उदयपुर । वातावरण संरक्षण र पर्यावरण जोगउन सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले उदयपुरको कटारी नगरपालिकाको बजारको मुख्य भागमा भूगोल पार्क निर्माण अन्तिम चरणमा पुगको छ । ‘वातावरणको संरक्षण गरौँ, पृथ्वीको पर्यावरण जोगाउँ’ भन्ने सन्देश दिने स्माकर सहितको पार्क निर्माण भइरहेको हो ।
कटारी बजारलाई सगरमाथाको द्वारका रूपमा पनि चिनिन्छ । त्यसैले विश्वको सर्वोच शिखर सगगरमाथा संरक्षणलाई प्रेरिरत गर्न पनि कटारी बजारमा पार्क बनाइको हो । जलवायु परिर्वतनले पर्यावरणमा पारेको असरलाई न्यूनीकरण गर्न पार्क सन्देश दिनेछ । पार्क निर्माणको काम अहिलेसम्म ९० प्रतिशतले सकिएको छ ।
वातावरणमा आएको परिर्वतनले सर्वसाधारणलाई पार्ने असरलाई पार्क निर्माणले सचेत गराउने नगरपालिकाले विश्वास लिएको छ । बढदो वातावरणीय असरले पृथ्वीलाई पारेको असरबारे धेरैलाई कम जानकारी छ । त्यसैले तिनलाई पृथ्वी बचाई राख्न सन्देश दिनु पनि पार्क उद्देश्य रहेको जनाइएको छ । स्थानीय स्तरमै सचेतना जगाउन सकेमात्रै विश्वव्यापी असर रोक्न सर्वसाधारण जगरूक हुन्छन् भन्ने नगरपालिकको बुझाइ छ । ‘त्यसैले सर्वसाधारण आफंै चारैतिरबाट पृथ्वी बोकी रहेको स्मारकसहित पार्क बन्दै छ,’ उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले भने, ‘पार्कले वास्तवमै सर्वसाधारणलाई वातावरण संरक्षण गर्न जागरण ल्याउने छ ।’
कटारीको मुख्य स्थलमा बन्दै गरेको पार्कले कटारी भएर माथिल्लो सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जाने सर्वसाधारणलाई वातावरण संरक्षणका लागि केही गरांै भन्ने जागरण ल्याउने उनले बताए । करिब ३६ लाखको लागतमा पार्क निर्माण हँुदैछ । नगरपालिकाको पहिचानका रूपमा स्थापित गर्न खोजिएको पार्क निर्माण चरणमै सर्वसाधारणलाई आकर्षित गरिरहेको छ ।
‘धेरैले बन्दै गरेको पार्कका बारेमा जिज्ञासा राखेका छन्,’ स्थानीय सञ्चारकर्मी अभिमन्यु लामिछानेले भने, ‘स्क्याच हेर्दा नै लाग्छ कि सर्वसाधारणको पृथ्वीप्रतिको मोह बढेको छ ।’ आफू उभिएको धरातल (पृथ्वी) आफंैले संरक्षण गर्न पर्ने सन्देशमूलक स्मारकमा पृथ्वीलाई सर्वसाधारणले चारैतिरबाट उचालिरहेको दृश्यले वातावरण संरक्षण र पर्यावरण जोगाउन चासो राखेको सन्देश दिएको उनले बताए ।
बढ्दो विनाशका कारण कटारी क्षेत्र पनि प्रभावित बन्दै गएको छ । वन विनाशसँगै हुने भूक्षयले कटारी बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । त्यसैले पनि मुख्य बजार क्षेत्रमै वातावरण संरक्षण अहिलेको आवश्यकता है भन्ने सन्देश दिने पार्क बन्नु भनेको राम्रो काम भएको स्थानीय सुनिता राउतले बताइन् ।
‘विनाश बढ्दै छ, त्यसलाई रोक्नु हामी सवैको कर्तव्य हो,’ उनले भनिन्, ‘त्यसैले विभिन्न सञ्चार माध्यम, सभा सम्मेलन गोष्ठी र यस्तै खाले पार्कले पनि विनाश रोक्न सर्वसाधारणलाई अभिप्रेरित गर्नेछ ।’ कटारी नगरपालिकाले कटारी बजारको मुटुमै वातावरण संरक्षण र पर्यावरण जोगाउने सन्देशमूलक पार्क बनाउनुले ठूलो भूमिक खेल्ने उनले विश्वास लिएकी छन् ।
पृथ्वी साझा हो, यसलाई जोगाइराख्नु सवैको कर्तव्य हो भन्ने सन्देश दिने नगरपालिकाले पार्क बनाइरहेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले वताए । हिमाल, पाहाड र तराईको संगमलस्थलका रूपमा रहेको कटारी बजारमा बन्दै गरेको पार्कले सर्वोच शिखर सगरमाथादेखि तलको समथर भूभाग तराईको भारतीय सिमानासम्म वतावरणमा परेको असर र त्यसलाई न्यूनीकरण गर्न संकेत दिने नगर प्रमुख श्रेष्ठले बताए ।
‘वातावरणको संरक्षण गरौँ, पृथ्वीको पर्यावरण जोगाउँ’ कटारी नगरपलिकको मुल मन्त्र नै रहेको उनले बताए । ‘नगरपालिको मूलमन्त्र नै वातावरण संरक्षण र पर्यावरण जोगाउने भएको त्यसैलाई आत्मासात गर्दै भूगोल पार्क बन्दैछ,’ प्रमुख श्रेष्ठले भने, ‘निर्माणको करिव ९० प्रतिशत काम सकिएको छ ।’ बाँकी काम भईरहकाले चैत्रको पहिलो साता काम सम्पन्न हुने उनले बताए ।

तपाईको प्रतिक्रिया