सुनसरी । भक्तपुरमा मंगलबार देखिएका दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये २५ वर्षीया महिला सुनसरीको झुम्बाबाट मोटरसाइकलमा गएको खुलेको छ । वैशाख २९ गते मोटरसाइकलमा गएकी महिला ‘हेल्थ केयर स्टाफ’ भएको खुलेको छ ।
ती महिलालाई मंगलबार नै टेकु अस्पताल भर्ना गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । संक्रमित महिला सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकाकामा साथीसँग बसेको र साथीलाई समेत निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ । संक्रमित महिलाको बसोबास मध्यपुर थिमि नगर भनिए पनि यकिन ठेगाना भने खुलाइएको छैन ।

त्यस्तै, भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष चाागुनारायण दुवाकोटको रहेको खुलेको छ । तर, उनमा कसरी संक्रमण भयो भन्ने प्रस्ट नभएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । दुवै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको र थप विवरण आउन बााकी रहेको उनले बताए ।

मंगलबार भक्तपुरका दुई र काठमाडौंमा एक जना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको छ । जसमध्ये, १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एक जना सर्लाहीको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससागै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

तपाईको प्रतिक्रिया