदीले जानकारी दिए ।
संक्रमित मध्ये ३२ जना कोशी कोरोना विषेश अस्पतालबाट कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया