दाङ । दाङका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
गढवा गाउँपालिका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पुष्टि गरिन्।
उनीहरु लमहीको क्वारेन्टिनमा बस्दै आएका छन्। उनीहरु केही दिन पहिले भारतबाट आएका हुन्। दाङमा यो नै कोरोना पुष्टि भएको पहिलो पटक हो।
गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले पनि दुई जनामा कोरोना पुष्टि भएको खवर प्राप्त भएको जानकारी दिइन्।
योसहित मुलुकभर कोरोना संक्रमितको संख्या २६० पुगेको छ। जसमा ३६ जना निको भएका छन्।









