उदयपुर । गलत राजनितिको धङ्गधङ्गी भनेको सबै भन्दा घातक हुने चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राईले बताएका छन् । ७० औ प्रजातन्त्र दिवसको अवसरमा नगरपालिकाद्धारा बुधबार आयोजित कार्यक्रममा नगरप्रमुख राईले सो कुरा बताएका हुन् । उनले भने,“धङ्गधङ्गी जाँडरक्सी खाएरमात्र लाग्दो रहेनछ, यो ढङ्गढङ्गी भन्ने कुरा सबै विषयमा लागु हुदो रहेछ ।” कार्यक्रमको प्रमख आकर्षक समेत रहेका नगरप्रमुख राईले जहाँ चाही अहिलेपनि भनेको ठाउँमा राम्रोसंग बाटो पुग्न सकेको छैन, भनेको ठाउँमा उज्यालो पु¥याउन सकिएकोे छैन, राम्रो शिक्षादिक्षा दिन सकेका छैनौ, राम्रोसंग प¥याप्त खानेपानी दिनसकेका छैनौ, नागरिकलाई राम्रो स्वास्थ्य सुविधा दिन सकेका छैनौ त्यो ठाउँको मेयर हो भन्दै उनले भने, “मलाई राम्रोसंग थाहा छ, र मैले कति आडम्वर गर्नु पर्छ र कति घमण्ड गर्नु पर्छ भन्ने कुरापनि मलाई राम्रैसंग थाहा छ, किन भने म एउटा गरिव राष्ट्रको उदयपुर जिल्लाको जहाँ पहाड र बगर मिलेर बनेको चौदण्डीगढी नगरपालिकाको मेयर मैले यहाँ धेरै गर्नु पर्ने छ, मेरो आफ्नो आडम्वर म नगरप्रमुखको घमण्ड भन्दापनि मैले काम गरेर सबैलाई उदयपुरको चौदण्डीगढीको नगरपालिकाप्रति घमण्ड बनाउनु पर्ने बताउदै काम र कर्तव्यको लागि आफु त्याग गर्न तयार भएकोपनि बताए ।
त्यसैगरी ६ नं. वडाध्यक्ष कमलध्वज राईले आज मनाई रहेको प्रजातन्त्र दिवस भनेको हाम्रो बाउबाजेहरुको वलिदानीले गर्दा मनाउन पाएको बताए । तर हिजो सम्म प्रजान्तत्र नचाहने तत्वले जे जे भन्यो त्यहीत्यही गर्दै गएको कारणले हामी आपैm नबुझ्ने भएकै कारणले ति जान्नेसुन्नेहरुले हाम्रो सोझोपनको फाईदा लिएको बताए । पटक पटक प्राप्त गर्दै आएको प्रजातन्त्र विभिन्न बाहनामा पटकपटक खोसिएको छ, त्यसैले आज सम्म हामीले आज हामीले वास्तविक प्रजातन्त्रको अनुभुति गर्न नपाईरहेको अवस्था हो, र निरन्तर अधिकारको लागि लडिरहनु पर्ने अवस्था आएको बताउदै त्यसैको विकास हो जनयुद्ध बताए । प्रजातन्त्रको नाममा सामन्तहरुको हालिमुहाली गर्ने थलोको रुपमा प्रयोग भएकोले अझैपनि हामीले वास्तविक प्रजातन्त्र प्राप्त गरि नसकेको बताए । कार्यक्रममा समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष गोपाल राईले प्रजान्तत्रमा सबै नागरिक बरावर हुनुपर्ने तर त्यसो नभएको बताए । अहिलेपनि नेपालमा विभेदकारी निति हटिसकेको छैन, शिव रात्रीको दिन राष्ट्रप्रमुख सबैले पशुपतिनाथको दर्शन गरि तोपले सलामी दिईन्छ । तर, त्यो सम्मान अन्य जातजातिहरुको पर्वहरुमा पनि त्यसैगरी सम्मान पाउनु पर्छ यो विभेदकारी निति नहटिञ्जेल यहाँका उत्पिडित जातजातिले आन्दोलन गरिरहनु पर्ने बताए । कार्यक्रममा खेलकुदजगतबा नगरपालिकालाई चिनाउन सफल भएको भन्दै करातेका खेलाडि र महिला खेलाडिहरुलाई नगरप्रमुख र उपप्रमुखद्धारा प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसैगरी दिवसकै अवसरमा चौदण्डीगढीको नगर गीत र नगर खेलकुद गीतकोसमेत विमोचन गरिएको छ । नगर गान नगरप्रमुख राई स्वयमले रचना गरेका हुन् भने नगर खेलकुद गानको रचना भने अञ्जान राईले गरेका छन् । कार्यक्रमको बीचबीचमा सबै वडाका कलाकारहरुले आ–आफ्नो नृत्य पस्तुत गरेका थिए ।
कार्यक्रममा ४, ६, ७, ८ र १० नं. वडाका अध्यक्षहरु क्रमश चरणकुमार राई, कमलध्वज राई, तेजराज तिम्सिना, श्याम खपांगी मगर, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वुद्धिराम चौलागाई, सशस्त्र प्रहरी वल वेस क्याम्पका प्रहरी निरीक्षक भुपेन्द्र बस्नेत, प्याब्सनका केन्द्रीय सदस्य जनक कार्की, अन्तर महिला सञ्जालकी नगर अध्यक्ष पार्वती तिम्सिना, किराया नगर अध्यक्ष अञ्जना राई र नगर सदस्यहरुको उपस्थिती रहेको थियो । बेल्टार बसपार्कमा आयोजित कार्यक्रममा, नगरसदस्य विमला राईको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रम ३ नं. वडा अध्यक्ष पर्शुराम राईको सभापतित्व र तेजबहादुर पोखरेलको संचालनमा समापन भएको थियो । ६ नंं.वडाको बसपार्कमा आयोजना गरिएको थियो