उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ विशाल नगरटोलमा गएराती दुई घरमा चोरी भएको छ । स्थानीय देविचरण भट्टराई र श्याम खड्काको घरमा चोरी भएको थियो । शिक्षण पेशामा रहेको भट्टराई दम्पत्ति दुबै नेपालटार गएको मौका पारी चोरले सुनको औठी चार थान, सुनको ब्रासलेट एक थान, तिलहरी लगायतका गरगहना र नगद ६० हजार सहित करिब ६ लाखको चोरी गरेको छ ।
यसैगरी नेपाल आर्मीमा आवद्ध खड्काको १२ तोला चाँदी चोरी भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका पारी ताल्चा फोडेर राती चोरी भएको प्रहरीले जनाएको छ । राती चोरी भएपनि विहान अबेर मात्र चोरी भएको थाहा भएको थियो । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको ५ नम्बर गणले चोरी भएको घरको अवस्था अध्ययन अनुसन्धान तथा चोर खोजीमा परिचालन भएका छन् । चोरको खोजी तिब्र पारिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया