आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा आठ जिल्लाको चार सय ६८ विघा, ४२ रोपनी जग्गा व्यक्तिको नाममा गरेको उल्लेख छ । सबै भन्दा धेरै सुनसरीको धरान नगरपालिकाको सर्दु खोला जलाधार क्षेत्रको जग्गा अतिक्रमण गरेको पाइएको छ । सर्दुको मात्रै ३४८ विघा जग्गा हिनामा भएको प्रतिवेदनमा उल्लेख छ । सरकारले ०३२ मा सर्दु जलाधार क्षेत्र घोषणा गरेको थियो। त्यहाँ बसोवास गर्ने दुई सय नौ घरपरिवारलाई मोरङको बयरवन र हसन्दहमा दुई सय ४३ बिघा जमिन दिएर स्थानान्तरण गरिएको थियो । यो खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।









