राजेन्द्र महतो, लहान। सिरहाको सीमानाका भगवानपुर गाउँपालिका ४ स्थित दुई गोदाममा सिरहा प्रहरीले छापामारी गरेको छ । भारतबाट राजस्व छली अबैध रूपमा जम्मा गरि राखेको दुई गोदामबाट करीब १३ लाख ३६ हजार ५ सय ५८ रुपैयाँको मालसामान प्रहरीले बरामद गरेको छ ।
विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापामारी गर्दा १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको लता कपडा, जुता, किराना सामान र भाडा वर्तन लगायतका मालसामान बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालले बताएका छन ।
बरामद गरिएको माल सामान आवशयक कारवाहीको लागि ठाडी भन्सार कार्यालयमा बुझाइएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
तस्करले अबैध रूपमा राजस्व छली भारतबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि भन्सार छली नेपाली बजारमा पुर्याउने गरेको छ ।
सीमा क्षेत्रमा पुगेर प्रहरीले तस्करको गोदाममा छापामारी गरेको यो पहिलो घटना हो ।









