उदयपुर । त्रियुगा नगरपालिकाका कृषकलाई फलफुलका विरुवा वितरण गरिएको छ । त्रियुगा नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा आँप, लिच्ची, केरा र भुइकटहरको विरुवा वितरण गरेको हो । सामुहित र व्यवसायिक रुपमा अघि बढ्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदानको समेत व्यवस्था गरिएको नगर प्रमुख बलदेव चौधरीले बताए ।
उपयुक्त ठाउँ छनौट गरी व्यवसायिक फलफुल गरेर आयस्तर बृद्धि गर्नलाई प्रोत्साहानको स्वरुप ५० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराईएको हो । आँपको विरुवा ६ हजार ४ सय बोट, लिच्ची २ हजार ३ सय बोट, भुइकटहर २ हजार ५ सय र केरा ७ सय बोट वितरण गरेको हो ।
कृषकको मागका आधारमा अमरपालिका २ हजार ५ सय बोट, मालदह ४ हजार २ सय बोट आँपको विरुवा वितरण गरेको थियो । जसमध्ये राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम अन्तर्गत अमरपालिका ७ सय, मालदह ७ सय र लिच्ची ३ सय विरुवा वितरण भएको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम अन्तर्गतका विरुवाहरु निःशुल्क वितरण गरिएको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम वडा नं. १,२,७ र ८ मा संचालन रहेको छ । यस्तै केरा र भुइकटरको बोट पनि निःशुल्क वितरण गरेको शाखा प्रमुख नाथुराम चौधरीले बताए ।
नगरपालिकाले आधुनिक कृषि कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा आँप र लिच्चीको विरुवा वितरण गरेको थियो । यो सवै वडाको लागि वितरण गरिएको थियो । आँप र लिच्ची ५० प्रतिशत अनुदानमा ३७ रुपैया ५० पैसामा कृषकलाई वितरण गरेको थियो ।









