काठमाडौँ – नेपालमा सोमबार ३१४ जना कोरोना संक्रमित थपिएका छन् ।
२९४ जना पुरुष र २० जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।
यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३७६२ पुगेको छ। सोमबार २१ आज डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या ४८८ पुगेको छ । डिस्चार्ज हुनेमा ४१९ पुरुष र ६९ महिला रहेका छन् ।
हालसम्म ७१ जिल्लामा संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया