उदयपुर । डिप्रोक्स लद्युवीत्त वित्तीय संस्था लिमिटेड गाईघाट शाखाले जिल्ला उद्योग वाणिज्य संघ उदयपुरलाई २५ थान डस्टविन हस्तान्तरण गरेको छ । वित्तिय संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइतबार संघका अध्यक्ष गजेन्द्र कुमार भगतलाई डक्टविन हस्तान्तरण गरेको हो ।
डिप्रोक्स लद्युवित्त वित्तिय संस्था र जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको समेत लागत सहभागीता रहने गरि डस्टविन त्रियुगा नगरपालिका अन्तर्गतका विद्यालयहरु तथा सरकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत लद्युवित्त वित्तिय संस्थाले जिल्ला उद्योग वाणिज्य संघलाई हस्तान्तर गरेको छ ।
लद्युवीत्त वित्तीय संस्था गाईघाट शाखा प्रमुख मछिन्द्र लामिछानेले संस्थाको उद्देश्य खाली नाफा कमाउने मात्रै नभई सामाजीक कार्य सँगै सेवामुखी र जनमुखी जस्ता क्षेत्रहरुमा पनि उत्तिकै जिम्मेवार हुनु पर्नेमा जोड दिएको बताए ।
सोही उद्देश्य अनुरुप लद्यु वित्तले आर्थिक कारोबार र नाफामा मात्रै ध्यान नदिई नाफाको केहि प्रतिशत सामाजिक उत्तरदायित्व कार्यक्रममा लगानी गर्ने हेतुले जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको समेत लागत सहभागिता रहने गरी डस्टविन हस्तान्तरण गरेको बताए ।
यस्ता कार्यक्रमहरु लद्यु वित्तद्वारा अन्य कार्यक्रमहरु समेत गर्दै आएकोमा आगमी दिनहरुमा पनि निरन्तर रुपमा गर्दै जाने शाखा प्रमुख लामिछानेले बताए ।
जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगतले लद्युवित्त संस्थाद्वारा २५ थान डस्टविन हामीले प्राप्त गरेका छौं र बाँकी हाम्रो संस्थाले पनि केहि डस्टविन खरिद गरेर त्रियुगा नगरपालिका अन्तर्गतका विद्यालयहरु तथा सरकारी कार्यालयमा सो डस्टविन वितरण गर्ने छौं । हामीले करिव एक सय वटा डस्टविन विद्यालयहरु तथा सरकारी निकायहरुलाई वितरण गर्ने लक्ष्य लिएको अध्यक्ष भगतले बताए ।









