उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका दैनिक ज्याला मजदुरीमा जीवन धान्ने घर परिवारलाई राहत प्याकेज ल्याउन लागेका छन् । सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण दैनिकी चलाउन धौधौ हुने भएकाले नगरपालिकाले आफ्नो नगर क्षेत्रका ज्याला मजदुरी, दलित, अतिविपन्न नागरिकलाई प्याकेज ल्याउन लागेका हुन् ।
विहिबार चौदण्डीगढी नगरपालिकाले नगरका सवै वडाध्यक्षलाई सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि नगर क्षेत्रका विपन्न नागरिकलाई आगामी दिनमा उत्पन्न हुन सक्ने परिस्थिति र समस्यालाई मध्य नजर गरेर वडा भित्रका अत्यन्त विपन्न नागरिकहरु जसले दैनिक ज्यालादारीमा जीविकोपार्जन गरिरहेको परिवारको लगत संकलन गर्न पत्राचार गरेको छ । वडाध्यक्षहरुलाई लगत संकलन गरेर चैत्र १६ गते १ बजेसम्म ल्याउन हुन पत्राचार गरेको छ । दैनिक ज्याला मजदुरीमा जीवन चलाउने, अतिविपन्न, सिमान्तकृत पहिचान गरेर राहत प्याकेज ल्याउन लगाएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । वडा वडाबाट आएको तथ्याङ्कको आधारमा प्रति व्यक्ति, उमेर समूह, संक्रमित लगायतको आधारमा राहत प्याकेज दिने मेयर राईले जानकारी दिए । ‘पहिलो कुरा लकडाउनको समयसिमा कति सम्म रहने ? प्याकेजमा के कति दिने वा कति बजेट छुट्याउनेमा तथ्याङ्क आएपनि मात्रै राहत प्याकेज बनाउने हो ।’ मेयर राईले भने, ‘राहत भन्दैमा सवैको आँखा जाने भएकोले घर बाहिर र घरमा रहेको ज्याला मजदुरी गरेर खानेलाई दिन लागिएको हो ।’
नगरको पुरानो तथ्याङ्क अनुसार करिव ५ हजार दलित, अतिविपन्न र ज्याला मजदुरी गर्नेहरुको संख्या देखिन्छ ।

यो पनि पढ्नुस्

यस्तो छ, चौदण्डीगढी नगर सरकारको कोरानो संक्रमण रोकथामको तयारी

मनकारी वडाध्यक्ष : स्वास्थ्यकर्मीको टोलीसहित घरघरमा माक्स बाँड्दै

चौदण्डीगढी नगरपालिका २ नं. वडा कार्यालयद्वारा ३ हजार ५ सय माक्स वितरण

तपाईको प्रतिक्रिया