काठमाडौं । नेपालमा आइतबार थप १० जनामा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ ।
नेपालगञ्जमा  नौ जना र विरगंजमा एक जना जना कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ६९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङका क्रममा यो जानकारी दिएको हो । नेपालगंजमा संक्रमितमध्ये ५ जना पुरुष र ४ जना महिला छन्। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरुको उमेर ७ देखि ५८ वर्षसम्म छ।
यस्तै विरगञ्जका ३६ बर्षीय पुरुष कोरोना संक्रमित फेला परेका छन् । त्यस मध्ये १६ जना निको भएर घर फर्केका छन् ।

तपाईको प्रतिक्रिया