विराटनगर । कोरोना भाइरस पोजेटिभ देखिएका र कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत १९ जना कोरोना संक्रमित मध्ये थप सातजनाको पहिलो रिपोर्ट नेगेटिभ आएको छ । दोस्रो स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ आए उनीहरुको अस्पतालबाट डिस्चार्ज हुनेछ ।
कोभिड उपचार केन्द्रमा रहेका पुराना १५ जनाको स्वास्थ्य परीक्षणगर्दा पहिले परीक्षणमा सातजनाको रिपोर्ट नेगेटिभ आएको चिकित्सक टोलीका संयोजक डा.दीपक सिग्देलले जानकारी दिए ।
बाँकी आठ जनाको भने पहिलो रिपोर्ट नै पोजेटिभ आएको जनाइएको छ । दोस्रो पटक स्वास्थ्य जाँचगर्दा पनि नेगेटिभ रिपोर्ट आयो भने शनिबारसम्ममा उनीहरुलाई डिस्चार्ज गरिने डा।सिग्देलले बताए ।
विराटनगरस्थित कोभिड अस्पतालमा उपचाररत १९ मध्ये चारजना उदयपुरको भुल्केका छन् । उनीहरु सवैभन्दा पछि अस्पताल आएका हुन् ।
त्यसअघि नै अस्पतालमा भर्ना भएका १५ जना मध्ये ५ जना भारतीय जमाति छन् । ४ महिलासहित बाँकी १४ जना उदयपुरका स्थानीय हुन् ।
कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३५ जना मध्ये हालसम्म १६ जनाको डिस्चार्ज भइसकेको छ ।

तपाईको प्रतिक्रिया