उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो ।
शंका लागेपछि पुनः नमुना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यसअघि संकलन गरिएको थ्रोट स्वाबमा नेगेटिभ देखिएपनि पछिल्लो चरण ढिलो परीक्षण गरेका कारण भुल्केमा पुनः नमुना संकलन गरिएको थियो ।
संक्रमित १८ वर्षिय किशोरी र ६५ वर्षिय महिलाको सम्बन्ध हजुरआमा र नातिनीको हुन् । नातिनी जेठो छोराका छोरी हुन् । यसअघि संक्रमित एकै परिवारको पाँच जनाहरु पनि उनै परिवारका हुन् । सो परिवारमा संक्रमितको संख्या ७ जना पुगेको छ । यसअघिका संक्रमित पाँच जना मध्ये ६५ वर्षिय महिलाको छोरा र उर्दु पढ्न युपी गएको नातिी छन् । भने छोरी र ज्वाईको साथै अर्का छोरीको छोरा पनि संक्रमित छन् । जसमा दुई नाति शुक्रबार मात्रै डिस्चार्ज भएका छन् ।
अर्का संक्रमित ४५ वर्षिय महिला सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका एक संक्रमितका आमा हन् । उनको छोरा हिजोमात्रै कोशी कोरोना विषेश अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरकको क्वारेन्टाइनमा रहेको छ । उनीहरु चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा विवाहमा आएपछि चैत्र १६ गतेबाट भुल्केमा छन् ।
स्रोतका अनुसार ३ सय ३४ जनाको पुनः स्वाब टेष्टमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ भने करिव १०० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । उदयपुरका संक्रमितको संख्या ३१ पुगेको छ भने १४ जना संक्रमणमुक्त भएर क्वारेन्टाइनमा रहेका छन् ।

हामी परिवारलाई नै क्वारेन्टाइनमा राख्नु पर्यो
संक्रमितहरु उपचारको लागि जान नमानिरहेको एक स्थानीयले जानकारी दिए । उनका अनुसार संक्रमितहरु घरबाट बाहिर निस्किन मानेको छैन् । कोरोना संक्रमित भुल्के क्षेत्रमा पुनः संक्रमण देखिएपछि संक्रमित परिवारहरुले परिवारै क्वारेन्टाइनमा राख्न माग गरेको छ । कोशी कोरोना विषेश अस्पताल विराटनगरमा उपचार गराईरहेका ६५ वर्षिय महिलाको छोराले परिवारै क्वारेन्टाइनमा राखेर उपचार गर्न माग गरेको छ । उनले विराटनगरमा कुनै औषधि उपचार नभएकोले संक्रमित भएपनि डाक्टरको सल्लाह बमोजिम उदयपुरकै त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्न माग गरेका छन् । उनले भने, ‘आज मेरो आमालाई देखियो भोली अरु छोरा नाति बुहारीमा देखा पर्नु भन्दा हाम्रो परिवारैलाई क्वारेन्टाइनमा राख्न अनुरोध गर्दछु । हामी कोरोना विरुद्धको अभियानमा सहयोग पुर्याउाँछौं ।’
उनले थपे, ‘हामीलाई अहिलेसम्म केही भएको छैन्, केही लक्षण देखिएको पनि छैन र डाक्टरले कुनै औषधि पनि चलाएको छैन् । खाली तातो पानी र पौष्टिक आहारले ठिक हुन्छ भने मोतिगडाकै क्वारेन्टाइनमा राख्नु पर्यो । ’ उनले गुनासो गरे, म अस्पतालमा हुन जेल आमाको रेखदेख गरुला तर म पनि डिस्चार्ज भएपछि कस्ले आमाको रेखदेख गर्छ, बरु हाम्रो परिवारलाई नै क्वारेन्टाइनमा राखौं, हामी बस्न तयार छौं ।’ प्रहरी प्रशासनले हामीलाई झुक्याएर ल्याएको छ, हामीलाई उपचार गर्न विराटनगर, धरान वा काठमाडौं जानु पर्छ भनेको भए केही जोर कपडा त लिने थिए तर, त्यसो नभी गाईघाट लैजाने भन्दै विराटनगर ल्याएको प्रति आक्रोश व्यक्त गरे ।

तपाईको प्रतिक्रिया