काठमाडौँ । नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकेका ३६ वर्षका पुरुषमा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काभ्रेको धुलिखेल अस्पतालमा भएको परीक्षणमा ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१८ पुगेको छ । बुधबार संक्रमण पुष्टि भएका व्यक्ति बाँकैको नेपालगञ्ज–८ का स्थायी बासिन्दा हुन् ।
यस्तै धनुषामा थप दुई जनाको पुष्टि भएको भएपनि मन्त्रालयले औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।

तपाईको प्रतिक्रिया