उदयपुर । शनिबार विहान ५ बजे साउने काउण्टर अगाडी फेला परेको सुन र पैसा आफन्तलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यलयको रोहवरमा ६ हजार ३ सय ५० रुपैयाँ नगद, ९ गेडी सुन र २ ओटा टप सहित प्रस आफन्तलाई जिम्मा लगाएको हो । काठमाडौं आएका खोटाङ जाने क्रममा खोटाङ मझुवागढी नगरपालिका खाल्लेका गोपी केसीको सामान सहितको प्रस झरेको थियो । खोटाङ सिम्पानी जाने यात्रु दिपेस खड्काले गाडी बुझ्न जाने क्रममा प्रस फेला पारेपछि सोधी खोजी गर्दा कसैको नभएपछि प्रहरीलाई खवर गरेको थियो । खबर लगतै प्रहरी हवल्दार वब्लु कुमार झाको टोलीले सामान बुझि सम्बन्धित व्यक्तिहरुको सोधी खोजी गरी उनकी दिदी मिना बस्नेतलाई प्रहरी साहयक निरिक्षक नर प्रसाद पोखरेलको नेतृत्वमा जिम्मा लगाएको छ ।
बिहान गाडी चड्ने क्रममा सामान झारेको थाहा नभएको बाटोमा सामान हराएको थाहा पाएपछि लगत्तै बहिनीले आफुलाई फोन गरेको दिदी मिना बस्नेतले बताईन् । उनीले फेला पारी सकुशल सामान बुझाउने दिपेसलाई धन्यवाद सहित केही नगदले समेत सम्मान गरेको छ ।
अहिलेको समयमा पनि कोही व्यक्तहरुले आफ्नो इमान्दारीलाई खुलेर प्रस्तुत गर्ने अवस्थामा आफुले पहिलो व्यक्ति भेट्टाएको भन्दै उनलाई प्रहरी र आफन्तहरुले समेत धन्यवाद दिएका थिए ।

तपाईको प्रतिक्रिया