उदयपुर । आठौं राष्ट्रिय कर दिवसमा उदयपुरका १० जना उद्योगी व्यवसायी सम्मानित भएका छन् । गत आर्थिक वर्ष २०७५÷०७६ मा सवै भन्दा बढी कर तिर्ने एक जना सर्वोत्कृष्ट र ९ जना उत्कृष्ट उद्योगी व्यवसायी सम्मानित भएका हुन् ।
आयकर सबैभन्दा बढी कटारीका हिमगिरी सप्लार्यस एण्ड ट्रेडसले २३ लाख ५० हजार सात सय ५७ रुपैयाँ ९४ पैंसा बुझाएमा सर्वोउत्कृष्ट उद्योगी व्यावसायीको रुपमा सम्मानित भएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले बताए । गत वर्षपनि हिमगिरी नै सर्वोत्कृष्ट कर तिर्ने व्यवसायिको रुपमा सम्मानित भएको उनले बताए । उत्कृष्ट कर तिर्नेमा कालिका सप्लार्यस एण्ड ट्रेडस, आशिषरआर्षिवाद जेवी, रौतारसन्तोषी एपेक्स जेवी, हिमशिखर सप्लार्यस एण्ड ट्रेडस, आशिषरस्वामिनारायणरआर्षिवाद जेवी, एसके ट्रेडस, वरुवा निर्माण सेवा, रौतारसन्तोषी जेवी र सगरमाथा आयल डिपो रहेको प्रमुख बुढाथोकीले बताए ।सर्वोउत्कृष्ट र उत्कृष्ट सवै भन्दा बढी आयकर तिर्ने, बाँकी बक्यौता र नियमिततालाई आधार मानेर छनौट गरिएको प्रमुख बुढाथोकीले बताए । अवका दिनमा कर शिक्षा, घरदैलो लगायतका अभियान सञ्चालन गरी छुटेका व्यापार व्यवसायीलाई करको दायरामा समेट्ने उनले बताए ।
दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रमको दोस्रो दिन सोमबार व्यवसायी र कर्मचारीबीच मैत्रीपूर्ण खेल र क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया