बीरगञ्ज । बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका छन् ।
अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट आइतबार राति डिस्चार्ज भएका हुन् ।
उनीहरुमध्ये एक जना गत बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको परिवारका अन्य १७ जना बैशाख २४ गते कोरोना पुष्टि भएसँगै अस्पताल भर्ना भएका थिए ।
उनीहरु सबैको पछिल्लो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आइतबारै डिस्चार्ज गरिएको डा. सिंहले बताए ।
अस्पतालबाट घर नजिकै रहेका कारण राति नै डिस्चार्ज गरिएको उनले बताए ।
नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया