काठमाडौं । नेपाल आयल निगमको ट्यांकर सिरहा जिल्लाको लहानबाट सम्पर्क बिहिन भएको छ । डिजेल बोकेर अमलेखगंजबाट विराटनगर गईरहेको उक्त ट्यांकर गएरातिदेखि सम्पर्क्बिहिन भएको नेपाल आयन नियमले जनाएको हो।
ना ४ ख ४१६३ नम्बरको उक्त ट्यांकरलाई लहान पुगेपछि एक अज्ञात समूहले अपरहण गरेको आशंका गरिएको छ । बेपत्ता भएको ट्यांकरबारे छानबिन गर्न नेपाल आयल निगमले मंगलबार एउटा कमिटी समेत गठन गरेको छ ।
अमलेखगंजबाट २० हजार लिटर डिजेल बोकेर गएको ट्यांकर सोमवार राती १२ बजेतिर लहानमा अपहरणमा परेको थियो ।










