राजेन्द्र महतो, लहान । सिरहाको दक्षिणवर्ती सिमाना नाका नवराजपुर गाउँ पालिका ४ शिव चौक स्थित भारत बाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको करिब १ लाख ५७ हजार ८ सय २० रुपैया बराबरको अबैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको गस्ती टोलीले नवराज अबैध रुपमा भन्सार छली टाउकोमा बोकेर नेपाल तर्फ ल्यादै गरेको सो परिणामको अबैध लत्ताकपडा बरामद गरेको हो ।
सशस्त्र प्रहरी टोलीलाई तस्करहरुले देखेपछि कपडा फालेर फरार भएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिरहाले जनाएको छ । बरामद अबैध लत्ताकपडा आबशयक कारबाहीको लागि सिरहा भन्सार कार्यालय खैरटोका, माडर सिरहामा पठाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेड क्वाटर, सिरहाका एसपी प्रवीण कंडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया