उदयपुर । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका स्थित पुस १ गते देखि हुन लागेको १ नंं. प्रदेशको नगर स्तरीय व्याड्मिन्टन प्रतियोगितामा सहभागी खेलाडिहरुलाई खेलकुद सामग्री सहित विदाई गरिएको छ ।
चौदण्डीगढी नगरपालिकाको तर्पmबाट छनौट गरिएका खेलागिहरुलाई नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौधरीद्धारा संयुक्तरुपमा खेलकुद सामग्री सहति आईतबार विदाई गरिएको हो ।विजयी भएर आउन उत्साहित गर्दै नगर प्रमुख राईले खेलमा प्रयोग गरिने ड्रेस, जुत्ता सहित अन्य सामग्री प्रदान गर्नु भएको छ । चौदण्डीगढी नगर व्याड्मिन्टन संघको नेतृत्वमा ४ जना खेलाडि सहित नगर खेलकुद विकास समितिको नेतृत्व पनि सहभागी भएको आयोजकले जनाएको छ । विजयी समूह मध्ये प्रथम हुनेले १ लाख ५२ जहार दोस्रो÷तेस्रोले ४५÷४५ हजार नगद प्राप्त गर्ने छन् ।