राजेन्द्र महतो, लहान । सिरहामा ५ जनामा थप कोरोना संक्रमित पुष्टी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबको अनुसार भगवानपुर गाउँपालिका वडा नं. ४ को ३६, २६,२९,३७ वर्षिय पुरुष र नवराजपुुर गाउँपालिकाको १ गरी पाँच जनामा कोरोना संक्रमित भएको पुष्टी भएको जानकारी दिए ।
कोरोना संक्रमित पुष्टी भएकाहरुलाई धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसुलेसनमा राखिएको उनले बताए । यता जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यका अनुसार संक्रमण भएको जानकारी आएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमितको बारेमा आधिकारिक पुष्टी गर्न बाँकी रहेको छ ।
यो संगै सिरहामा कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया