काठमाडौँ । नेपालमा सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अछामका १, वर्दियाका ३ जना र पर्साका २ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ६८२ पुगेको छ। ती मध्य ११२ जना संक्रमण निको भएर घर फर्किसकेका छन् भने ४ जनाको निधन भएको छ।

तपाईको प्रतिक्रिया