उदयपुर । उदयपुरमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई ट्राफिक प्रहरीले कडाई गर्न शुरु गरेको छ । गत वर्ष मादक पदार्थ सेवन गरेर सवारी साधन कुदाएले दुर्घटना बढेकोले यस वर्षबाट मापसे चेकिङमा कडाई गरेको हो ।
शुक्रबार मादक पदार्थ सेवन गर्ने व्यक्तिहरूबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले त्रियुगा पुल नजिक साँझ ५ बजेदेखि ३ घण्टाको अवधिमा १२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दिनेश कुमार चौधरीको कमाण्डमा खटिएको टोलीले १२ वटा सवारी साधनका चालकलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा स.९ प ६८८४, स. ९ प ८४३६, स.७ प १६९, को.४ प २७१०, स १ ब ६४४, स.७ प १७८, स.६प २६१६, स.२ प ७८५५, स.६ प १९८१, स.४ प ६३७५ लगायत सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । मापसेमा पर्ने सवै मोटर साइकल रहेको ट्राफिक प्रमुख चौधरीले जानकारी दिए । गत वर्ष ९४ लाख ३१ हजार पाँच सय राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को भन्दा आव. ०७५÷७६ मा १२ लाख ४१ हजार पाँच सय बढी राजस्व संकलन गरेको हो । गत वर्ष ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार दुई सय ९५ सवारी चालक तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो ।









