काठमाडौँ । नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काभ्रेका २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।









