काठमाडौं । भारतको बिहार राज्य जलमग्न भएपछि भारतले शप्तकोशी ब्यारेजको ढोका बन्द गर्न दबाब दिएको छ ।

अहिले ब्यारेजको ५६ मध्ये ३७ ढोका खोलिएको ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीका अनुसार बिहारमा पानी–पानी भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको हो ।

साामान्यतः एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मापन गरिने भएपनि कोशीमा आज अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव छ ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ।

तपाईको प्रतिक्रिया