उदयपुर । मालाको विकल्पको रुपमा प्लाष्टिकको माला प्रयोग बढेपछि सयपत्री र मखमली फूल लोपोन्मुख अवस्थामा पुगेको छ । जिल्लामा कृषि विकास कार्यालय र कृषि सम्बन्धि काम गर्ने संस्थाहरुले यसको संरक्षण नगर्दा सयपत्री र मखमली लोप हुने अवस्थामा पुगेको हो । परापूर्वक कालदेखिनै तिहारमा लगाईने सयपत्री र मखमलि फुल लोप हुन थालेपछि प्लाष्टिकको मालाको प्रयोग बढेको हो ।
यस्तै यसबर्ष उदयपुरमा फुलको अभाव देखिने भएको छ । खेतबारीका डिल र घर आगनमा ढकमक्क फुल्ने फुल बढदो आधुनिकता संगै प्लाष्टिक र कागजका मालाको प्रयोग बढे पछि लोप हुदै गएको हो । फूलको पर्वले परिचित तिहारमा फूलकै अभाव हुने भयो, त्रियुगा नगरपालिका ३ कि मनमाया खतिवडाले भनिन–सयपत्री र मखमली फुल नहुदा दाजुभाईलाई टिका लगाईदिदा खल्लो महसुस हुन्छ । तिहारको लागि घर छेउमा फुल त रोपेको थिए खतिवडाले भनिन–राम्रो संग फूलको विरुवा हुर्किएपनि फूल्न सकेन ।
सयपत्रि फुलको अभावले गर्दा पछिल्लो समयमा प्लास्टिकको मालाले विकल्प पुरा गर्न थालीएको छ । देउसी भैलो खेल्नेले पनि घरको आगनमा गोलो आकारमा घुमेर भट्याउने क्रममा घरको झ्याल ढोकामा टागिएको फुललाई इङगीत गर्दै वत्तिको होइन,फुलको झिलीमिलि भन्छन तर फुल नहुदा देउसी खेल्नेहरुलाई पनि खल्लो महशुस हुने त्रियुगा नगरपालिका–३ का रविन ढकाल बताउँछन् ।
घरका झ्याल ढोका,भाडावर्तन र कलश सजाउन समेत फूलको प्रयोग गरिन्छ । अझ भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला पहिरिएर हिड्दा तिहार फूलकै पर्व हो भन्ने, भान हुन्छ । सयपत्रि फूलको सट्टा बजारबाट किनेर ल्याइएको प्लास्टिकको मालाले गला ढाकिएको देखिन्छ । भाईटीकामा माला लगाउनैपर्ने सामाजिक मान्यता भएकाले सयपत्रिको विकल्पमा प्लास्टिकको माला प्रगोग गर्ने क्रम वर्षेनी बढ्दो छ । फुलको अभावका कारण उदयपुरको गाईघाट वजारका सवै व्सायीहरुले यसवर्ष पनि प्लालिस्टकको माला विक्रीका लागि ल्याएका छन । सयपत्री फूल स्वदेशमै उत्पादन गर्न सकिने भएपनि सर्वसाधारणले उत्पादनमा चासो नदेखाउदा विदेशी माला लगाउन बाध्यकारी अवस्था सृजना भएको छ ।

तपाईको प्रतिक्रिया